प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अवैध लागूऔषध खैरो हेरोइन सहित दुई जना पक्राउ

२०८१-१२-२५

  • A
  • A-
  • A+
Share

मोरङ, विराटनगर महानगरपालिका-१५ एक नम्बर ढाँटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ६ सय मिलिग्राम सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा बेलाबारी नगरपालिका-८ बस्ने २८ वर्षीय मिलन थापा र ३९ वर्षीय केशर कुमार मगर रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 


सम्बन्धित समाचार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १३ जना पक्राउ
२०८२-०२-०६

काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको आगमन टनेल गेटबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने वस्तु करिब ४ किलो ६ सय ४० ग्राम सहित भारतीय नागरिक ४२ वर्षीय रामु यादव सोमबार राति पक्राउ परेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयबाट खटिएको प्रहरीले नेपाल एयरलाइन्सको उडानद्वारा बैङ्ककबाट काठमाडौं आएका उनलाई जाँच गर्ने क्रममा उनको सुटकेशबाट उक्त वस्तु फेला पारी पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि लागूऔषध नियन्त्रण ब्यूरो पठाइएको छ ।  रूपन्देही, सिद्धार्थनगर नगरपालिका-३ खजहना चिल्ड्रेनपार्कबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ८ मिलिग्राम सहित सोही नगरपालिका-८ बस्ने २० वर्षीय राहुल हरिजनलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी बिट बसपार्क र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  मकवानपुर, हेटौंडा उपमहानगरपालिका-३ लेवटबाट अवैध लागूऔषध गाँजा करिब १३ किलोग्राम सहित सोही ठाउँ बस्ने ४३ वर्षीय प्रताप सिंह मोक्तानलाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले ना.६३ प २५६१ नम्बरको स्कुटरमा सवार उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।  बाँके, नेपालगंज उपमहानगरपालिका-१५ जमुनाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब २ ग्राम सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कोहलपुर नगरपालिका-११ बस्ने ३४ वर्षीय चन्द्र बहादुर गन्धर्व र २७ वर्षीय सौरभ टमटा रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंज र इलाका प्रहरी कार्यालय जमुनाहबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।यसैगरी बाँके, नेपालगंज उपमहानगरपालिका-१५ जमुनाहबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ५० ट्याब्लेट, नाइट्राभेट ७० ट्याब्लेट र मोबाइल १ थान सहित जुम्ला चन्दननाथ नगरपालिका-१० बस्ने २१ वर्षीय आशिष न्यौपानेलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंज र इलाका प्रहरी कार्यालय जमुनाहबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यसैगरी बाँके, बैजनाथ गाउँपालिका-२ डिगियाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ९० मिलिग्राम सहित सोही ठाउँ बस्ने २३ वर्षीय बिरेन्द्र थारूलाई गए राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बनकटुवा नौवस्ताबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  धनुषा, मिथिला नगरपालिका-६ ढल्केबर बस्ने ६८ वर्षीय खिचडी बाबा भन्ने राम कुमार महतोलाई अवैध लागूऔषध गाँजा करिब २७ किलोग्राम, चरेश ३ सय ग्राम, २८ हजार ५ सय नेपाली रूपैयाँ, ११ हजार १ सय भारतीय रूपैयाँ र तराजु २ थान सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय ढल्केबरबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।  मोरङ, विराटनगर महानगरपालिका-१५ एक नम्बर ढाँटबाट नियन्त्रित लागूऔषध लुपिजेसिक १५ एम्पुल, एभिल १५ एम्पुल, डाइजेपाम १५ एम्पुल र फेनारगन १५ एम्पुल सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुनसरी धरान उपमहानगरपालिका-१७ बस्ने ३८ वर्षीय जिबन राई र सोही उपमहानगरपालिका-५ बस्ने ४२ वर्षीय अर्जुन तामाङ रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । सुनसरी, धरान उपमहानगरपालिका-१३ निशाने डाँडाबाट अवैध लागूऔषध गाँजा ४ किलो ५ सय ग्राम सहित  धनकुटा चौबिसे गाउँपालिका-३ बस्ने ४५ वर्षीय गजेन्द्र कुमार याखालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी चौकी अमरहाटबाट खटिएको प्रहरीले धनकुटाबाट धरानतर्फ आउँदै गरेको को.३७ प ८०२७ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । सर्लाही, पर्सा गाउँपालिका-६ बाट नियन्त्रित लागूऔषध नाइट्राभेट १ हजार २ सय ३० ट्याब्लेट सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ब्रह्मपुरी गाउँपालिका-६ बस्ने १९ वर्षीय रबि कुमार यादव र २२ वर्षीय राहुल कुमार यादव रहेका छन् । जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको बीआर ३०-७०१६ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

करिब २ सय २३ किलो गाँजा सहित सर्लाही र बाँकेबाट चार जना पक्राउ
२०८२-०२-०६

सर्लाही, लालबन्दी नगरपालिका-१४ स्थित डाइनी खोलाबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने वस्तु करिब १ सय १२ किलोग्राम सहित सोही नगरपालिका-१४ बस्ने ४२ वर्षीय सोम बहादुर तामाङलाई सोमबार राति प्रहरीले पक्राउ गरेको   छ । इलाका प्रहरी कार्यालय लालबन्दी र प्रहरी चौकी पत्थरकोटबाट खटिएको प्रहरीले डाइनी खोलामा रोकी राखेको बिआर ३२ एएन ०८१७ नम्बरको स्कारपियो र लु.३३ प ३८९४ नम्बरको मोटरसाइकललाई जाँच गर्न खोज्दा प्रहरी टोलीलाई देख्नासाथ ३ जना फरार भएको र सोम बहादुरलाई नियन्त्रणमा लिई स्कारपियो तलासी गर्दा डिकी भित्र प्लाष्टिकमा प्याकिङ्ग गरी राखेको २१ वटा पोकामा रहेको उक्त परिमाणको गाँजा फेला परेको हो । बाँके, डुडुवा गाउँपालिका-४ लालापुर्वाबाट अवैध लागूऔषध गाँजा करिब १ सय ११ किलोग्राम सहित नेपालगंज उपमहानगरपालिका-६ बस्ने २२ वर्षीय दिपेश चौरासिया समेत ३ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंज समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  

करिब १ सय ७२ किलो गाँजाको दाना सहित दुई जना पक्राउ
२०८२-०२-०५

मकवानपुर, भीमफेदी गाउँपालिका-१ खोप्लाङखोलाबाट अवैध लागूऔषध गाँजाको दाना करिब १ सय ७२ किलोग्राम सहित २ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मनहरी गाउँपालिका-८ सिमपानी बस्ने २५ वर्षीय प्रदिप मोक्तान र मकवानपुरगढी गाउँपालिका-५ धादिङ बस्ने २५ वर्षीय समुद्र दाहाल रहेका छन् । प्रहरी चौकी भैंसेबाट खटिएको प्रहरीले चुनियाबाट हेटौंडा बजारतर्फ जाँदै गरेको बा.३ च ३४९६ नम्बरको कारलाई जाँच गर्ने क्रममा ४ वटा बोरामा लुकाई छिपाई ल्याएको उक्त परिमाणको गाँजाको दाना फेला पारी कार चालक प्रदिप र कारमा सवार समुद्रलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २२ जना पक्राउ
२०८२-०२-०५

काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन भन्सार एरियाबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने वस्तु करिब १ किलो ५ सय ग्राम सहित भारतीय नागरिक २७ वर्षीय ARUN PALATHINGAL SOMAN शुक्रबार राति पक्राउ परेका छन् । नेपाल एयरलाइन्सको उडानद्वारा बैङ्ककबाट काठमाडौं आएका उनलाई जाँच गर्ने क्रममा उनको सुटकेशबाट उक्त वस्तु फेला पारी पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि लागूऔषध नियन्त्रण ब्यूरो पठाइएको छ । यसैगरी काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङ एरियाबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने वस्तु करिब ४ किलो २ सय १५ ग्राम सहित भारतीय नागरिक ३५ वर्षीया SUMAIYA MEHBOOB SHAIKH शनिबार पक्राउ परेकी छिन् । थाई एयरवेजको उडानद्वारा बैङ्ककबाट काठमाडौं आएकी उनलाई जाँच गर्ने क्रममा उनको सुटकेशबाट उक्त वस्तु फेला पारी पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि लागूऔषध नियन्त्रण ब्यूरो पठाइएको छ । यसैगरी काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ८ सय ट्याब्लेट सहित सर्लाही बागमती नगरपालिका-१२ बस्ने २८ वर्षीय सागर बम्जनलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग नागढुङ्गा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गाबाट खटिएको प्रहरीले सर्लाहीदेखि काठमाडौंतर्फ आउँदै गरेको ना.६ ख ७१०१ नम्बरको बसमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  झापा, भद्रपुर नगरपालिका-३ आँपगाछीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ ग्राम ३ सय १० मिलिग्राम सहित सोही नगरपालिका-३ ज्ञाने चोक बस्ने १७ वर्षीय किशोरलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले भारतबाट भद्रपुरतर्फ साइकलमा आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । रूपन्देही, बुटवल उपमहानगरपालिका-६ देवीनगर पुरानो बसपार्कबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १२ ग्राम र नगद ५५ हजार रूपैयाँ सहित बाग्लुङ वरेङ गाउँपालिका-३ घर भएका ४१ वर्षीय टेक बहादुर बुढाथोकीलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको  हो ।  यसैगरी रूपन्देही, बुटवल उपमहानगरपालिका-२ जितगढी किल्लाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय २० मिलिग्राम सहित सैनामैना नगरपालिका-१ बस्ने २९ वर्षीय धन बहादुर विश्वकर्मालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी रूपन्देही, बुटवल उपमहानगरपालिका-११ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय मिलिग्राम सहित ३ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने स्याङ्जा वालिङ नगरपालिका-११ घर भएका २८ वर्षीय अर्जुन सुनार, बुटवल उपमहानगरपालिका-६ पुरानो बसपार्क बस्ने १९ वर्षीय बिकाश परियार र २४ वर्षीया अनु लामा रहेका छन् । इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  मोरङ, रतुवामाई नगरपालिका-९ भौडाहाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम २ सय ६० मिलिग्राम सहित सोही ठाउँ बस्ने ३० वर्षीय दिपेश घिमिरेलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सिजुवा र प्रहरी चौकी इटहराबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी मोरङ, विराटनगर महानगरपालिका-१६ दक्षिण गेटबाट नियन्त्रित लागूऔषध लुपिजेसिक ९ एम्पुल, एभिल ९ एम्पुल र डाइजेपाम ८ एम्पुल सहित सुनसरी इटहरी उपमहानगरपालिका-१९ बस्ने २५ वर्षीय बिजय विकलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  यसैगरी मोरङ, उर्लाबारी नगरपालिका-१ सिमाना बस्तीबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ३० ट्याब्लेट र डाइसे ३० ट्याब्लेट सहित सोही नगरपालिका-३ बस्ने २८ वर्षीय जितेन चौधरीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । धादिङ, गल्छी गाउँपालिका-७ गल्छी चोकबाट अवैध लागूऔषध गाँजा करिब ८ किलोग्राम सहित २ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही गाउँपालिका-८ बस्ने ४४ वर्षीय बद्री अधिकारी र ४६ वर्षीय देबराज अधिकारी रहेका छन् । इलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको प्रहरीले वीरगंजबाट काठमाडौंतर्फ जाँदै गरेको बा.प्र.०३-००१ ख ३१३० नम्बरको बसमा सवार उनीहरूलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।  बारा, निजगढ नगरपालिका-४ मौरी खोलाबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ५ सय ६५ ट्याब्लेट सहित ५ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा निजगढ नगरपालिका-१० चौकीटोल बस्ने २८ वर्षीय प्रेम वाईबा, २२ वर्षीय धन बहादुर थिङ, ३० वर्षीय ज्ञान बहादुर घलान, सोही नगरपालिका-१० बिच टोल बस्ने २४ वर्षीय अमृत दुलाल र मकवानपुर बकैया गाउँपालिका-६ भालु खोला बस्ने २५ वर्षीय बिजय योञ्जन रहेका छन् । इलाका प्रहरी कार्यालय निजगढबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  सिराहा, नरहा गाउँपालिका-१ देवीपुरबाट अवैध लागूऔषध गाँजा करिब ३० किलोग्राम सहित ३ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही गाउँपालिका-१ बस्ने ३५ वर्षीय संजय दास, ३१ वर्षीय रामशरण दास र सोही गाउँपालिका-१ बस्ने बारा कलैया उपमहानगरपालिका-४ घर भएका २० वर्षीय धिरज महतो रहेका छन् । जिल्ला प्रहरी कार्यालय सिराहाबाट खटिएको प्रहरीले नरहा गाउँपालिका-१ देवीपुर बस्ने रामदेव दासको घर तलासी गर्दा उक्त परिमाणको गाँजा फेला पारी लागूऔषध कारोबारमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो । प्रहरीले हाल फरार रामदेवको खोजी गरिरहेको छ ।   यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ
२०८२-०२-०४

नवलपरासी पूर्व, विनयी त्रिवेणी गाउँपालिका-२ तामाङ डाँडा बस्ने ३१ वर्षीय रिपिन ढेगा मगरलाई नियन्त्रित लागूऔषध स्पास्मो २ सय ४५ ट्याब्लेट र नाइट्राभेट २६ ट्याब्लेट सहित शनिबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय दुम्किबासबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  बर्दिया, बढैयाताल गाउँपालिका-६ मैनापोखरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३० मिलिग्राम सहित सोही ठाउँ बस्ने २५ वर्षीय दिपक थारू र १८ वर्षीय किशोरलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  सिन्धुली, कमलामाई नगरपालिका-९ भिमानबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १९ ग्राम १ सय १० मिलिग्राम सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-३० बस्ने ३३ वर्षीय एन्जल ओली र काठमाडौं महानगरपालिका-३१ शान्तीनगर बस्ने नुवाकोट ककनी गाउँपालिका-५ घर भएका २९ वर्षीय सुशिल लामा रहेका छन् । इलाका प्रहरी कार्यालय भिमान र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दिबास समेतबाट खटिएको प्रहरीले जनकपुरबाट काठमाडौंतर्फ जाँदै गरेको प्रदेश ३-०२-०१३ प ३८६३ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  नवलपरासी पश्‍चिम, बर्दघाट नगरपालिका-५ बाट नियन्त्रित लागूऔषध डाईजेपाम ८ एम्पुल, बुप्रेनोर्फिन ८ एम्पुल र प्रोमेथाजाइन ८ एम्पुल सहित कास्की पोखरा महानगरपालिका-३० सिसुवा बस्ने ३७ वर्षीय किशोर खड्कालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  झापा, गौरीगंज गाउँपालिका-२ आँपगाछि बजारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ९ ग्राम ३० मिलिग्राम सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कमल गाउँपालिका-५ बस्ने २२ वर्षीय सुजन तोलाङ्गी र दमक नगरपालिका-३ फनपार्क बस्ने १९ वर्षीय मिङसो लिम्बु रहेका छन् । प्रहरी चौकी कोरोबारीबाट खटिएको प्रहरीले भारतबाट तुलाचन चोकतर्फ आउँदै गरेको प्र.१-०२-०४३ प ८२०९ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी झापा, बिर्तामोड नगरपालिका हनुमान कम्प्लेक्सस्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६ सय ६० मिलिग्राम र नगद ४ हजार १ सय रूपैयाँ सहित सोही नगरपालिका-४ बस्ने २६ वर्षीय संजोग लिम्बुलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टा र इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले  मे.११ प ८६५६ नम्बरको स्कुटरमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  जुम्ला, चन्दननाथ नगरपालिका-१० बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५० मिलिग्राम सहित सोही नगरपालिका-६ बस्ने १८ वर्षीय किशोरलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।