भरूवा बन्दुक सहित एक जना पक्राउ
२०८१-१२-२४
- A
- A-
- A+
धनकुटा, छथरजोरपाटी गाउँपालिका-३ करून्जेबाट एकनाले भरूवा बन्दुक १ थान सहित सोही गाउँपालिका-४ तेलिया बस्ने २८ वर्षीय राम कृष्ण लिम्बुलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी जोरपाटी बजारबाट खटिएको प्रहरीले उनलाई उक्त बन्दुक सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।