अवैध लागूऔषध ब्राउनसुगर सहित तीन जना पक्राउ
२०८२-०१-०५
- A
- A-
- A+
झापा, कचनकवल गाउँपालिका-६ बनियानि चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४४ ग्राम ८ सय २० मिलिग्राम सहित सोही गाउँपालिका-५ बस्ने २८ वर्षीय कासिम मियालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बनियानिबाट खटिएको प्रहरीले बिआर ३७ एई ६४५१ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
कैलाली, धनगढी उपमहानगरपालिका-१३ राजपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ ग्राम ८० मिलिग्राम सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा नवलपरासी पश्चिम पाल्हीनन्दन गाउँपालिका-४ बस्ने २८ वर्षीय अंकित कुमार निगम बानिया र बाजुरा त्रिवेणी नगरपालिका-८ बस्ने २५ वर्षीय मेकेन्द्र गिरी रहेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले लु.प.प्र.०१-००१ प ९२७८ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।