स्रोत नखुलेको रकम सहित पक्राउ
२०७८-१०-०३
- A
- A-
- A+
महोत्तरी, मटिहानी नगरपालिका-८ बाट स्रोत नखुलेको नगद ३० लाख रुपैयाँ सहित सोही नगरपालिका-३ बर्दा बस्ने २३ वर्षीय सहाउदिन राईनलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
भारतबाट नेपालतर्फ आउदै गरेको ज.६ प ६९४४ नम्बरको मोटरसाइकल प्रहरी चौकी मटिहानीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा १ हजार दरको ३० बण्डलमा रहेको उक्त रकम सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।