प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अवैध लागूऔषध सहित ९ जना पक्राउ

२०८१-१२-२८

  • A
  • A-
  • A+
Share

बर्दिया, बढैयाताल गाउँपालिका-२ फुटाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ सय १० मिलिग्राम, नगद २२ हजार ५ सय रूपैयाँ र मोबाइल २ थान सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही गाउँपालिका-१ ठूलोडाँफे बस्ने ३५ वर्षीय सुमित शाही र ३० वर्षीय अनिल थापा रहेका छन् । प्रहरी चौकी जमुनीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यसैगरी बर्दिया, बारबर्दिया नगरपालिका-४ कुसुम्वाघाटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम २० मिलिग्राम, नगद ३ हजार ६ सय ४६ रूपैयाँ र मोबाइल २ थान सहित २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गुलरिया नगरपालिका-८ कोकिया गाउँ बस्ने २५ वर्षीय दिनेश चौधरी र सोही नगरपालिका-७ खाले गुलेरिया बस्ने २२ वर्षीय राजकुमार अहिर रहेका छन् । इलाका प्रहरी कार्यालय बनियाभारबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

ललितपुर, ललितपुर महानगरपालिका-३ धोबीघाटबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ३ हजार ट्याब्लेट र नगद ५ हजार ५ सय रूपैयाँ सहित २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गोदावरी नगरपालिका-१४ बाडेगाउँ बस्ने मकवानपुर भीमफेदी गाउँपालिका-७ घर भएका २५ वर्षीय सुजन क्षेत्री र रामेछाप खाँडादेवी गाउँपालिका-८ घर भएका २४ वर्षीय दिपेश भण्डारी रहेका छन् । प्रहरी प्रभाग सानेपाबाट खटिएको प्रहरीले बा.९२ प ६५९३ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

बारा, फेटा गाउँपालिका-३ चौतारा नजिक घोडासाहनबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७८ ग्राम सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत शिवनगर इनर्वा पञ्चायत पूर्वी चम्पारण-२ बस्ने ३० वर्षीय टुटु कुमार र ३२ वर्षीय टुटु अंसारी रहेका छन् । जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरीले ना.३ त ४७१४ नम्बरको ट्याक्टरलाई जाँच गर्ने क्रममा उक्त पदार्थ फेला पारी चालक टुटु कुमार र ट्याक्टरमा सवार टुटु अंसारीलाई पक्राउ गरेको हो । 

उदयपुर, बेलका नगरपालिका-९ भचुवा बस्ने २१ वर्षीय दिवस विकलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब २ सय ४० मिलिग्राम सहित बुधबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार
अवैध लागूऔषध सहित चार जना पक्राउ
२०८२-०१-१९

काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम सहित मोरङ विराटनगर महानगरपालिका-१२ बस्ने २० वर्षीय मोहमद अली अन्सारीलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गा र प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले झापाबाट काठमाठौंतर्फ आउँदै गरेको बा.प्र.१-०१-००१ ख ४३७२ नम्बरको बसमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  मोरङ, उर्लाबारी नगरपालिका-९ कोप्चेलाईन बस्ने २५ वर्षीय सुमन राईलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १२ मिलिग्राम, नियन्त्रित लागूऔषध स्पास्मिड १ सय १ ट्याब्लेट र ट्रामाडोल १ सय १ ट्याब्लेट सहित शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी राजघाटबाट खटिएको प्रहरीले सुमनको घर तलासी गर्ने क्रममा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो । मकवानपुर, मनहरी गाउँपालिका-९ ज्यामिरेबाट अवैध लागूऔषध गाँजा करिब ६ किलोग्राम सहित पर्सा वीरगंज महानगरपालिका-४ बस्ने २७ वर्षीय दिपक थापालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।  बर्दिया, बढैयाताल गाउँपालिका-६ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय ८० मिलिग्राम सहित सोही गाउँपालिका-३ सिमरा बस्ने ३२ वर्षीय अर्जुन देवकोटालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट आठ जना पक्राउ
२०८२-०१-१९

तनहुँ, आँबुखैरेनी गाउँपालिका-४ बेनिटारस्थित सडकबाट नियन्त्रित लागूऔषध डाईजेपाम ५० एम्पुल, फेनारगन ५० एम्पुल र ब्रुप्रेनोर्फिन ५० एम्पुल सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा म्याग्दी घर भएका २० वर्षीय सुजल छन्त्याल र २० वर्षीय मिस्सल पुन रहेका छन् । अस्थायी प्रहरी पोष्ट मुग्लिन पुलजिपबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।मोरङ, विराटनगर महानगरपालिका-१५ एक नम्बर ढाँटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ६ सय ४० मिलिग्राम सहित सुन्दरहरैंचा नगरपालिका-८ बस्ने २९ वर्षीय विकेश भट्टराईलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । बर्दिया, बढैयाताल गाउँपालिका-८ साघुनघारीस्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ सय ४० मिलिग्राम सहित २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कास्की पोखरा महानगरपालिका-२८ माझ्ठाना बस्ने २८ वर्षीय महेश तिवारी र तनहुँ ब्यास नगरपालिका-६ दमौली बस्ने ३० वर्षीय बिपिन अधिकारी रहेका छन् । इलाका प्रहरी कार्यालय मैनापोखर र प्रहरी चौकी कालिकाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  कैलाली, धनगढी उपमहानगरपालिका-८ धनगढी गाउँबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ९० मिलिग्राम सहित ३ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २३ वर्षीय सुवास शाही,  १८ वर्षीया किशोरी र जानकी गाउँपालिका-४ बस्ने २६ वर्षीय तिला राम कठरिया रहेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १५ जना पक्राउ
२०८२-०१-१८

काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४५ ग्राम सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत दार्जलिङ नक्सालबादी घर भएका ३८ वर्षीय कृष्ण रोय र २१ वर्षीय सायोन दास रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गा समेतबाट खटिएको प्रहरीले काँकरभिट्टाबाट काठमाडौंतर्फ आउँदै गरेको बा.प्र.०३-००१ ख ३३६२ नम्बरको बसमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा उक्त पदार्थ नुवाकोट लिखु गाँउपालिका-६ घर भएका ३४ वर्षीय राजु लामाले ल्याउन पठाएको भन्ने खुल्न आएश्चात प्रहरीले राजुलाई समेत बालाजु बसपार्कबाट पक्राउ गरेको छ ।  धनकुटा, साँगुरीगढी गाउँपालिका-६ भेडेटार चोकबाट अवैध लागूऔषध गाँजा २ किलोग्राम सहित छथर जोरपाटी गाउँपालिका-५ बस्ने २४ वर्षीय निमा शेर्पालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरीले धनकुटाबाट धरानतर्फ जाँदै गरेको प्र.१-०२-०५५ प ३९०७ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । मोरङ, विराटनगर महानगरपालिका-१६ चाइना मार्केटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ सय १० मिलिग्राम सहित सुन्दरहरैंचा नगरपालिका-५ बस्ने २४ वर्षीय दुखन ऋषिदेवलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी मोरङ, विराटनगर महानगरपालिका-१६ हुलास चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम ५ सय ९० मिलिग्राम सहित २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुनसरी धरान उपमहानगरपालिका-१५ बस्ने ३५ वर्षीय डेबिट तामाङ र धनकुटा महालक्ष्मी नगरपालिका-४ बस्ने १९ वर्षीय बिक्रम तामाङ रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगर र इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको को.१९ प १९४३ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । कास्की, पोखरा महानगरपालिका-८ सृजना चोकबाट नियन्त्रित लागूऔषध टापेन्टाडोल ३१ ट्याब्लेट र ट्रामाडोल ४० ट्याब्लेट सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पोखरा महानगरपालिका-७ मासबार बस्ने अन्नपूर्ण गाउँपालिका-९ लाङ्घाली घर भएका ३५ वर्षीय कृष्ण गुरूङ र पोखरा महानगरपालिका-३ नदिपुर बस्ने तनहुँ शुक्लागण्डकी नगरपालिका-८ बेलचौतारा घर भएका २२ वर्षीय समिर विक रहेका छन् । जिल्ला प्रहरी कार्यालय कास्की र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखराबाट खटिएको प्रहरीले ग.१० प ८६७३ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । कैलाली, धनगढी उपमहानगरपालिका-१३ राजपुर गाउँबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम २ सय ८० मिलिग्राम सहित धनगढी उपमहानगरपालिका-१३ बस्ने १६ वर्षीय किशोर समेत ४ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कैलालीगाउँबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । झापा, बाह्रदशी गाउँपालिका-५ फूलबारीस्थित बिक्रम विकास मेडिकलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ७ सय ९५ ट्याब्लेट, एन्टिकफ ४ सय ७० ट्याब्लेट र डाइक्लोमिन ३ हजार ९ सय ८० ट्याब्लेट सहित मेडिकल संचालक सोही ठाउँ बस्ने ३९ वर्षीया बन्दना पोखरेललाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले उनको मेडिकल तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो । चितवन, कालिका नगरपालिका-५ भीमपुरबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २ सय १० ट्याब्लेट र एनारगन २ सय १० ट्याब्लेट सहित सोही नगरपालिका-१ बस्ने २३ वर्षीय प्रथम थोकरलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी बिट पदमपुरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १३ जना पक्राउ
२०८२-०१-१७

काठमाडौं, गोकर्णेश्‍वर नगरपालिका-५ जोरपाटीबाट नियन्त्रित लागूऔषध नुर्फिन ३३ एम्पुल, डाईजेपाम ३३ एम्पुल, फेनारगन ३३ एम्पुल र नगद ३७ हजार ३ सय रूपैयाँ सहित सोही नगरपालिका-६ नयाँबस्ती बस्ने सिन्धुपाल्चोक घर भएका ३१ वर्षीय नवाङ शेर्पालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी जोरपाटीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।यसैगरी काठमाडौं महानगरपालिका-४ गैह्रीधारास्थित नाङ्लो क्याफे हाउसबाट अवैध लागूऔषध गाँजा करिब १ सय ग्राम र पोल्याण्ड करिब १ सय ग्राम सहित ५ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही महानगरपालिका-५ हाडीगाउँ बस्ने ४१ वर्षीय नरेश कायस्थ, ४४ वर्षीय सदाशिव महर्जन, सोही महानगरपालिका-४ बालुवाटार बस्ने ३३ वर्षीय सुनिल तामाङ, ४० वर्षीय सबिस लामा र सोही महानगरपालिका-१ नक्साल बस्ने ४७ वर्षीय राजेन्द्र खड्की रहेका छन् । प्रहरी वृत्त मालिगाउँबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।बारा, जीतपुरसिमरा उपमहानगरपालिका-२१ बाट नियन्त्रित लागूऔषध ट्रामाडोल २९ हजार ६ सय ५० ट्याब्लेट सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत मोतिहारी ग्राम अरेराज मलाही ११ मललाही बस्ने २३ वर्षीय नितिश कुमार ठाकुर र पर्सा वीरगंज महानगरपालिका-१६ बस्ने २६ वर्षीय सिद्धान्त प्रसाद पटेल रहेका छन् । इलाका प्रहरी कार्यालय अम्लेखगंजबाट खटिएको प्रहरीले वीरगंजबाट हेटौंडातर्फ जाँदै गरेको बिआर ०५ बिए ४८१७ नम्बरको कार तलासी गर्दा उक्त लागूऔषध फेला पारी चालक नितिश र कारमा सवार सिद्धान्तलाई पक्राउ गरेको हो ।  सुनसरी, हरिनगरा गाउँपालिका-३ गौतमपुरबाट अवैध लागूऔषध गाँजा करिब ४० किलोग्राम सहित इनरूवा नगरपालिका-७ बस्ने ३० वर्षीय अमिर मियालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरी र अस्थायी प्रहरी चौकी गौतमपुर समेतबाट खटिएको प्रहरीले सत्तरझोराबाट गौतमपुरतर्फ आउँदै गरेको प्र.१-०२-००४ ह १६४३ नम्बरको सिटी सफारीलाई जाँच गर्ने क्रममा उक्त गाँजा फेला पारी चालक मियालाई पक्राउ गरेको हो । मोरङ, विराटनगर महानगरपालिका-१५ एक नम्बर ढाँटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम १ सय ८० मिलिग्राम सहित पथरी शनिश्चरे नगरपालिका-१ बस्ने २७ वर्षीय प्रदिप बस्नेतलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रानी र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी मोरङ, विराटनगर महानगरपालिका-१५ एक नम्बर ढाँटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम १ सय १३ मिलिग्राम सहित पथरीशनिश्चरे नगरपालिका-१ बस्ने २९ वर्षीय गोपाल भारतीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  सप्तरी, तिरहुत गाउँपालिका-२ बडहराबाट अवैध लागूऔषध गाँजा करिब ५५ किलोग्राम सहित उदयपुर वेलका नगरपालिका-३ बस्ने ४१ वर्षीय जयराम दाहाललाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कंचनपुर सप्तरीबाट खटिएको प्रहरीले प्र.१-०२-००३ ह २९३४ नम्बरको अटो जाँच गर्ने क्रममा उक्त गाँजा फेला पारी चालक जयरामलाई पक्राउ गरेको हो ।झापा, बुद्धशान्ति गाउँपालिका-३ झिलझिले पुलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम १ सय ३० मिलिग्राम सहित मेचीनगर नगरपालिका-१२ बस्ने २४ वर्षीय प्रितम मेचेलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ९ जना पक्राउ
२०८२-०१-१६

सुनसरी, बर्जु गाउँपालिका-३ नहर चोकबाट अवैध लागूऔषध गाँजा करिब १ सय ९९ किलो ३ सय ग्राम सहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धनकुटा, धनकुटा नगरपालिका-९ बस्ने ३३ वर्षीय उद्धव भण्डारी र ३० वर्षीय कबिराज राई रहेका छन् । इलाका प्रहरी कार्यालय सितागंजबाट खटिएको प्रहरीले भीमपुरबाट अमडुवातर्फ जाँदै गरेको प्र.१-०२-००२ च ५१२६ नम्बरको पिकअप गाडी जाँच गर्ने क्रममा गाडीको ढालामा लुकाई छिपाई ल्याएको ६ वटा बोरा भित्र उक्त परिमाणको गाँजा फेला पारी चालक उद्धव र सहचालक कबिराजलाई पक्राउ गरेको हो ।       मकवानपुर, हेटौंडा उपमहानगरपालिका-११ थानाभर्‍याङस्थित सुकुम्बासी टोलबाट अवैध लागूऔषध अफिम जस्तो देखिने पदार्थ ३ किलो ८ सय ६० ग्राम सहित बारा निजगढ नगरपालिका-१२ बस्ने ५७ वर्षीय ठाकुर सिंह मोक्तानलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । मोरङ, विराटनगर महानगरपालिका-१६ दरैयाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १० ग्राम ५ सय मिलिग्राम सहित सोही महानगरपालिका-१२ बस्ने ४७ वर्षीय अनिश क्षेत्रीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रानी र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  बाँके, नेपालगंज उपमहानगरपालिका-१५ जमुनाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय ४० मिलिग्राम सहित सुर्खेत सिम्ता गाउँपालिका-३ बस्ने १८ वर्षीय किशोरलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय जमुनाह र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंजबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।जाजरकोट, भेरी नगरपालिका-१ रिम्ना बजार चोकबाट अवैध लागूऔषध अफिम जस्तो देखिने पदार्थ करिब २ किलो ५ सय ग्राम सहित नलगाड नगरपालिका-३ बस्ने ५३ वर्षीय बिष्णु बहादुर घर्तीलाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय जाजरकोटबाट खटिएको प्रहरीले बारेकोटबाट नेपालगंजतर्फ जाँदै गरेको लु.१ ज ३९२६ नम्बरको बोलेरोमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  झापा, भद्रपुर नगरपालिका-४ डाँगीबारीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ५ सय ७० मिलिग्राम र नियन्त्रित लागूऔषध नाइट्राजेपाम ९ ट्याब्लेट सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पाँचथर घर भएका २४ वर्षीय सन्त बहादुर लामा र २२ वर्षीय मिलन परियार रहेका छन् । वडा प्रहरी कार्यालय भद्रपुर समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको मे.९ प ९८४७ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।सिराहा, लहान नगरपालिका-३ बस्ने २६ वर्षीय सुरज महतोलाई नियन्त्रित लागूऔषध डाईजेपाम १५ एम्पुल, बुप्रेनोर्फिन १५ एम्पुल, प्रोमेथाजाइन १५ एम्पुल, स्यामपेक्स ८ क्याप्सुल र नाइट्राजेपाम २० ट्याब्लेट सहित सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीले सुरजको घर तलासी गर्ने क्रममा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित सात जना पक्राउ
२०८२-०१-१५

जाजरकोट, भेरी नगरपालिका-१ रिम्ना बजार चोकबाट अवैध लागूऔषध अफिम जस्तो देखिने पदार्थ करिब ६ किलोग्राम सहित ३ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा नलगाड नगरपालिका-१० रग्दा बस्ने २२ वर्षीय हरि बानिया, सोही नगरपालिका-९ बस्ने ३० वर्षीय दिपक सिंह र २२ वर्षीय सुरेश सिंह रहेका छन् । जिल्ला प्रहरी कार्यालय जाजरकोटबाट खटिएको प्रहरीले तल्लुबगरबाट नेपालगंजतर्फ जाँदै गरेको क.प्र.-०२००१ च ११४५ नम्बरको बोलेरोलाई जाँच गर्ने क्रममा उक्त पदार्थ फेला पारी चालक हरि र बोलेरोमा सवार दिपक र सुरेशलाई पक्राउ गरेको हो ।मोरङ, विराटनगर महानगरपालिका-१५ एक नम्बर ढाँटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ ग्राम ४ सय ७० मिलिग्राम सहित सुनसरी इटहरी उपमहानगरपालिका-५ बस्ने भोजपुर पौवादुम्मा गाउँपालिका-४ घर भएका ३४ वर्षीय दिपेन्द्र राईलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रानी र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । कञ्चनपुर, भिमदत्त नगरपालिका-११ गड्डाचौकीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ६० मिलिग्राम सहित सोही नगरपालिका-१९ बस्ने २३ वर्षीय रमेश भट्टलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगर, इलाका प्रहरी कार्यालय गड्डाचौकी समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । दाङ, लमही नगरपालिका-५ रातोडाँडाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ३  सय ९० मिलिग्राम सहित २ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ डेरा गरी बस्ने भारत उत्तर प्रदेश बलरामपुर ग्राम प्रेमनगर लालनगर बस्ने २४ वर्षीय दानिश अखतर खान र २२ वर्षीय मार्कण्डेय मिश्र रहेका छन् । वडा प्रहरी कार्यालय लमहीबाट खटिएको प्रहरीले उनीहरूको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।