प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २० जना पक्राउ

२०८१-१२-२४

  • A
  • A-
  • A+
Share

सुनसरी, धरान उपमहानगरपालिका-९ बगैंचा लाईनबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ हजार ४ सय ४० ट्याब्लेट, नाईट्राजेपाम ७५ ट्याब्लेट र स्पास्मो ८० ट्याब्लेट सहित ४ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ डेरा गरी बस्ने भारत घर भएका ३० वर्षीय विजय साह, धरान उपमहानगरपालिका-९ बस्ने २७ वर्षीय निरन्जन यादव, सोही उपमहानगरपालिका-१० बस्ने २५ वर्षीय विशेष राई र सोही उपमहानगरपालिका-१७ बस्ने २६ वर्षीय निश्चल राई रहेका छन् । वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले विजयको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । 

यसैगरी सुनसरी, धरान उपमहानगरपालिका-११ सुनुवार संघको भवन छेउबाट नियन्त्रित लागूऔषध ट्रामोल ४ सय ६० ट्याब्लेट र स्पास्सपेन ४ सय ६९ ट्याब्लेट सहित सोही ठाउँ बस्ने २२ वर्षीय संजिव सुनुवार र १९ वर्षीय सविन परियारलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी चौकी रेल्वेबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । 

यसैगरी सुनसरी, धरान उपमहानगरपालिका-८ भोटेपुलबाट नियन्त्रित लागूऔषध स्पास्मो १ सय २२ ट्याब्लेट सहित २ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-८ बस्ने ५६ वर्षीय राजु क्षेत्री र सोही उपमहानगरपालिका-१६ बस्ने २९ वर्षीय सकुल अधिकारी रहेका छन् । अस्थायी प्रहरी बिट बरगाछीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । 

कैलाली, धनगढी उपमहानगरपालिका-१९ ललिपुरघाटबाट नियन्त्रित लागूऔषध स्पास्मो ४० ट्याब्लेट सहित ३ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कैलारी गाउँपालिका-६ बस्ने २२ वर्षीय विशाल चौधरी, १८ वर्षीय किशोर र १९ वर्षीय एन्जन चौधरी रहेका छन् । इलाका प्रहरी कार्यालय बहुलियाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । 

सिराहा, सिरहा नगरपालिका-१४ लच्काबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ९ सय २० मिलिग्राम सहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मिर्चौया नगरपालिका-८ बस्ने १९ वर्षीय सुशान्त पंजियार र सोही नगरपालिका-५ बस्ने २० वर्षीय बिजय महतो रहेका छन् । प्रहरी चौकी खिरौना र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय गोलबजारबाट खटिएको प्रहरीले भारत जयनगरबाट सिराहातर्फ आउँदै गरेको म प्र.०१-००५ प २०३१ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी सिरहा नगरपालिका-१४ लच्काबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब २३ ग्राम ९५ मिलिग्राम सहित काठमाडौं महानगरपालिका-११ बस्ने २१ वर्षीय सुनिल बहादुर तामाङलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा खटिएको प्रहरीले ना.४ ख ४७१३ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार तामाङलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । 

यसैगरी सिराहा, लहान नगरपालिका-३ अस्पताल चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ३३ ग्राम सहित ३ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धनगढीमाई नगरपालिका-९ बस्ने २१ वर्षीय पवन साह, सोही नगरपालिका-८ बस्ने २१ वर्षीय लालबाबु राय र २३ वर्षीय अंकेश महतो रहेका छन् । जिल्ला प्रहरी कार्यालय सिराहा र इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

मोरङ, उर्लाबारी नगरपालिका-५ बाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ६० ट्याब्लेट र स्पाष्मिड १ सय ६० ट्याब्लेट सहित सोही ठाउँ बस्ने १९ वर्षीय सुजन शिवालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । साथै थप सोधपुछको क्रममा उक्त लागूऔषध  पथरी शनिश्चरे नगरपालिका-२ बस्ने २९ वर्षीय सुमन गुरूङबाट खरिद गरेको भन्ने खुल्न आएपश्चात सुमनलाई सोही ठाउँबाट ट्रामाडोल १ हजार १६ ट्याब्लेट र स्पाष्मिड ९ सय ८० ट्याब्लेट सहित प्रहरीले पक्राउ गरेको छ । 

बारा, जीतपुरसिमरा उपमहानगरपालिका-१ पथलैया चोकबाट अवैध लागूऔषध गाँजा करिब ३२ किलोग्राम सहित मकवानपुर हेटौंडा उपमहानगरपालिका-१४ बस्ने ४२ वर्षीय सोम बहादुर मोक्तानलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरीले हेटौंडाबाट परवानीपुरतर्फ जाँदै गरेको ना.१ ह ८९६१ नम्बरको अटोलाई जाँच गर्ने क्रममा उक्त गाँजा फेला पारी अटो चालक मोक्तानलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ११ जना पक्राउ
२०८१-१२-२९

काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ८ हजार ९ सय ट्याब्लेट र नाईट्राभेट ३ हजार ९ सय ट्याब्लेट सहित सर्लाही बरथहवा नगरपालिका-१० बस्ने २४ वर्षीय राकेश पासवानलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले सर्लाहीदेखि काठमाडौंतर्फ आउँदै गरेको ना.५ ख ३७६० नम्बरको बसलाई जाँच गर्ने क्रममा चामलको बोरामा लुकाई छिपाई ल्याएको उक्त लागूऔषध फेला पारी बसका सहचालक पासवानलाई पक्राउ गरेको हो ।  यसैगरी काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ करिब १० किलो १ सय ७० ग्राम सहित भारतीय नागरिक २५ वर्षीय IRFAN AHAMNAD KASALIPARAMBIL BASHEER बिहीबार राति पक्राउ परेका छन् । थाई एयरको उडानद्वारा बैंकक हुँदै काठमाडौं आएका उनलाई जाँच गर्ने क्रममा उनको व्यागेजबाट उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।  यसैगरी काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध लागूऔषध गाँजा करिब २६ किलो १० ग्राम सहित २ जना बिहीबार दिउँसो पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा भारतीय नागरिक ३१ वर्षीय RAM  KUMAR  र ३८ वर्षीय PADINHER CHANDYPURAYJL रहेका छन् । थाई एयरको उडानद्वारा बैंकक हुँदै काठमाडौं आएका उनीहरूलाई जाँच गर्ने क्रममा RAM  KUMAR लाई ११ किलो २ सय ८५ ग्राम र  PADINHER लाई १४ किलो ७ सय २५ ग्राम उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।   कैलाली, घोडाघोडी नगरपालिका-१ सुख्खडस्थित बजारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ८० मिलिग्राम सहित सोही नगरपालिका-१ सितानगर बस्ने १९ वर्षीय सुनिल मल्ललाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सुख्खडबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-५ तारानगरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३३ ग्राम १० मिलिग्राम सहित सोही उपमहानगरपालिका-५ बस्ने २५ वर्षीय तपेन्द्र शाहलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । बर्दिया, बढैयाताल गाउँपालिका-७ कर्णालीपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम २ सय ९० मिलिग्राम सहित बाँके कोहलपुर नगरपालिका-४ बिकासनगर बस्ने २२ वर्षीय रामु खड्कालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कालिका बर्दियाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । सुनसरी, धरान उपमहानगरपालिका-११ हिमाली चोकबाट अवैध लागूऔषध गाँजा करिब २८ किलोग्राम सहित साँगुरीगढी गाउँपालिका-९ घर भई धरान उपमहानगरपालिका-११ बान डाँडा बस्ने ३४ वर्षीय भुपाल राईलाई गए राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी बिट जोरसखुवाबाट खटिएको प्रहरी उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।  मोरङ, विराटनगर महानगरपालिका-१५ एक नम्बर ढाँटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७ सय ३० मिलिग्राम सहित २ जनालाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बेलबारी नगरपालिका-४ बस्ने २१ वर्षीय एनजल गुरूङ र १९ वर्षीय साहिल राई रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । सल्यान, बनगार कुपिण्डे नगरपालिका-१ सल्लिबजारबाट अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ ३ किलो ३ सय ५५ ग्राम सहित सोही नगरपालिका-१ बस्ने ३८ वर्षीया भुमा बुढाथोकीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय देवस्थलबाट खटिएको प्रहरीले जाजरकोटबाट नेपालगंजतर्फ जाँदै गरेको भे.१ ख ४००८ नम्बरको गाडीमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । साथै थप अनुसन्धानको लागि अन्य १ जनालाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित ९ जना पक्राउ
२०८१-१२-२८

बर्दिया, बढैयाताल गाउँपालिका-२ फुटाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ सय १० मिलिग्राम, नगद २२ हजार ५ सय रूपैयाँ र मोबाइल २ थान सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही गाउँपालिका-१ ठूलोडाँफे बस्ने ३५ वर्षीय सुमित शाही र ३० वर्षीय अनिल थापा रहेका छन् । प्रहरी चौकी जमुनीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी बर्दिया, बारबर्दिया नगरपालिका-४ कुसुम्वाघाटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम २० मिलिग्राम, नगद ३ हजार ६ सय ४६ रूपैयाँ र मोबाइल २ थान सहित २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गुलरिया नगरपालिका-८ कोकिया गाउँ बस्ने २५ वर्षीय दिनेश चौधरी र सोही नगरपालिका-७ खाले गुलेरिया बस्ने २२ वर्षीय राजकुमार अहिर रहेका छन् । इलाका प्रहरी कार्यालय बनियाभारबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  ललितपुर, ललितपुर महानगरपालिका-३ धोबीघाटबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ३ हजार ट्याब्लेट र नगद ५ हजार ५ सय रूपैयाँ सहित २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गोदावरी नगरपालिका-१४ बाडेगाउँ बस्ने मकवानपुर भीमफेदी गाउँपालिका-७ घर भएका २५ वर्षीय सुजन क्षेत्री र रामेछाप खाँडादेवी गाउँपालिका-८ घर भएका २४ वर्षीय दिपेश भण्डारी रहेका छन् । प्रहरी प्रभाग सानेपाबाट खटिएको प्रहरीले बा.९२ प ६५९३ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । बारा, फेटा गाउँपालिका-३ चौतारा नजिक घोडासाहनबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७८ ग्राम सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत शिवनगर इनर्वा पञ्चायत पूर्वी चम्पारण-२ बस्ने ३० वर्षीय टुटु कुमार र ३२ वर्षीय टुटु अंसारी रहेका छन् । जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरीले ना.३ त ४७१४ नम्बरको ट्याक्टरलाई जाँच गर्ने क्रममा उक्त पदार्थ फेला पारी चालक टुटु कुमार र ट्याक्टरमा सवार टुटु अंसारीलाई पक्राउ गरेको हो ।  उदयपुर, बेलका नगरपालिका-९ भचुवा बस्ने २१ वर्षीय दिवस विकलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब २ सय ४० मिलिग्राम सहित बुधबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २१ जना पक्राउ
२०८१-१२-२७

काठमाडौं, दक्षिणकाली नगरपालिका-५ फर्पिङबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २ हजार ३ सय ९० ट्याब्लेट सहित रौतहट गुजरा नगरपालिका-२ कटानी घर भएका १९ वर्षीय वाङ्पो दोर्जे योञ्जनलाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय फर्पिङबाट खटिएको प्रहरीले रौतहटबाट काठमाडौंतर्फ आउँदै गरेको बा.प्र.०३-००१ ज ०९४९ नम्बरको इभि गाडीमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यसैगरी काठमाडौं, नागार्जुन नगरपालिका-३ ठूलो भर्‍याङबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय २६ ट्याब्लेट सहित २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा नुवाकोट बिदुर नगरपालिका-२ घर भएका ३० वर्षीय कृष्ण बहादुर तामाङ र बेलकोटगढी नगरपालिका-१ घर भई काठमाडौं बालाजु बस्ने ३० वर्षीय भानुभक्त खनाल रहेका छन् । उक्त स्थानमा खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । कैलाली, टीकापुर नगरपालिका-९ खक्रौलाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ४ सय २० मिलिग्राम सहित सोही नगरपालिका-१ एकतानगर शिविर बस्ने २३ वर्षीया बन्दना बिक समेत २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी कैलाली, घोडाघोडी नगरपालिका-१ सुखड बस्ने २५ वर्षीय गौरभ आचार्य समेत ३ जनालाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम ५ सय ८० मिलिग्राम सहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सुख्खडबाट खटिएको प्रहरीले गौरभको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी तीनै जनालाई पक्राउ गरेको हो । यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-३ भन्सार नजिकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ सय मिलिग्राम सहित सोही उपमहानगरपालिका-६ बस्ने २२ वर्षीय विवेक राना समेत २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । पर्सा, वीरगंज महानगरपालिका-१६ शंकराचार्य गेट नजिकबाट अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ २ किलोग्राम र मोबाइल १ थान सहित भारत बिहार घर भएका ४५ वर्षीय विकास साह कानुलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी इनर्वाबाट खटिएको प्रहरीले नेपालबाट भारततर्फ पैदल जाँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी पर्सा, वीरगंज महानगरपालिका-१६ शंकराचार्य गेट नजिकबाट अवैध लागूऔषध गाँजा ५ किलो ७ सय ५० ग्राम र मोबाइल ४ थान सहित ३ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पर्सागढी नगरपालिका-३ झवरा टोल बस्ने ४४ वर्षीय सुनिल बम्जन, २९ वर्षीय पञ्चलाल माझी र २१ वर्षीय मुकेश माझी रहेका छन् । प्रहरी चौकी इनर्वाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । झापा, मेचीनगर नगरपालिका-६ स्थित भन्सार खोला नजिकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १ सय ४५ ग्राम ३ सय ३० मिलिग्राम सहित भारत वेष्ट बंगाल दार्जिलिङ घर भएका ४१ वर्षीय राजेन बर्मनलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी झापा, अर्जुनधारा नगरपालिका-४ भाङबारी बस्ने २८ वर्षीय भुवन न्यौपानेलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ३ सय ५० मिलिग्राम र अवैध लागूऔषध जस्तो देखिने कालो पदार्थ ५ सय ९० मिलिग्राम सहित मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी शनिश्चरेबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । कञ्चनपुर, भीमदत्त नगरपालिका-११ गड्डाचौकीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ८ सय ८० मिलिग्राम सहित बैतडी पुर्चौडी नगरपालिका-७ कोटीला घर भएका २८ वर्षीय उत्तम बिष्टलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय कञ्चनपुर र इलाका प्रहरी कार्यालय गड्डाचौकी समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । मोरङ, विराटनगर महानगरपलिका-१५ एक नम्बर ढाँटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम १ सय ५० मिलिग्राम सहित २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुनसरी धरान उपमहानगरपालिका-८ बस्ने १९ वर्षीय समन न्यौपाने र १९ वर्षीय अभिषेक याख्खा रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । उदयपुर, बेलका नगरपालिका-९ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ३ सय ३८ मिलिग्राम सहित २ जनालाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-३ बस्ने २६ वर्षीय मुस्कान राई र २१ वर्षीय खम्ब बहादुर दाहाल रहेका छन् । इलाका प्रहरी कार्यालय ठोक्सिलाबाट खटिएको प्रहरीले रामपुरबाट लालबजारतर्फ जाँदै गरेको को.३९ प ५६४९ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित पाँच जना पक्राउ
२०८१-१२-२६

काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन भन्सार एरियाबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने बस्तु करिब ६ किलोग्राम सहित थाईल्याण्डकी नागरिक २७ वर्षीया MISS KANOKWAN PONGSUWAN मंगलबार दिउँसो पक्राउ परेकी छिन् । थाई एयरवेजको उडानद्वारा बैङ्ककबाट काठमाडौं आएकी उनलाई जाँच गर्ने क्रममा उनको ब्यागेजबाट उक्त बस्तु फेला पारी पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धानको लागि लागूऔषध नियन्त्रण ब्यूरो पठाइएको छ ।  धनकुटा, साँगुरीगढी गाउँपालिका-६ भेडेटार चोकबाट अवैध लागूऔषध गाँजा करिब २० किलोग्राम सहित २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सहिदभूमी गाउँपालिका-७ बस्ने ४२ वर्षीया ईन्दिरा राई र ४९ वर्षीया सीता कार्की रहेका छन् । इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरीले अखुवाबाट धरानतर्फ जाँदै गरेको प्र.१-०२-००२ ज ४३३८ नम्बरको बोलेरोमा सवार ईन्दिरालाई १० किलोग्राम र प्र.१-०२-००१ ख ८५२९ नम्बरको बसमा सवार सीतालाई १० किलोग्राम गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।बारा, निजगढ नगरपालिका-८ कभडहल नजिकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ५ ग्राम सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-८ बकैया टोल बस्ने ३४ वर्षीय कमल केसी र सोही नगरपालिका-९ बस्ने ४३ वर्षीय राम गोपाल श्रेष्ठ रहेका छन् । इलाका प्रहरी कार्यालय निजगढबाट खटिएको प्रहरीले पथलैयाबाट निजगढतर्फ आउँदै गरेको म.प्र.०३-०३० प २९६१ नम्बरको  स्कुटरमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २० जना पक्राउ
२०८१-१२-२६

कैलाली, धनगढी उपमहानगरपालिका-४ शिवपुरीटोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५० मिलिग्राम सहित ३ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २९ वर्षीया रेश्मी कार्की, २४ वर्षीया किरण मगर र डोटी दिपायल सिलगढी नगरपालिका-६ बस्ने १९ वर्षीय सुजन खड्का रहेका छन् । अस्थायी प्रहरी पोष्ट शिवपुरीधामबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   यसैगरी कैलाली, भजनी नगरपालिका-८ जनकपुरस्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ सय ७० मिलिग्राम सहित सोही ठाउँ बस्ने २२ वर्षीय अमित चौधेरी समेत २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-३ चटकपुरस्थित एनएस होटलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ७ सय ६० मिलिग्राम सहित ४ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कञ्चनपुर बेदकोट नगरपालिका-८ बस्ने २० वर्षीय सुरेश बिष्ट, भीमदत्त नगरपालिका-१० बस्ने २३ वर्षीय लोकेन्द्र चन्द, डोटी दिपायल सिलगढी नगरपालिका-८ बस्ने १९ वर्षीय रिजन कठायत र कैलाली धनगढी उपमहानगरपालिका-३ मिलन चोक बस्ने १८ वर्षीया किशोरी रहेका छन् । जिल्ला प्रहरी कार्यालय कैलाली र अस्थायी प्रहरी पोष्ट चटकपुरबाट खटिएको प्रहरीले उक्त होटलको १०८ नम्बरको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी चारै जनालाई पक्राउ गरेको हो ।  बर्दिया, बाँसगढी नगरपालिका-३ लखना बस्ने ३१ वर्षीय सुनिल थारूलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय ३० मिलिग्राम सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंज र इलाका प्रहरी कार्यालय मोतिपुरबाट खटिएको प्रहरीले भे.७ प ६७४७ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । सुनसरी, कोशी गाउँपालिका-१ भन्सार गेटस्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब २ ग्राम ७ सय ६० मिलिग्राम, नाईट्राजेपाम १० ट्याब्लेट र नगद २४ हजार ७ सय ५० रूपैयाँ सहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मोरङ केराबारी गाउँपालिका-१० बस्ने ३१ वर्षीय तेज बहादुर तामाङ र सोही गाउँपालिका-७ बस्ने २७ वर्षीया फुलमाया लिम्बु रहेका छन् । इलाका प्रहरी कार्यालय लौकही समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्र.१-०२-०५७ प २८४९ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी सुनसरी, कोशी गाउँपालिका-१ भन्सार गेटस्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ७ सय ८० मिलिग्राम सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मकवानपुर हेटौंडा उपमहानगरपालिका-११ थानाभर्‍याङ बस्ने ३२ वर्षीय राजेश लामा र २१ वर्षीय समिर क्षेत्री रहेका छन् । इलाका प्रहरी कार्यालय लौकही समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-८ रंगशाला नजिकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ सय ९० मिलिग्राम सहित सोही ठाउँ डेरा गरी बस्ने सोही नगरपालिका-१३ घर भएका २० वर्षीय तेजेन्द्र खत्रीलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेत र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय सुर्खेतबाट खटिएका प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  झापा, गौरादह नगरपालिका-४ मैदान घोपा बस्ने २३ वर्षीय उमेश गिरीलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम सहित सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी महारानीझोडाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा उक्त पदार्थ खरिद गर्ने कार्यमा संलग्न गौरादह नगरपालिका-२ राधाकृष्ण टोल बस्ने २४ वर्षीय मनोज भारतीलाई समेत प्रहरीले पक्राउ गरेको छ । बारा, निजगढ नगरपालिका-७ भमरापुलबाट नियन्त्रित लागूऔषध नोर्फिन ३० एम्पुल, फेनारगन ३० एम्पुल, डाईजेपाम ३० एम्पुल, स्पास्मो १० ट्याब्लेट, ट्रामाडोल १० ट्याब्लेट र नाईट्राजेपाम १० एम्पुल सहित सोही नगरपालिका-६ भमरा टोल बस्ने ३० वर्षीय अमृत राउत समेत ३ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय निजगढबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।