प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

भरूवा बन्दुक सहित एक जना पक्राउ

२०८१-१२-२५

  • A
  • A-
  • A+
Share

धनकुटा, छथरजोरपाटी गाउँपालिका-३ करून्जेबाट एकनाले भरूवा बन्दुक १ थान सहित सोही गाउँपालिका-४ तेलिया बस्ने २८ वर्षीय राम कृष्ण लिम्बुलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । 

 प्रहरी चौकी जोरपाटी बजारबाट खटिएको प्रहरीले उनलाई उक्त बन्दुक सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार