प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

नियन्त्रित लागूऔषध ट्रामाडोल सहित पक्राउ

२०८१-१२-२३

  • A
  • A-
  • A+
Share

ललितपुर, बागमती गाउँपालिका-३ भट्टेडाँडा छपेलीस्थित कान्ती लोकपथ सडकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ९४ हजार ८० ट्याब्लेट सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा भारत बिहार प्रान्त पूर्वी चम्पारण मोतिहारी रक्सौल नगर-५ पछियाटोल घर भएका २२ वर्षीय मोहम्मद उमर सिद्दिकी, भारत बिहार प्रान्त पूर्वी चम्पारण मोतिहारी टुमरिया ग्राम पञ्चायत-५ घर बताउने २० वर्षीय समिर आलम, भारत बिहार प्रान्त पूर्वी चम्पारण मोतिहारी राजाबजार नगर-३३ घर बताउने ३३ वर्षीय मोहम्मद मुन्ना अन्सारी र भारत बिहार प्रान्त पूर्वी चम्पारण मोतिहारी पलानवा ग्राम पञ्चायत-९ घर बताउने ४५ वर्षीय नोर्जान खातुन रहेका छन् । 

प्रहरी चौकी भट्टेडाँडाबाट खटिएको प्रहरीले वीरगंजबाट काठमाडौंतर्फ आउँदै गरेको बीआर ०५ पिए ०४२१ नम्बरको एम्बुलेन्सलाई जाँच गर्ने क्रममा उक्त परिमाणको लागूऔषध फेला पारी एम्बुलेन्समा सवार समिर आलम, मोहम्मद मुन्ना अन्सारी र नोर्जान खातुनलाई पक्राउ गरेको थियो भने तत्काल फरार चालक मोहम्मद उमर सिद्दिकीलाई बागमती गाउँपालिका-३ सार्वजनिक सडकबाट  शनिबार बिहान पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 


सम्बन्धित समाचार
अवैध लागूऔषध सहित ९ जना पक्राउ
२०८१-१२-२८

बर्दिया, बढैयाताल गाउँपालिका-२ फुटाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ सय १० मिलिग्राम, नगद २२ हजार ५ सय रूपैयाँ र मोबाइल २ थान सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही गाउँपालिका-१ ठूलोडाँफे बस्ने ३५ वर्षीय सुमित शाही र ३० वर्षीय अनिल थापा रहेका छन् । प्रहरी चौकी जमुनीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी बर्दिया, बारबर्दिया नगरपालिका-४ कुसुम्वाघाटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम २० मिलिग्राम, नगद ३ हजार ६ सय ४६ रूपैयाँ र मोबाइल २ थान सहित २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गुलरिया नगरपालिका-८ कोकिया गाउँ बस्ने २५ वर्षीय दिनेश चौधरी र सोही नगरपालिका-७ खाले गुलेरिया बस्ने २२ वर्षीय राजकुमार अहिर रहेका छन् । इलाका प्रहरी कार्यालय बनियाभारबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  ललितपुर, ललितपुर महानगरपालिका-३ धोबीघाटबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ३ हजार ट्याब्लेट र नगद ५ हजार ५ सय रूपैयाँ सहित २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गोदावरी नगरपालिका-१४ बाडेगाउँ बस्ने मकवानपुर भीमफेदी गाउँपालिका-७ घर भएका २५ वर्षीय सुजन क्षेत्री र रामेछाप खाँडादेवी गाउँपालिका-८ घर भएका २४ वर्षीय दिपेश भण्डारी रहेका छन् । प्रहरी प्रभाग सानेपाबाट खटिएको प्रहरीले बा.९२ प ६५९३ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । बारा, फेटा गाउँपालिका-३ चौतारा नजिक घोडासाहनबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७८ ग्राम सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत शिवनगर इनर्वा पञ्चायत पूर्वी चम्पारण-२ बस्ने ३० वर्षीय टुटु कुमार र ३२ वर्षीय टुटु अंसारी रहेका छन् । जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरीले ना.३ त ४७१४ नम्बरको ट्याक्टरलाई जाँच गर्ने क्रममा उक्त पदार्थ फेला पारी चालक टुटु कुमार र ट्याक्टरमा सवार टुटु अंसारीलाई पक्राउ गरेको हो ।  उदयपुर, बेलका नगरपालिका-९ भचुवा बस्ने २१ वर्षीय दिवस विकलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब २ सय ४० मिलिग्राम सहित बुधबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २१ जना पक्राउ
२०८१-१२-२७

काठमाडौं, दक्षिणकाली नगरपालिका-५ फर्पिङबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २ हजार ३ सय ९० ट्याब्लेट सहित रौतहट गुजरा नगरपालिका-२ कटानी घर भएका १९ वर्षीय वाङ्पो दोर्जे योञ्जनलाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय फर्पिङबाट खटिएको प्रहरीले रौतहटबाट काठमाडौंतर्फ आउँदै गरेको बा.प्र.०३-००१ ज ०९४९ नम्बरको इभि गाडीमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यसैगरी काठमाडौं, नागार्जुन नगरपालिका-३ ठूलो भर्‍याङबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय २६ ट्याब्लेट सहित २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा नुवाकोट बिदुर नगरपालिका-२ घर भएका ३० वर्षीय कृष्ण बहादुर तामाङ र बेलकोटगढी नगरपालिका-१ घर भई काठमाडौं बालाजु बस्ने ३० वर्षीय भानुभक्त खनाल रहेका छन् । उक्त स्थानमा खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । कैलाली, टीकापुर नगरपालिका-९ खक्रौलाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ४ सय २० मिलिग्राम सहित सोही नगरपालिका-१ एकतानगर शिविर बस्ने २३ वर्षीया बन्दना बिक समेत २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी कैलाली, घोडाघोडी नगरपालिका-१ सुखड बस्ने २५ वर्षीय गौरभ आचार्य समेत ३ जनालाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम ५ सय ८० मिलिग्राम सहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सुख्खडबाट खटिएको प्रहरीले गौरभको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी तीनै जनालाई पक्राउ गरेको हो । यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-३ भन्सार नजिकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ सय मिलिग्राम सहित सोही उपमहानगरपालिका-६ बस्ने २२ वर्षीय विवेक राना समेत २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । पर्सा, वीरगंज महानगरपालिका-१६ शंकराचार्य गेट नजिकबाट अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ २ किलोग्राम र मोबाइल १ थान सहित भारत बिहार घर भएका ४५ वर्षीय विकास साह कानुलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी इनर्वाबाट खटिएको प्रहरीले नेपालबाट भारततर्फ पैदल जाँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी पर्सा, वीरगंज महानगरपालिका-१६ शंकराचार्य गेट नजिकबाट अवैध लागूऔषध गाँजा ५ किलो ७ सय ५० ग्राम र मोबाइल ४ थान सहित ३ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पर्सागढी नगरपालिका-३ झवरा टोल बस्ने ४४ वर्षीय सुनिल बम्जन, २९ वर्षीय पञ्चलाल माझी र २१ वर्षीय मुकेश माझी रहेका छन् । प्रहरी चौकी इनर्वाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । झापा, मेचीनगर नगरपालिका-६ स्थित भन्सार खोला नजिकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १ सय ४५ ग्राम ३ सय ३० मिलिग्राम सहित भारत वेष्ट बंगाल दार्जिलिङ घर भएका ४१ वर्षीय राजेन बर्मनलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी झापा, अर्जुनधारा नगरपालिका-४ भाङबारी बस्ने २८ वर्षीय भुवन न्यौपानेलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ३ सय ५० मिलिग्राम र अवैध लागूऔषध जस्तो देखिने कालो पदार्थ ५ सय ९० मिलिग्राम सहित मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी शनिश्चरेबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । कञ्चनपुर, भीमदत्त नगरपालिका-११ गड्डाचौकीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ८ सय ८० मिलिग्राम सहित बैतडी पुर्चौडी नगरपालिका-७ कोटीला घर भएका २८ वर्षीय उत्तम बिष्टलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय कञ्चनपुर र इलाका प्रहरी कार्यालय गड्डाचौकी समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । मोरङ, विराटनगर महानगरपलिका-१५ एक नम्बर ढाँटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम १ सय ५० मिलिग्राम सहित २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुनसरी धरान उपमहानगरपालिका-८ बस्ने १९ वर्षीय समन न्यौपाने र १९ वर्षीय अभिषेक याख्खा रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । उदयपुर, बेलका नगरपालिका-९ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ३ सय ३८ मिलिग्राम सहित २ जनालाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-३ बस्ने २६ वर्षीय मुस्कान राई र २१ वर्षीय खम्ब बहादुर दाहाल रहेका छन् । इलाका प्रहरी कार्यालय ठोक्सिलाबाट खटिएको प्रहरीले रामपुरबाट लालबजारतर्फ जाँदै गरेको को.३९ प ५६४९ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित पाँच जना पक्राउ
२०८१-१२-२६

काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन भन्सार एरियाबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने बस्तु करिब ६ किलोग्राम सहित थाईल्याण्डकी नागरिक २७ वर्षीया MISS KANOKWAN PONGSUWAN मंगलबार दिउँसो पक्राउ परेकी छिन् । थाई एयरवेजको उडानद्वारा बैङ्ककबाट काठमाडौं आएकी उनलाई जाँच गर्ने क्रममा उनको ब्यागेजबाट उक्त बस्तु फेला पारी पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धानको लागि लागूऔषध नियन्त्रण ब्यूरो पठाइएको छ ।  धनकुटा, साँगुरीगढी गाउँपालिका-६ भेडेटार चोकबाट अवैध लागूऔषध गाँजा करिब २० किलोग्राम सहित २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सहिदभूमी गाउँपालिका-७ बस्ने ४२ वर्षीया ईन्दिरा राई र ४९ वर्षीया सीता कार्की रहेका छन् । इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरीले अखुवाबाट धरानतर्फ जाँदै गरेको प्र.१-०२-००२ ज ४३३८ नम्बरको बोलेरोमा सवार ईन्दिरालाई १० किलोग्राम र प्र.१-०२-००१ ख ८५२९ नम्बरको बसमा सवार सीतालाई १० किलोग्राम गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।बारा, निजगढ नगरपालिका-८ कभडहल नजिकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ५ ग्राम सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-८ बकैया टोल बस्ने ३४ वर्षीय कमल केसी र सोही नगरपालिका-९ बस्ने ४३ वर्षीय राम गोपाल श्रेष्ठ रहेका छन् । इलाका प्रहरी कार्यालय निजगढबाट खटिएको प्रहरीले पथलैयाबाट निजगढतर्फ आउँदै गरेको म.प्र.०३-०३० प २९६१ नम्बरको  स्कुटरमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २० जना पक्राउ
२०८१-१२-२६

कैलाली, धनगढी उपमहानगरपालिका-४ शिवपुरीटोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५० मिलिग्राम सहित ३ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २९ वर्षीया रेश्मी कार्की, २४ वर्षीया किरण मगर र डोटी दिपायल सिलगढी नगरपालिका-६ बस्ने १९ वर्षीय सुजन खड्का रहेका छन् । अस्थायी प्रहरी पोष्ट शिवपुरीधामबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   यसैगरी कैलाली, भजनी नगरपालिका-८ जनकपुरस्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ सय ७० मिलिग्राम सहित सोही ठाउँ बस्ने २२ वर्षीय अमित चौधेरी समेत २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-३ चटकपुरस्थित एनएस होटलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ७ सय ६० मिलिग्राम सहित ४ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कञ्चनपुर बेदकोट नगरपालिका-८ बस्ने २० वर्षीय सुरेश बिष्ट, भीमदत्त नगरपालिका-१० बस्ने २३ वर्षीय लोकेन्द्र चन्द, डोटी दिपायल सिलगढी नगरपालिका-८ बस्ने १९ वर्षीय रिजन कठायत र कैलाली धनगढी उपमहानगरपालिका-३ मिलन चोक बस्ने १८ वर्षीया किशोरी रहेका छन् । जिल्ला प्रहरी कार्यालय कैलाली र अस्थायी प्रहरी पोष्ट चटकपुरबाट खटिएको प्रहरीले उक्त होटलको १०८ नम्बरको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी चारै जनालाई पक्राउ गरेको हो ।  बर्दिया, बाँसगढी नगरपालिका-३ लखना बस्ने ३१ वर्षीय सुनिल थारूलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय ३० मिलिग्राम सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंज र इलाका प्रहरी कार्यालय मोतिपुरबाट खटिएको प्रहरीले भे.७ प ६७४७ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । सुनसरी, कोशी गाउँपालिका-१ भन्सार गेटस्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब २ ग्राम ७ सय ६० मिलिग्राम, नाईट्राजेपाम १० ट्याब्लेट र नगद २४ हजार ७ सय ५० रूपैयाँ सहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मोरङ केराबारी गाउँपालिका-१० बस्ने ३१ वर्षीय तेज बहादुर तामाङ र सोही गाउँपालिका-७ बस्ने २७ वर्षीया फुलमाया लिम्बु रहेका छन् । इलाका प्रहरी कार्यालय लौकही समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्र.१-०२-०५७ प २८४९ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी सुनसरी, कोशी गाउँपालिका-१ भन्सार गेटस्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ७ सय ८० मिलिग्राम सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मकवानपुर हेटौंडा उपमहानगरपालिका-११ थानाभर्‍याङ बस्ने ३२ वर्षीय राजेश लामा र २१ वर्षीय समिर क्षेत्री रहेका छन् । इलाका प्रहरी कार्यालय लौकही समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-८ रंगशाला नजिकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ सय ९० मिलिग्राम सहित सोही ठाउँ डेरा गरी बस्ने सोही नगरपालिका-१३ घर भएका २० वर्षीय तेजेन्द्र खत्रीलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेत र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय सुर्खेतबाट खटिएका प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  झापा, गौरादह नगरपालिका-४ मैदान घोपा बस्ने २३ वर्षीय उमेश गिरीलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम सहित सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी महारानीझोडाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा उक्त पदार्थ खरिद गर्ने कार्यमा संलग्न गौरादह नगरपालिका-२ राधाकृष्ण टोल बस्ने २४ वर्षीय मनोज भारतीलाई समेत प्रहरीले पक्राउ गरेको छ । बारा, निजगढ नगरपालिका-७ भमरापुलबाट नियन्त्रित लागूऔषध नोर्फिन ३० एम्पुल, फेनारगन ३० एम्पुल, डाईजेपाम ३० एम्पुल, स्पास्मो १० ट्याब्लेट, ट्रामाडोल १० ट्याब्लेट र नाईट्राजेपाम १० एम्पुल सहित सोही नगरपालिका-६ भमरा टोल बस्ने ३० वर्षीय अमृत राउत समेत ३ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय निजगढबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।