अवैध लागूऔषध सहित एक जना पक्राउ
२०८१-१२-२७
- A
- A-
- A+
बारा, जीतपुरसिमरा उपमहानगरपालिका-२१ बाट अवैध लागूऔषध अफिम जस्तो देखिने पदार्थ करिब २ किलो ९ सय ९० ग्राम, मोबाइल २ थान र नगद ९ हजार ४ सय २० रूपैयाँ सहित पर्सा बहुदरमाई नगरपालिका-६ गमरिया बस्ने ३२ वर्षीय सरोज प्रसाद साहलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय अम्लेखगन्जबाट खटिएको प्रहरीले हेटौंडाबाट वीरगंजतर्फ जाँदै गरेको प्र.२-०३-००९ प ३८७८ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।