प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

२०८१-१२-२६

  • A
  • A-
  • A+
Share

काठमाडौं, कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पर्सा विन्दवासिनी गाउँपालिका-२ घर भएका ६२ वर्षीय लोकनाथ साह तेलीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । 

सर्वोच्च अदालतको २०६९ कात्तिक २४ गतेको फैसलाले उक्त मुद्दामा सर्वस्व सहित जन्म कैद सजाय ठहर भई फरार रहेका उनलाई केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले पर्सा वीरगंजबाट पक्राउ गरेको हो । लोकनाथले पर्सा साविक बहुअर्वाभाठा गाबिस-५ बस्ने ढोडा मुखिया विनलाई जग्गा सम्बन्धी विवादको विषयमा छलफल गर्ने भनि बोलाई २०६४ वैशाख २५ गते गोली प्रहार गरी हत्या गरी फरार भएको घटनामा अदालतले उनी उपर उक्त फैसला गरेको थियो । साथै उनी भारत चम्पारण पिपरियास्थित रामजानकी मन्दिरमा पुजारीको रूपमा १० वर्षदेखि साधुको भेष धारण गरी लुकिछिपी बसेको अनुसन्धानको क्रममा खुल्न आएको छ ।  

उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत पर्सामा पेश गरिएको छ ।


सम्बन्धित समाचार
वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ
२०८२-०२-१५

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा काठमाडौं टोखा नगरपालिका-५ बस्ने सल्यान कपुरकोट गाउँपालिका-५ घर भएका ३६ वर्षीय टोपेन्द्र राना मगर, काठमाडौं महानगरपालिका-६ बस्ने सोलुखुम्बु दुधकुण्ड नगरपालिका-५ घर भएका ३९ वर्षीय ङिमा शेर्पा र काठमाडौं गोकर्णेश्वर नगरपालिका-५ बस्ने काभ्रेपलाञ्चोक बनेपा नगरपालिका-२ घर भएका ४० वर्षीय शिवराम घिमिरे रहेका छन् । पक्राउ मध्ये टोपेन्द्रले जापान पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ४२ लाख ३० हजार रूपैयाँ, ङिमाले पोल्याण्ड पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ४ लाख २० हजार रूपैयाँ र शिवरामले न्यूजिल्याण्ड पठाइदिन्छु भन्दै १ जना पीडितबाट ९ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले टोपेन्द्रलाई काठमाडौं टोखा नगरपालिका-५ बाट, ङिमालाई काठमाडौं महानगरपालिका-४ बाट र शिवरामलाई काठमाडौं महानगरपालिका-३१ बाट पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ 

ठगीमा संलग्न दुई जना पक्राउ
२०८२-०२-१५

काठमाडौं, ठगीमा संलग्न रहेको अभियोगमा २ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं  महानगरपालिका-१५ बस्ने मकवानपुर थाहा नगरपालिका-७ घर भएका ३४ वर्षीय राम कुमार सापकोटा र काठमाडौं महानगरपालिका-३ बस्ने बाजुरा बुढीनन्दा नगरपालिका-३ घर भएका २८ वर्षीय ओव्जन चदारा रहेका छन् । आफु सिआईडिमा कार्यरत प्रहरी निरीक्षक र प्रहरी सहायक निरीक्षक बताउने राम कुमार र ओव्जनले वैदेशिक रोजगारीको लागि दुबई जान भनि ३० लाख रूपैयाँ ठगीमा परेका व्यक्तिहरूको पैसा उठाई दिन्छु भनि पीडितसँग पटक पटक गरी जम्मा ४ लाख ५० हजार रूपैयाँ नगद तथा ग्लोबल आइएमई बैंकको २ लाख ५० हजार रूपैयाँको चेक काट्न लगाई ठगी गरेको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई कीर्तिपुर नगरपालिका-१० ट्याङ्लाफाँटबाट पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ । 

सिआईबीको डिएसपी हुँ भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
२०८२-०२-१५

काठमाडौं, सिआईबीको डिएसपी हुँ भन्दै ठगी गरेको अभियोगमा भक्तपुर मध्यपुर थिमी नगरपालिका-५ कमेरोटार बस्ने सूर्यविनायक नगरपालिका-२ बालकोट घर भएका ४१ वर्षीय अनिल थापालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।  अनिलले आफू सिआईबीको डिएसपी हुँ भनि जबरजस्ती करणीको मुद्दा मिलाई दिन्छु भनि ८ लाख ४० हजार रूपैयाँ ठगी गरेको भन्ने सूचनाको आधारमा केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले उनलाई भक्तपुर मध्यपुर थिमी नगरपालिका-५ कमेरोटारबाट पक्राउ गरेको हो । उनी उपर ठगी गर्न नहुने सम्बन्धी कसूर मुद्दामा जिल्ला अदालत ललितपुरबाट ७ दिनको म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

चोरीमा संलग्न रहेको अभियोगमा तीन जना पक्राउ
२०८२-०२-१४

पर्सा, मोटरसाइकल चोरीमा संलग्न रहेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पोखरिया नगरपालिका-४ बस्ने १९ वर्षीय रितिक गिरी, २१ वर्षीय राम बिश्वास कुमार राम र १९  वर्षीय कृष्ण महतो नुनिया रहेका छन् ।  पोखरिया नगरपालिका-९ बाट ना.५४ प ३८७७ नम्बरको मोटरसाइकल बिहीबार राति चोरी भएको घटनाको अनुसन्धानको क्रममा इलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो ।  उनीहरू उपर चोरी सम्बन्धी कसूरमा जिल्ला अदालत पर्साबाट म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

बैंकिङ कसूर मुद्दाका दुई जना फरार प्रतिवादीहरू पक्राउ
२०८२-०२-१४

काठमाडौं, बैंकिङ कसूर मुद्दाका २ जना फरार प्रतिवादीहरूलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बुढानिलकण्ठ नगरपालिका-१० कपन बस्ने दोलखा भिमेश्वर नगरपालका-३ घर भएका ३५ वर्षीय बाबुराम खत्री र काठमाडौं महानगरपालिका-३२ नरेफाँट बस्ने उदयपुर कटारी नगरपालिका-५ घर भएकी २५ वर्षीया दीपा ढुंगाना रहेका छन् ।  जिल्ला अदालत काठमाडौंबाट उक्त मुद्दामा जेठ ६ गते पक्राउ अनुमति प्राप्त भई फरार रहेका बाबुरामलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-७ सिफलबाट पक्राउ गरेको हो । साथै सोही कार्यालयबाट खटिएको प्रहरीले जिल्ला अदालत भक्तपुरबाट उक्त मुद्दामा २०८१ माघ २८ गते पक्राउ अनुमति प्राप्त भई फरार रहेकी दीपालाई काठमाडौ महानगरपालिका-३२ नरेफाँटबाट पक्राउ गरेको हो ।  पक्राउ मध्ये बाबुरामलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि प्रहरी वृत्त गौशला र दीपालाई जिल्ला प्रहरी परिसर भक्तपुर पठाइएको छ ।

युके र क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
२०८२-०२-१४

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी युके र क्रोएसिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-७ बस्ने कञ्चनपुर पुनर्वास नगरपालिका-२ घर भएका ३६ वर्षीय एलिया तामाङ र काठमाडौं महानगरपालिका-१६ बस्ने दोलखा बैतेश्वर गाउँपालिका-६ घर भएका ४० वर्षीय कृष्ण कुमार घिमिरे रहेका छन् ।  एलियाले युके पठाइदिन्छु भन्दै १ जना पीडितबाट ६ लाख रूपैयाँ र कृष्णले क्रोएसिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले एलियालाई काठमाडौं महानगरपालिका-१ बाट र कृष्णलाई काठमाडौं महानगरपालिका-२६ बाट पक्राउ गरेको हो ।  उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको    छ ।