प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ११ जना पक्राउ

२०८२-०१-०३

  • A
  • A-
  • A+
Share

काठमाडौं, गोकर्णेश्‍वर नगरपालिका-९ बाट नियन्त्रित लागूऔषध नोर्फिन ८ एम्पुल, डाइजेपाम ८ एम्पुल र फेनारगन ८ एम्पुल सहित सोही ठाउँ बस्ने सिन्धुपाल्चोक हेलम्बु गाउँपालिका-७ घर भएका २७ वर्षीय छिरिङ लामालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग गोकर्णबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

कैलाली, धनगढी उपमहानगरपालिका-३ बोराडाँडीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम ६ सय मिलिग्राम सहित लम्कीचुहा नगरपालिका-७ बस्ने २५ वर्षीय अजय चौधरीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलाली र अस्थायी प्रहरी पोष्ट चटकपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको   हो । 

यसैगरी कैलाली, गोदावरी नगरपालिका-२ पूर्व रोडबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ३ सय मिलिग्राम सहित सोही नगरपालिका-४ बसन्तपुर बस्ने १७ वर्षीय किशोरलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

दाङ, घोराही उपमहानगरपालिका-१९ दुईखोलीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम ६ सय २० मिलिग्राम र नियन्त्रित लागूऔषध ट्रामाडोल ७ सय ४० ट्याब्लेट सहित ४ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको   छ । पक्राउ पर्नेहरूमा रोल्पा, रोल्पा नगरपालिका-८ बस्ने २६ वर्षीय रविन घर्ती मगर, सोही नगरपालिका-२ बस्ने २७ वर्षीय समिर रोका मगर, २५ वर्षीय रेमन पुन मगर र सोही नगरपालिका-८ बस्ने २५ वर्षीय विकाश केसी रहेका छन् । प्रहरी चौकी दुईखोलीबाट खटिएको प्रहरीले घोराहीबाट रोल्पातर्फ जाँदै गरेको रा.४ प ४३५३ नम्बरको मोटरसाइकल र लु.प्र.०२-००१ प १३७६ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

सुनसरी, धरान उपमहानगरपालिका-१३ आँपगाछीबाट अवैध लागूऔषध गाँजा करिब १८ किलोग्राम सहित ३ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-४ बस्ने ४८ वर्षीय जोक बहादुर राई, उनकै छोरा ३० वर्षीय अमन राई भन्ने सुमन राई र धनकुटा साँगुरीगढी गाउँपालिका-३ बस्ने ३६ वर्षीय सुरज लिम्बु रहेका   छन् । अस्थायी प्रहरी चौकी अमरहाटबाट खटिएको प्रहरीले भेडेटारबाट धरानतर्फ आउँदै गरेको को.२ ह ४७३९ नम्बरको अटोमा सवारी उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।

रूपन्देही, बुटवल उपमहानगरपालिका-१८ सौराहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ सय ५० मिलिग्राम सहित सोही ठाउँ बस्ने २१ वर्षीय नगेन्द्र चौधरीलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मंगलापुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 


सम्बन्धित समाचार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १६ जना पक्राउ
२०८२-०२-१६

कैलाली, भजनी नगरपालिका-५ दुदुवाफाँटाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ८ सय ६० मिलिग्राम सहित सोही नगरपालिका-२ रजवारा बस्ने २६ वर्षीय नरेश परियार समेत २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।चितवन, रत्ननगर नगरपालिका-१४ पिठुवाबाट अवैध लागूऔषध गाँजा १ किलो १ सय ग्राम सहित २ जनालाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-१४ बस्ने ३३ वर्षीय राजेश गुरूङ र उनकै श्रीमती ३० वर्षीया रेखा गुरूङ रहेका छन् । अस्थायी प्रहरी पोष्ट पिठुवाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।रूपन्देही, मायादेवी गाउँपालिका-१ अहिरैलीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २० ग्राम सहित २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३५ वर्षीय राजेश कहार र २६ वर्षीय गोबिन्द लोध रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । दैलेख, आठबीस नगरपालिका-३ शाहीखोलाबाट अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ २ सय ४० ग्राम सहित २ जनालाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ७६ वर्षीय परे कार्की र उनकै श्रीमती ७० वर्षीया तुलसी कार्की रहेका छन् । इलाका प्रहरी कार्यालय राकमबाट खटिएको प्रहरीले उनीहरूको पसलमा तलासी गर्दा उक्त पदार्थ फेला पारी दुबै जनालाई पक्राउ गरेको हो । मोरङ, विराटनगर महानगरपालिका-१६ हुलास चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम ३ सय ६० मिलिग्राम र नियन्त्रित लागूऔषध नाइट्राजेपाम ३५ ट्याब्लेट सहित उर्लावारी नगरपालिका-४ बस्ने २४ वर्षीय प्रसान भण्डारीलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रानी र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी मोरङ, विराटनगर महानगरपालिका-१६ हुलास चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ९ सय ८० मिलिग्राम सहित केराबारी गाउँपालिका-८ बस्ने २३ वर्षीय राज कुमार भुजेल समेत २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी मोरङ, विराटनगर महानगरपालिका-१५ एक नम्बर ढाँटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम १ सय ६० मिलिग्राम सहित २ जनालाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुनसरी इटहरी उपमहानगरपालिका-२० बस्ने ३२ वर्षीय सुबास गुरूङ र २८ वर्षीय भिसन गुरूङ रहेका छन्  । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।कञ्चनपुर, भीमदत्त नगरपालिका-११ भाईरल रोडबाट नियन्त्रित लागूऔषध रेक्सोजेसिक ३६ एम्पुल, फेनारगन ३७ एम्पुल र डाईजेपाम ४ एम्पुल सहित २ जनालाई बिहीबार दिउसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-१८ बस्ने २३ वर्षीय रमेश दमाई र १९ वर्षीय दिपक दमाई रहेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१० बाट अवैध लागूऔषध गाँजा करिब ५ ग्राम र नियन्त्रित लागूऔषध ट्रामाडोल ७८ ट्याब्लेट सहित मनहरी गाउँपालिका-८ मनहरी बजार डेरा गरी बस्ने चितवन भरतपुर महानगरपालिका-१४ घर भएका २८ वर्षीय सुशिल श्रेष्ठलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

करिब १ हजार २ सय ५० किलो गाँजा सहित उदयपुर र सिन्धुलीबाट तीन जना पक्राउ
२०८२-०२-१६

उदयपुर, चौदण्डीगढी नगरपालिका-१ रानीटारबाट अवैध लागूऔषध गाँजा करिब १ हजार १ सय ४३ किलो २ सय ७५ ग्राम सहित २ जनालाई बिहीबार दिउसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने रत्न माया श्रेष्ठ र ४२ वर्षीया कमला श्रेष्ठ रहेका छन् । रत्न मायाको घरमा लागूऔषध गाँजा लुकाई छिपाई राखेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा ३५ वटा बोरामा रहेको उक्त परिमाणको गाँजा फेला पारी दुबै जनालाई पक्राउ गरेको हो । सिन्धुली, हरिहरपुरगढी गाउँपालिका-२ झनझनेबाट अवैध लागूऔषध गाँजा करिब १ सय ७ किलो १ सय १० ग्राम सहित रौतहट गरूडा नगरपालिका-४ बस्ने १९ वर्षीय गोपाल साहलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी झनझनेबाट खटिएको प्रहरीले कुलेखानीबाट सिन्धुलीतर्फ आउँदै गरेको प्र.२-०३-००१ च ५६७१ नम्बरको बोलेरो पिकअपलाई तलासी गर्दा सिमेन्टको बोराले छोपी लुकाई छिपाई राखेको उक्त परिमाणको गाँजा फेला पारी पिकअप चालक साहलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २२ जना पक्राउ
२०८२-०२-१५

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेबाट अवैध लागूऔषध गाँजा १ सय ५ किलोग्राम सहित दोलखा जिरी नगरपालिका-१ बस्ने ३२ वर्षीय अम्मर बहादुर तामाङलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले हेटौंडाबाट कलैयातर्फ जाँदै गरेको बा.प्र.०१-०३० च १०४६ नम्बरको पिकअप गाडीलाई जाँच गर्ने क्रममा गाडीको पछाडी ढाला भित्र भुसको बोराले छोपी लुकाई छिपाई राखेको ९ वटा पोकाबाट उक्त परिमाणको गाँजा फेला पारी चालक अम्मर बहादुरलाई पक्राउ गरेको हो । कैलाली, टिकापुर नगरपालिका-९ खक्रौलाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम ८० मिलिग्राम सहित लम्कीचुहा नगरपालिका-१ मोतीपुर बस्ने १८ वर्षीय किशोरलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय टिकापुर र प्रहरी चौकी कालाकुण्डाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-१ कैलाली पुल नजिकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने  पदार्थ ३ सय १० मिलिग्राम सहित २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-२ बस्ने ३८ वर्षीय दिपेन्द्र थापा र सोही उपमहानगरपालिका-१ बस्ने २३ वर्षीय मनिष कुरैनी रहेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी कैलाली, जानकी गाउँपालिका-४ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय ७० मिलिग्राम सहित सोही ठाउँ बस्ने ३२ वर्षीय गोपाल वडायकलाई बुधबार दिउसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । सुनसरी, बराहक्षेत्र नगरपालिका-५ बाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ७५ ट्याब्लेट सहित सोही नगरपालिका-२ बस्ने २० वर्षीय अनुज बस्नेत समेत २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी भरोलबाट खटिएको प्रहरीले पकलीबाट चतरातर्फ आउँदै गरेको को.२ ह ३२०२ नम्बरको अटोमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । धनुषा, शहिदनगर नगरपालिका-३ यदुकूहाबाट नियन्त्रित लागूऔषध स्पास्मो प्रोक्सिभन ३० क्याप्सुल र नाइट्राभेट ७ ट्याब्लेट सहित ३ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सिराहा औरही गाउँपालिका-२ देवरी परबाहा बस्ने २० वर्षीय कृष्णा कुमार पासवान, भारत दरभंगा थाना रेयम ग्राम पंचायत नयाँ गाउँ बस्ने २५ वर्षीय संतोष कुमार पासवान र २५ वर्षीय रामदेव पासवान रहेका छन् । इलाका प्रहरी कार्यालय यदुकूहाबाट खटिएको प्रहरीले तीनकोरियाबाट सबैलातर्फ जाँदै गरेको बीआर ३२ एएक्स ३१२९ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यसैगरी धनुषा, बिदेह नगरपालिका-१ मैनाथपुर चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिन पदार्थ करिब १ सय ५० मिलिग्राम सहित सिराहा कर्जन्हा नगरपालिका-२ बस्ने २४ वर्षीय महादेब यादवलाई बुधबार राति प्रहरीले पक्राउ गरेको  छ । उक्त स्थानमा खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको स.४ प ४३२१ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । कञ्चनपुर, भीमदत्त नगरपालिका-११ चौकीसत्ताबाट नियन्त्रित लागूऔषध प्रोमेथाजाइन ३५ क्याप्सुल र बुप्रेनोर्फिन ३५ एम्पुल सहित २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-१८ बस्ने २५ वर्षीय आशिष गुरूङ र २५ वर्षीय आशुतोष सिनाल रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगर र इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  सुनसरी, कोशी गाउँपालिका-१ राजापोखरीबाट नियन्त्रित लागूऔषध ट्रामोल ६ हजार ६ सय क्याप्सुल, स्पास्मो प्रोक्सिभन ९० क्याप्सुल र नाइट्राजेपाम १ सय ६० ट्याब्लेट सहित रामधुनी नगरपालिका-४ बस्ने २१ वर्षीय आशिष चौधरीलाई बुधबार दिउसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।महोत्तरी, जलेश्वर नगरपालिका-७ बखरीबाट अवैध लागूऔषध गाँजा करिब २० किलोग्राम सहित २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बर्दिबास नगरपालिका-१३ बस्ने ४६ वर्षीय शिवशंकर चौधरी र मनराशिसवा नगरपालिका-१० बस्ने ४० वर्षीया अजमैरी खातुन रहेका छन् । जिल्ला प्रहरी कार्यालय महोत्तरी र अस्थायी प्रहरी पोष्ट जलेश्वरबाट खटिएको प्रहरीले बर्दिबासबाट जलेश्वरतर्फ आउँदै गरेको प्र.२-०२-००१ प ६६६२ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो । मोरङ, विराटनगर महानगरपालिका-१५ एक नम्बर ढाँटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ४ ग्राम सहित बेलबारी नगरपालिका-४ बस्ने ३२ वर्षीय हिमाल रिजाललाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । बाँके, नेपालगंज उपमहानगरपालिका-१५ जमुनाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिन पदार्थ करिब ३ ग्राम ५ सय ९० मिलिग्राम सहित २ जनालाई बुधबार दिउसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कोहलपुर नगरपालिका-१० बस्ने ३७ वर्षीय ठाकुर प्रसाद खत्री र सोही नगरपालिका-२ बस्ने २२ वर्षीय अमृत चन्द रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंज, लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ र इलाका प्रहरी कार्यालय जमुनाहबाट खटिएको प्रहरीले भारतको रूपैडियाबाट नेपालगंजतर्फ आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।सिराहा, लहान नगरपालिका-१ स्थित सोही नगरपालिका-३ बस्ने ३५ वर्षीय बिनोद कुमार महतोले संचालन गरेको किराना पसलबाट अवैध लागूऔषध गाँजा ८ ग्राम ५ सय मिलिग्राम, नियन्त्रित लागूऔषध नाइट्राभेट ३० ट्याब्लेट, डाइजेपाम ४ एम्पुल, बुप्रेनोर्फिन ४ एम्पुल, फेनारगन ४ एम्पुल, नगद २ लाख ३ हजार ५ सय नेपाली रूपैयाँ र ९ हजार २ सय भारतीय रूपैयाँ सहित बुधबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सिराहाबाट खटिएको प्रहरीले उनको पसल तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो । बारा, जीतपुरसिमरा उपमहानगरपालिका-२१ बाट नियन्त्रित लागूऔषध ट्रामाडोल १६ हजार ५ सय ट्याब्लेट र मोबाइल ३ थान सहित २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत भैसाली ग्राम हुसेनाराके-१२ बस्ने २७ वर्षीय धिरज कुमार सिंह र भारत मोतियारी ग्राम कटगेनवा-२ बस्ने १८ वर्षीय किशोर रहेका छन् । इलाका प्रहरी कार्यालय अमलेखगंजबाट खटिएको प्रहरीले वीरगंजबाट हेटौंडातर्फ जाँदै गरेको बीआर ०१ बियु ३४८५ नम्बरको कारलाई जाँच गर्ने क्रममा कारको पछाडीको सिट मुनी फल्स बटम बनाई लुकाई छिपाई ल्याएको उक्त लागूऔषध फेला पारी कार चालक धिरज र कारमा सवार किशोरलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

करिब १ सय ५६ किलो गाँजा सहित दुई जना पक्राउ
२०८२-०२-१४

महोत्तरी, बर्दिबास नगरपालिका-१ शुभ स्वस्तिक हस्पिटल अगाडिबाट अवैध लागूऔषध गाँजा करिब १ सय ५६ किलो ५५ ग्राम सहित २ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सर्लाही हरिवन नगरपालिका-५ घुर्कोली बस्ने ३५ वर्षीय लालबाबु साह र सोही नगरपालिका-३ बुद्दचोक बस्ने २१ वर्षीय अभिषेक परियार रहेका छन् । इलाका प्रहरी कार्यालय बर्दिबास र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दिबासबाट खटिएको प्रहरीले बा.११ च ३४९४ नम्बरको स्कारपियोलाई जाँच गर्ने क्रममा स्कारपियोमा लुकाई छिपाई राखेको ३० वटा पोकामा रहेको उक्त परिमाणको गाँजा फेला पारी स्कारपियो चालक लालबाबु र स्कारपियोमा सवार अभिषेकलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १५ जना पक्राउ
२०८२-०२-१४

झापा, दमक नगरपालिका-३ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ८ ग्राम सहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २९ वर्षीय किरण राई र भारत बिहार राज्य पुर्निया नगानिगम पुर्निया सिटी-३४ बस्ने ३६ वर्षीय मनिष कुमार गुप्ता रहेका छन् । प्रहरी चौकी बाघखोरबाट खटिएको प्रहरीले राईको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी दुबै जनालाई पक्राउ गरेको हो ।  यसैगरी झापा, मेचीनगर नगरपालिका-६ पुरानो मेचीपुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम ८ सय मिलिग्राम सहित शिवसताक्षी नगरपालिका-९ बस्ने २५ वर्षीय बिरहाङ लेछर्वो लिम्बुलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेकोउ छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले भारतको पानीट्याङ्कीबाट नेपालतर्फ सिटिसफारीमा आउँदै गरेका उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । यसैगरी झापा, मेचीनगर नगरपालिका-६ पुरानो मेचीपुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७ सय ४० मिलिग्राम सहित कन्काई नगरपालिका-५ केक्राचोक बस्ने २५ वर्षीय रूपक गडतौलालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले भारतको पानीट्याङकीबाट नेपालतर्फ आउँदै गरेको मे.५ प ९६४५ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । बारा, जीतपुरसिमरा उपमहानगरपालिका-१ पथलैयाबाट अवैध लागूऔषध गाँजा करिब ११ किलोग्राम सहित २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा चितवन राप्ती नगरपालिका-९ बस्ने ३८ वर्षीया भुमाया तामाङ र ४५ वर्षीया सन्तमाया तामाङ रहेका छन् । प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरीले नारायणघाटबाट कलैयातर्फ जाँदै गरेको ना. ५ ख ३६७८ नम्बरको बसमा सवार उनीहरूलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।  बाँके, नेपालगंज उपमहानगरपालिका-१५ जमुनाह गाउँबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ ग्राम १ सय ४० मिलिग्राम सहित २ जनालाई मंगलबार दिउसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-२१ बस्ने २१ वर्षीय कस्मिन सिंह र सोही उपमहानगरपालिका-९ बस्ने २० वर्षीय समिर खान रहेका छन् । इलाका प्रहरी कार्यालय जमुनाह र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंजबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको भे.१० प ४९३६ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।  यसैगरी बाँके, नेपालगंज उपमहानगरपालिका-८ बाल्मिकी टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २७ ग्राम ४ सय ३० मिलिग्राम र १ थान डिजिटल तराजु सहित सोही ठाउँ बस्ने २५ वर्षीय सरीफ कवाडियालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंज र जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको  हो ।  तनहुँ, आँबुखैरेनी गाउँपालिका-४ बेनिटारबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ४ सय १० ट्याब्लेट सहित मकवानपुर हेटौंडा उपमहानगरपालिका-४ बस्ने २९ वर्षीय जय कुमार बल (तामाङ) लाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट मुग्लिन पुलजिपबाट खटिएको प्रहरीले नारायणगढबाट पोखरातर्फ आउँदै गरेको ग.२ ख १९९४ नम्बरको माईक्रोमा सवार उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।  बर्दिया, बाँसगढी नगरपालिका-१ चेपाङ रत्नराजमार्गबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम सहित २ जनालाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा जुम्ला कनकासुन्दरी गाउँपालिका-४ धोबीघाट बस्ने २४ वर्षीय नरेश बिसी र तातोपानी गाउँपालिका-२ डाँङ्गीबाडा बस्ने २८ वर्षीय मन बहादुर खत्री रहेका छन् । प्रहरी चौकी चेपाङबाट खटिएको प्रहरीले नेपालगंजबाट सुर्खेततर्फ जाँदै गरेको भे.१ ज ८९८ नम्बरको भ्यानलाई जाँच गर्ने क्रममा उक्त पदार्थ फेला पारी भ्यान चालक मन बहादुर र सहचालक नरेशलाई पक्राउ गरेको हो ।  कास्की, पोखरा महानगरपालिका-५ मालेपाटनबाट नियन्त्रित लागूऔषध ब्रुप्रेनोर्फिन १ सय ६७ एम्पुल, डाईजेपाम १ सय ६८ एम्पुल र फेनारगन १ सय ६६ एम्पुल सहित २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पर्वत कुस्मा नगरपालिका-४ बस्ने २६ वर्षीया सीमा दर्जी र सोही नगरपालिका-६ बस्ने २६ वर्षीय आशिष श्रेष्ठ रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखरा र वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले पोखरा महानगरपालिका-५ मालेपाटनस्थित उनीहरूले सञ्चालन गरेको पसलमा लुकाई छिपाई राखेको उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।  इलाम, चुलाचुली गाउँपालिका-४ सयपत्री टोलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ८ सय ५० मिलिग्राम र नगद ३३ हजार ८ सय ५० रूपैयाँ सहित सोही गाउँपालिका-४ बस्ने २० वर्षीय अन्जन राईलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी पेल्टिमारीबाट खटिएको प्रहरीले प्र.१-०१-०१३ प ५४८३ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।