प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अवैध लागूऔषध सहित पाँच जना पक्राउ

२०८१-१२-२६

  • A
  • A-
  • A+
Share

काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन भन्सार एरियाबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने बस्तु करिब ६ किलोग्राम सहित थाईल्याण्डकी नागरिक २७ वर्षीया MISS KANOKWAN PONGSUWAN मंगलबार दिउँसो पक्राउ परेकी छिन् । थाई एयरवेजको उडानद्वारा बैङ्ककबाट काठमाडौं आएकी उनलाई जाँच गर्ने क्रममा उनको ब्यागेजबाट उक्त बस्तु फेला पारी पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धानको लागि लागूऔषध नियन्त्रण ब्यूरो पठाइएको छ । 

धनकुटा, साँगुरीगढी गाउँपालिका-६ भेडेटार चोकबाट अवैध लागूऔषध गाँजा करिब २० किलोग्राम सहित २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सहिदभूमी गाउँपालिका-७ बस्ने ४२ वर्षीया ईन्दिरा राई र ४९ वर्षीया सीता कार्की रहेका छन् । इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरीले अखुवाबाट धरानतर्फ जाँदै गरेको प्र.१-०२-००२ ज ४३३८ नम्बरको बोलेरोमा सवार ईन्दिरालाई १० किलोग्राम र प्र.१-०२-००१ ख ८५२९ नम्बरको बसमा सवार सीतालाई १० किलोग्राम गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।

बारा, निजगढ नगरपालिका-८ कभडहल नजिकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ५ ग्राम सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-८ बकैया टोल बस्ने ३४ वर्षीय कमल केसी र सोही नगरपालिका-९ बस्ने ४३ वर्षीय राम गोपाल श्रेष्ठ रहेका छन् । इलाका प्रहरी कार्यालय निजगढबाट खटिएको प्रहरीले पथलैयाबाट निजगढतर्फ आउँदै गरेको म.प्र.०३-०३० प २९६१ नम्बरको  स्कुटरमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ३९ जना पक्राउ
२०८२-०२-०३

मोरङ, रतुवामाई नगरपालिका वडा नम्बर १ र २ का विभिन्न स्थानबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित १३ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कानेपोखरी गाउँपालिका-७ बस्ने ३८ वर्षीय जोनी राई, सोही गाउँपालिका-५ बस्ने १९ वर्षीय अशोक कटुवाल, लेटाङ नगरपालिका-६ बस्ने ३२ वर्षीय सनम राई, उर्लाबारी नगरपालिका-२ बस्ने ३३ वर्षीय मिलन ढकाल, सोही नगरपालिका-३ बस्ने ३३ वर्षीय मुकुन्द दुलाल, झापा गौरादह नगरपालिका-८ बस्ने २३ वर्षीय ओम नारायण ताजपुरिया, झापा कमल गाउँपालिका-२ बस्ने २७ वर्षीय समिर न्यौपाने, २७ वर्षीय निरज सुब्बा, सोही गाउँपालिका-४ बस्ने ३० वर्षीय इन्द्र लिम्बु, ३६ वर्षीय सुमन राई, झापा दमक नगरपालिका-५ बस्ने २२ वर्षीय आशिष कुमार साह, २८ वर्षीय निरज सुबेदी र मोरङ रतुवामाई नगरपालिका-८ बस्ने ३३ वर्षीय नबिन नेपाली रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगर, इलाका प्रहरी कार्यालय सिजुवा र इलाका प्रहरी कार्यालय डोरियाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्र.१-०१-०१४ प ४४६ नम्बरको मोटरसाइकलमा सवार जोनी, अशोक र सनमलाई ६ ग्राम ९ सय ३० मिलिग्राम, को.२८ प ५१९६ नम्बरको स्कुटरमा सवार मिलन र मुकुन्दलाई ४ ग्राम ६ सय ९० मिलिग्राम, मे.१० प ८१११ नम्बरको मोटरसाइकलमा सवार ओम नारायणलाई १ ग्राम २ सय ७० मिलिग्राम, हाल नम्बर नखुलेको मोटरसाइकलमा सवार समिर र निरजलाई १ ग्राम ३ सय ६० मिलिग्राम, मे.५ प ४५०६ नम्बरको मोटरसाइकलमा सवार इन्द्र र सुमनलाई २ ग्राम ८ सय ९० मिलिग्राम, मे.३ प ६६६५ नम्बरको मोटरसाइकलमा सवार आशिष र निरज सुबेदीलाई ३ ग्राम ७ सय २० मिलिग्राम र  पैदलयात्री नबिनलाई २ ग्राम ५ सय मिलिग्राम ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित फेला पारी पक्राउ गरेको हो  ।यसैगरी मोरङ, रतुवामाई नगरपालिका-२ घरू चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १२ ग्राम १ सय ८० मिलिग्राम सहित ४ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-९ बस्ने २५ वर्षीय मनिस राई, ३३ वर्षीय डिकेन्द्र तामाङ, पथरी शनिश्चरे नगरपालिका-२ बस्ने ३१ वर्षीय बुद्दिराज राई र ३० वर्षीय सूर्य विक रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगर र इलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको मे.९ प ५६९५ नम्बरको मोटरसाइकलमा सवार मनिस र डिकेन्द्र तथा को.२७ प ८५५३ नम्बरको मोटरसाइकलमा सवार बुद्दिराज र सूर्यलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । यसैगरी मोरङ, उर्लाबारी नगरपालिका-४ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ९ सय ६० मिलिग्राम, मोबाइल ६ थान र नगद १ लाख ५ हजार ५ सय ६५ रूपैयाँ सहित ३ जनालाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ डेरा गरी बस्ने रतुवामाई नगरपालिका-९ घर भएकी ४९ वर्षीया लिला कुमारी थारू तथा उनकै छोराहरू २५ वर्षीय रंजित धामी थारू र २४ वर्षीय प्रबिन धामी थारू रहेका छन् । इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरीले उनीहरूको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी तीनै जनालाई पक्राउ गरेको हो । कैलाली, टिकापुर नगरपालिका-१ कान्छी बजारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४० मिलिग्राम सहित २ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा जानकी गाउँपालिका-८ भगरैया बस्ने २७ वर्षीय दुर्गा प्रसाद चौधरी र टिकापुर नगरपालिका-१ वनगाउँ बस्ने ३१ वर्षीय संजिप चौधरी रहेका छन् । इलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।यसैगरी कैलाली, टिकापुर नगरपालिका-१ नयाँबस्तीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ ग्राम २० मिलिग्राम सहित सोही ठाउँ बस्ने ३० वर्षीय छत्र साउदलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । झापा, कन्काई नगरपालिका-४ इलुवाबारीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ३० मिलिग्राम, गाँजा १० ग्राम र मोबाइल ८ थान सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ४० वर्षीय चन्द्र कुमार चौधरी र २४ वर्षीय संजय चौधरी रहेका छन् । इलाका प्रहरी कार्यालय सुरूङ्गाबाट खटिएको प्रहरीले  उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यसैगरी झापा, बिर्तामोड नगरपालिका-५ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ७ सय २० मिलिग्राम, नियन्त्रित लागूऔषध ट्रामाडोल ७ ट्याब्लेट र नाइट्राजेपाम २ ट्याब्लेट सहित मेचीनगर नगरपालिका-१० बस्ने २३ वर्षीय अंकित खरेललाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । कञ्चनपुर, भीमदत्त नगरपालिका-११ गड्डाचौकीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ५ सय २० मिलिग्राम सहित २ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बेदकोट नगरपालिका-६ बस्ने २६ वर्षीय अभिशेक चटौत र सोही नगरपालिका-७ बस्ने ३० वर्षीय सन्देश बोहरा रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगर र इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको से.१ प ८८०९ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । बाँके, कोहलपुर नगरपालिका-११ एकतानगरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ५० मिलिग्राम सहित सोही ठाउँ बस्ने १६ वर्षीय किशोरलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-१० बसपार्क नजिकैबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय मिलिग्राम सहित बर्दिया गुलरिया नगरपालिका-५ बस्ने १९ वर्षीय बिबेक चौधरीलाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय सुर्खेत समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । सिराहा, लहान नगरपालिका-१२ स्थित भोटिया टोलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २१ ग्राम,   नगद ५१ हजार ४ सय ५० रूपैयाँ र मोबाइल २ थान सहित २ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-२२ लबटोली बस्ने ३२ वर्षीय दिनेश कुमार यादव र उनकै बहिनी २६ वर्षीया किरण कुमारी यादव रहेका छन् । जिल्ला प्रहरी कार्यालय सिराहा, इलाका प्रहरी कार्यालय लहान र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय गोलबजारबाट खटिएको प्रहरीले को.५ प ६९२७ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । थप अनुसन्धानको क्रममा प्रहरीले दिनेशको घर तलासी गर्दा खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ८० ग्राम, ५४ लाख १४ हजार २ सय ८५ नेपाली रूपैयाँ, ३५ हजार ७ सय ८० भारतीय रूपैयाँ, मोबाइल ४ थान र डिजिटल तराजु १ थान समेत फेला पारी बरामद गरेको छ । यसैगरी सिराहा, बरियारपट्टी गाउँपालिका-३ चमार टोलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब   ७ सय १० मिलिग्राम सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा औरही गाउँपालिका-३ बस्ने २० वर्षीय कृष्ण कुमार यादव र सोही गाउँपालिका-२ तुलसीपुर बस्ने १९ वर्षीय निरज राय रहेका छन् । इलाका प्रहरी कार्यालय बरियारपट्टीबाट खटिएको प्रहरीले भारत लदनियाबाट बरियारपट्टीतर्फ आउँदै गरेको प्र.२-०१-००२ प ३०६८ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । तनहुँ, ब्यास नगरपालिका-३ साँगे चोकबाट नियन्त्रित लागूऔषध डाइजेपाम २५ एम्पुल, फेनारगन २५ एम्पुल, बुप्रेनोर्फिन २५ एम्पुल र मोबाइल १ थान सहित शुक्लागण्डकी नगरपालिका-१ कोत्रे बस्ने ३० वर्षीय बुद्ध गुरूङलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । रोल्पा, माडी गाउँपालिका-२ घर्तीगाउँ डेरा गरी बस्ने ३१ वर्षीय राजन गुप्ता समेत ४ जनालाई अवैध लागूऔषध चरेश ६ ग्राम ८ सय २० मिलिग्राम सहित शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय घर्तीगाउँबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २० जना पक्राउ
२०८२-०२-०२

काठमाडौं महानगरपालिका-३२ नरेफाँटबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २ हजार १ सय ३० ट्याब्लेट सहित ललितपुर महानगरपालिका-५ टिकाथली बस्ने तेह्रथुम फेदाप गाउँपालिका-३ घर भएका २९ वर्षीय सन्जिप श्रेष्ठलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग कोटेश्‍वरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।यसैगरी काठमाडौं महानगरपालिका-२६ मित्रनगर पानी ट्याङ्की नजिक सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ८ सय ५० मिलिग्राम सहित सोही ठाउँ बस्ने दाङ तुलसीपुर उपमहानगरपालिका-११ घर भएका २९ वर्षीय लिलाधर वलीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग गोंगबु समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।बर्दिया, बढैयाताल गाउँपालिका-२ फुटाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ७० मिलिग्राम सहित रूपन्देही शुद्धोधन गाउँपालिका-४ बस्ने २३ वर्षीय अमित बहादुर कार्कीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  प्रहरी चौकी जमुनी र इलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी बर्दिया, बढैयाताल गाउँपालिका-७ कर्णालीपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय २० मिलिग्राम सहित २ जनालाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बाँके बैजनाथ गाउँपालिका-८ पिपिरी बस्ने २२ वर्षीय कमल शाही र २४ वर्षीय सागर शाही रहेका छन् । इलाका प्रहरी कार्यालय मैनापोखर र प्रहरी चौकी कालिकाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको भे.१२ प ६८२९ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । धनकुटा, धनकुटा नगरपालिका-९ मुलघाटबाट अवैध लागूऔषध गाँजा करिब २८ किलोग्राम सहित सोही नगरपालिका-९ बस्ने ५१ वर्षीय राजु राईलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी मुलघाटबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । यसैगरी धनकुटा, साँगुरीगढी गाउँपालिका-६ भेडेटार चोकबाट अवैध लागूऔषध गाँजा करिब १५ किलोग्राम सहित ३ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सहिदभूमी गाउँपालिका-२ बस्ने २२ वर्षीय सन्तोष दर्जी, मोरङ सुन्दरहरैंचा नगरपालिका-१० बस्ने २६ वर्षीय जय राम सरदार र १८ वर्षीय किशोर रहेका छन् । इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरीले संखुवासभाबाट दमकतर्फ जाँदै गरेको प्रदेश नम्बर १-०२-००१ ज ४६५९ नम्बरको गाडीमा सवार सन्तोषलाई १२ किलोग्राम र भोजपुरबाट इटहरीतर्फ जाँदै गरेको प्रदेश नम्बर १-०२-००१ ज ४४०९ नम्बरको गाडीमा सवार जय राम र १८ वर्षीय किशोरलाई ३ किलोग्राम गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-७ गुरूङचोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६ सय ३० मिलिग्राम सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २७ वर्षीय बल बहादुर पुलामी मगर र सोही नगरपालिका-१२ बस्ने २३ वर्षीय हिमाल राना रहेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेत र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । दाङ, घोराही उपमहानगरपालिका-४ सुनपुर बस्ने २१ वर्षीय सुदर्शन पुनलाई अवैध लागूऔषध गाँजा ४ सय ८९ ग्राम सहित बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी गोग्लीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो ।  महोत्तरी, बर्दिवास नगरपालिका-३ गौरीडाँडाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७ ग्राम ७ सय ३० मिलिग्राम सहित सिराहा, सिरहा नगरपालिका-७ महेश्वरथान टोल बस्ने २० वर्षीय दुर्गेश यादवलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बर्दिवास र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दिवासबाट खटिएको प्रहरीले बर्दिवासबाट सिन्धुलीतर्फ जाँदै गरेको प्रदेश १-०१-००१ ख ४१५७ नम्बरको बसमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा उक्त लागूऔषध सिन्धुली कमलामाई नगरपालिका-८ स्थित तरकारी पसल गरी बस्ने सर्लाही बलरा नगरपालिका-४ घर भएका २७ वर्षीय धर्मेन्द्र साहले ल्याउन लगाएको भन्ने खुल्न आएपश्चात प्रहरीले उनलाई बर्दिवास नगरपालिका-३ कालापानीबाट पक्राउ गरेको छ ।   कैलाली, धनगढी उपमहानगरपालिका-१० जुगेडाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ७ सय १० मिलिग्राम सहित सोही ठाउँ बस्ने २२ वर्षीय कमल रानालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढी र वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी कैलाली, बर्दगोरिया गाउँपालिका-२ बौनिया बजारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिन पदार्थ १ ग्राम २ सय मिलिग्राम सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही गाउँपालिका-१ बस्ने २१ वर्षीय उमेश ताम्राकार र सोही नगरपालिका-२ बस्ने २१ वर्षीय बिवेक सोनी रहेका छन् । इलाका प्रहरी कार्यालय सडकपुरबाट खटिएको प्रहरीले सु.प.प्र ०१-००९ प १२२७ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । कञ्चनपुर, भीमदत्त नगरपालिका-११ सात नम्बर पिल्लरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ८० मिलिग्राम सहित लालझाडी गाउँपालिका-५ बाणी बस्ने २७ वर्षीय राजेश नेपालीलाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गड्डाचौकी, लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगर समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । मोरङ, उर्लाबारी नगरपालिका-७ बरगाछीबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ट्याब्लेट सहित सोही नगरपालिका-८ बस्ने २३ वर्षीय विवेक खड्कालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  झापा, बुद्धशान्ति गाउँपालिका-४ पिपल चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय ८० मिलिग्राम सहित सोही ठाउँ बस्ने ३५ वर्षीय सागर खड्कालाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २७ जना पक्राउ
२०८२-०२-०१

  बाँके, बैजनाथ गाउँपालिका-३ पितमारीस्थित बालसुधार गृह नौबस्ता बाँकेको ए ब्लकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८० मिलिग्राम सहित कोहलपुर नगरपालिका-११ बस्ने १९ वर्षीया संगीता थारूलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । बालसुधार गृहको भेटघाट कक्षमा बालबिज्यकर्तालाई भेट्न आएकी संगीतालाई उक्त पदार्थ सहित फेला पारी प्रहरीले पक्राउ गरेको हो । कञ्चनपुर, भीमदत्त नगरपालिका-११ गड्डाचौकीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम १ सय ९० मिलिग्राम सहित सोही नगरपालिका-२ बस्ने २२ वर्षीय दिपेश डगौरालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी कञ्चनपुर, पुनर्वास नगरपालिका-११ डोकेबजारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ३ सय ८० मिलिग्राम सहित कैलाली धनगढी उपमहानगरपालिका-८ क्याम्पस चोक बस्ने २५ वर्षीय सन्दिप श्रीवास्तवलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । झापा, गौरीगंज गाउँपालिका-३ बाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ १ सय ग्राम ९० मिलिग्राम, नियन्त्रित लागूऔषध नाइट्राजेपाम १ सय ट्याब्लेट, नगद २ लाख ४३ हजार ५ सय रूपैयाँ र डिजिटल तराजु १ थान सहित ३ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत किसनगंज खनियाबाद-७ फुलबरिया बस्ने १९ वर्षीय मोनाजिर आलम, भारत किसनगंज खनियाबाद-५ फत्तेपुर बस्ने ५८ वर्षीय भोला ठाकुर र दमक नगरपालिका-५ बस्ने ४१ वर्षीय संजय भन्ने भुपेन्द्र राई रहेका छन् । इलाका प्रहरी कार्यालय गौरीगंजबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । साथै उनीहरूले प्रयोग गरेको ना.१ च ९१६२ नम्बरको कार र बीआर ३७ एजे ९९५२ नम्बरको मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ ।  यसैगरी झापा, बिर्तामोड नगरपालिका-१ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिन पदार्थ २ सय ४० मिलिग्राम सहित ३ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बिर्तामोड नगरपालिका-१ बस्ने २५ वर्षीय सलिम खान भन्ने महमद सलाम देवान, २९ वर्षीय विशाल शाक्य र इलाम माई नगरपालिका-८ रातेखोला बस्ने २७ वर्षीय श्री प्रसाद आङदेम्बे रहेका छन् । इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  भक्तपुर, मध्यपुर थिमी नगरपालिका-६ डेरा गरी बस्ने सिन्धुपाल्चोक जुगल गाउँपालिका-५ घर भएका २३ वर्षीय दिनेश लामा समेत २ जनालाई अवैध लागूऔषध पोल्याण्ड ८ सय ४० ग्राम, खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ९ सय ५० मिलिग्राम, नियन्त्रित लागूऔषध ट्रामानिल ४ सय ५१ ट्याब्लेट, नाइट्राजेपाम १ हजार १ सय ९० ट्याब्लेट, नाइट्राभेट ७२ ट्याब्लेट,  मोबाइल २ थान र नगद ७ हजार रूपैयाँ सहित बुधबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त थिमीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको   हो ।  यसैगरी भक्तपुर, मध्यपुर थिमी नगरपालिका-९ बोडेबाट अवैध लागूऔषध पोल्याण्ड ४ सय ६६ ग्राम, नियन्त्रित लागूऔषध स्पास्पेन ४ सय ५० ट्याब्लेट, ट्रामाडोल १ सय ८० ट्याब्लेट, स्टागन १ सय ७३ ट्याब्लेट, मोबाइल ३ थान र नगद ५ हजार रूपैयाँ सहित ५ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने खोटाङ ऐसेलुखर्क गाउँपालिका-८ घर भएका २५ वर्षीय स्वदेश राई, सोही ठाउँ बस्ने काभ्रे रोशी गाउँपालिका घर भएका २९ वर्षीय छिरीङ लामा, २५ वर्षीय अमिर बस्नेत, मध्यपुर थिमी नगरपालिका-७ धुन्चेपाखा बस्ने २१ वर्षीय सम्राट राई र काठमाडौं कागेश्वरी मनोहरा बस्ने सिन्धुपाल्चोक लिशंखुपाखर गाउँपालिका-३ घर भएका २७ वर्षीय विकास लामा रहेका छन् । प्रहरी वृत्त थिमीबाट खटिएको प्रहरीले स्वदेशको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । रूपन्देही, सिद्धार्थनगर नगरपालिका-१ बेलहिया गाउँ बस्ने ३४ वर्षीया रादिया खातुन समेत २ जनालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम ४ सय ४० मिलिग्राम सहित बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलहियाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । पर्सा, वीरगंज महानगरपालिका-२१ परवानीपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १५ ग्राम सहित सोही महानगरपालिका-१६ बस्ने २२ वर्षीय मुस्तफा अंसारीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी परवानीपुरबाट खटिएको प्रहरीले बीआर ०६ सिटि ०८१ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । चितवन, कालिका नगरपालिका-४ हाइस्कुल चोकबाट नियन्त्रित लागूऔषध डाइजेपाम २ एम्पुल, प्रोमेथाजाइन ८ एम्पुल, बुप्रेनोर्फिन ८ एप्पुल, सिरिन्ज ४७ थान र नगद १० हजार ४ सय ९५ रूपैयाँ सहित सोही नगरपालिका-५ बस्ने २७ वर्षीय कमल चौधरीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी बिट पदमपुरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यसैगरी चितवन, इच्छाकामना गाउँपालिका-५ मुग्लिङ बजारबाट अवैध लागूऔषध गाँजा करिब ३ सय ग्राम सहित २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धादिङ बेनीघाट रोराङ गाउँपालिका-७ बस्ने ३२ वर्षीय विजय गुरूङ र भरतपुर महानगरपालिका-२० बस्ने २७ वर्षीय अनिल थापा रहेका छन् । इलाका प्रहरी कार्यालय मुग्लिङबाट खटिएको प्रहरीले ग.१ ख ५५९२ नम्बरको ट्रकलाई जाँच गर्ने क्रममा उक्त गाँजा फेला पारी चालक विजय र सहचालक अनिललाई पक्राउ गरेको हो । थप अनुसन्धानको क्रममा इच्छाकामना गाउँपालिका-६ पाँच किलोस्थित सोही नगपालिका-६ बस्ने ३४ वर्षीय फुलमाया गुरूङ र सोही नगरपालिका-४ बस्ने ३७ वर्षीय सन्जु गुरूङले सञ्चालन गरेको युनिस खाजा घरमा लागूऔषध बेचबिखन गरिरहेको खुल्न आएपश्चात प्रहरीले उक्त खाजा घर तलासी गर्दा करिब १ किलोग्राम गाँजा फेला पारी दुबै जनालाई पक्राउ गरेको   छ । मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १८ ग्राम सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा वीरगंज महानगरपालिका-५ बस्ने २० वर्षीय करण राय र २९ वर्षीय उपेन्द्र रायभर रहेका छन् । प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले वीरगंजबाट हेटौंडातर्फ आउँदै गरेको म.१ प २१८ नम्बरको बसमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  मोरङ, विराटनगर महानगरपालिका-१५ एक नम्बर ढाँटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम १ सय ३० मिलिग्राम सहित बेलवारी नगरपालिका-७ बस्ने २२ वर्षीय रोशन राईलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित पाँच जना पक्राउ
२०८२-०२-०१

काठमाडौं, कीर्तिपुर नगरपालिका-३ सल्यानथानबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ हजार ३ सय ४० ट्याब्लेट, नाईट्राभेट १ सय ट्याब्लेट र नगद २८ हजार ५ सय रूपैयाँ सहित सोही ठाउँ बस्ने २५ बर्षीय राजु मेटरलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । महोत्तरी, बर्दिबास नगरपालिका-३ गौरीडाँडाबाट अवैध लागूऔषध गाँजा ३० ग्राम सहित सोही नगरपालिका-२ बर्दिबास घर भएका २६ वर्षीय देवराज विकलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । थप अनुसन्धानको क्रममा उक्त गाँजा बर्दिबास नगरपालिका-१ लामाटोल बस्ने ६० वर्षीया सुन माया लामासँग खरिद गरेको भन्ने खुल्न आएपश्चात प्रहरीले सुन मायाको कोठा तलासी गर्दा अवैध लागूऔषध गाँजा ३ सय ५० ग्राम फेला पारी उनलाई समेत पक्राउ गरेको छ । बैतडी, पाटन नगरपालिका-६ अर्तोलाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ४ सय ५० मिलिग्राम सहित डडेल्धुरा अजयमेरू गाउँपालिका-६ बस्ने २८ वर्षीय सुनिल खड्कालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पाटनबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । सुनसरी, हरिनगर गाउँपालिका-७ बस्ने ५० वर्षीय मिकाईल मियालाई अवैध लागूऔषध गाँजा करिब ५ किलोग्राम सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय देवानगंज र प्रहरी चौकी घुस्कीहाट समेतबाट खटिएको प्रहरीले उनको घर नजिकै लुकाई राखिएको उक्त गाँजा फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित तीन जना पक्राउ
२०८२-०१-३०

काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन भन्सार एरियाबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने वस्तु करिब १० किलो १ सय ७० ग्राम सहित भारतीय नागरिक २५ वर्षीय ABHIUDAY PAHUNE सोमबार दिउँसो पक्राउ परेका छन् । थाई एयरवेजको उडानद्वारा बैङ्ककबाट काठमाडौं आएका उनलाई जाँच गर्ने क्रममा उनको सुटकेशबाट उक्त वस्तु फेला परेको हो । उनलाई आवश्यक अनुसन्धानको लागि लागूऔषध नियन्त्रण ब्यूरो पठाइएको छ ।  कैलाली, धनगढी उपमहानगरपालिका-१ पशुपती टोलबाट अवैध लागूऔषध खैरो हेरोइन करिब १२ ग्राम २ सय ५० मिलिग्राम सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही महानगरपालिका-१ बस्ने भारत उत्तर प्रदेश घर भएका ४१ वर्षीय पप्पु खान र २९ वर्षीय मुजमिल्ल अन्सारी रहेका छन् । वडा प्रहरी कार्यालय धनगढी र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।