प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अवैध लागूऔषध सहित तीन जना पक्राउ

२०८२-०१-१२

  • A
  • A-
  • A+
Share

मोरङ, विराटनगर महानगरपालिका-१५ एक नम्बर ढाँटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ८ ग्राम सहित केराबारी गाउँपालिका-७ बस्ने ४३ वर्षीय गोकुल प्रसाद राईलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रानी र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  

यसैगरी मोरङ, विराटनगर महानगरपालिका-१६ हुलास चोकबाट नियन्त्रित लागूऔषध सहित २ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुनसरी इटहरी उपमहानगरपालिका-१३ बस्ने ३५ वर्षीय दिपक खत्री र सोही उपमहानगरपालिका-१५ बस्ने ३० वर्षीय कलाम मिया रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरू मध्ये दिपकलाई एभिल ३६ एम्पुल, डाईजेपाम ३६ एम्पुल, लुपिजेसिक ३६ एम्पुल र फेनारगन ३६ एम्पुल सहित र कलामलाई एभिल १० एम्पुल, डाईजेपाम १० एम्पुल, लुपिजेसिक १० एम्पुल र फेनारगन १० एम्पुल सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ११ जना पक्राउ
२०८२-०१-१४

काठमाडौं महानगरपालिका-६ सिमलटारबाट नियन्त्रित लागूऔषध डाइजेपाम ३ सय १४ एम्पुल, फेनारगन ३ सय ८ एम्पुल, नुर्फिन ३ सय १० एम्पुल, मोबाइल २ थान र नगद  ५९ हजार ७ सय ५० रूपैयाँ सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ डेरा गरी बस्ने ३५ वर्षीय जिवन प्रधान र सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका-३ घर भई काठमाडौं महानगरपालिका-६ रामहिटी बस्ने ३५ वर्षीय अकुंश तामाङ रहेका छन् । प्रहरी वृत्त महाराजगंज, प्रहरी वृत्त बौद्ध र प्रहरी प्रभाग कपनबाट खटिएको संयुक्त टोलीले जिवनको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी दुवै जनालाई पक्राउ गरेको हो ।  कैलाली, धनगढी उपमहानगरपालिका-३ शिशा पोष्ट नजिकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम १ सय ४० मिलिग्राम सहित गोदावरी नगरपालिका-२ बस्ने २७ वर्षीय सागर चौधरीलाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  सुनसरी, धरान उपमहानगरपालिका-१६ बाट नियन्त्रित लागूऔषध ट्रामाडोल ८० ट्याब्लेट र स्पास्पेन ८० ट्याब्लेट सहित सोही ठाउँ बस्ने २३ वर्षीया सीमा राई समेत २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट जोरसखुवाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  कास्की, पोखरा महानगरपालिका-१० गौरीमार्गबाट नियन्त्रित लागूऔषध टापेण्टाडोल ४० ट्याब्लेट सहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पोखरा महानगरपालिका-१० बुद्धचोक बस्ने २० वर्षीया एलिसा बुढाथोकी मगर र सोही ठाउँ बस्ने तनहुँ घर भएका १९ वर्षीय सुसान परियार रहेका छन् । वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले एलिसालाई ३३ ट्याब्लेट र सुसानलाई ७ ट्याब्लेट उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  झापा, विर्तामोड नगरपालिका-४ बाट अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ करिब ५८ ग्राम ५ मिलिग्राम सहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३३ वर्षीय रवि दास र विर्तामोड नगरपालिका-३ बस्ने पाँचथर हिलिहाङ गाउँपालिका-१ घर भएका ३४ वर्षीय सन्तोष लिम्बु रहेका छन् । प्रहरी चौकी विर्ताबजारबाट खटिएको प्रहरीले रविको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी दुवै जनालई पक्राउ गरेको हो ।   रूपन्देही, सिद्धार्थनगर नगरपालिका-८ स्थित भैरहवा विद्युत अफिस नजिकैबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम २ सय १० मिलिग्राम सहित सिद्धार्थनगर नगरपालिका-१ रानीगाउँ बस्ने नवलपरासी पश्चिम रामग्राम नगरपालिका-५ डाईभरटोल घर भएका ३५ वर्षीय हिरालाल पासीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवाबाट खटिएको प्रहरीले लु.१८ प ४१२६ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  बागलुङ, ढोरपाटन नगरपालिका-१ रिभरहेडस्थित मिना खाजा घरबाट अवैध लागूऔषध गाँजाको धुलो करिब ४ सय ६० ग्राम सहित सोही ठाउँ बस्ने २४ वर्षीय दिपलभ थापालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बुर्तिबाङबाट खटिएको प्रहरीले खाजा घर तलासी गर्दा काउण्टरमा लुकाई छिपाई राखेको उक्त गाँजाको धुलो फेला पारी उनलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित तीन जना पक्राउ
२०८२-०१-१४

झापा, भद्रपुर नगरपालिका-५ मेचीपुलस्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ८ सय ७० मिलिग्राम सहित २ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-१० चन्द्रगढीबजार बस्ने ४३ वर्षीय संतोष कुमार काफ्ले र ३६ वर्षीय विजय राजबंशी रहेका छन् । प्रहरी बिट मेचीपुलबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । कैलाली, धनगढी उपमहानगरपालिका-३ बोराडाडीबाट अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ २ किलो ५ सय ८० ग्राम सहित गौरीगंगा नगरपालिका-८ बस्ने ५३ वर्षीया बेलमती बोहरालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढी र वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १८ जना पक्राउ
२०८२-०१-१३

कैलाली, धनगढी उपमहानगरपालिका-२ ब्यारेलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६ सय ६० मिलिग्राम सहित बैतडी दशरथचन्द नगरपालिका-१ बस्ने २७ वर्षीय वीरेन्द्र सिंह भाटलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको  छ । वडा प्रहरी कार्यालय धनगढी र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-२ भन्सार कार्यालय नजिकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम १ सय २० मिलिग्राम सहित डोटी जोरायल गाउँपालिका-१ गैरा बस्ने २४ वर्षीय किरण बहादुर विश्वकर्मालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । बाँके, नेपालगंज उपमहानगरपालिका-१५ जमुनाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १९ ग्राम २ मिलिग्राम सहित सोही उपमहानगरपालिका-१३ बस्ने ३५ वर्षीया पुष्पा लोनियालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय जमुनाहबाट खटिएको प्रहरीले भारतबाट नेपालगंजतर्फ आउँदै गरेकी उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । मोरङ, विराटनगर महानगरपालिका-१६ दरैयाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम ९ सय ४० मिलिग्राम सहित २ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बेलबारी नगरपालिका-३ बस्ने २५ वर्षीय किरण राई र सोही नगरपालिका-११ बस्ने २२ वर्षीय रोमन राई रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको को.१२ प ६७९० नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी मोरङ, विराटनगर महानगरपालिका-१५ एक नम्बर ढाँटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १३ ग्राम ४ सय मिलिग्राम सहित नुवाकोट शिवपुरी नगरपालिका-४ बस्ने २६ वर्षीय रमेश गुरूङलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रानी र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी मोरङ, विराटनगर महानगरपालिका-१६ स्थितबाट नियन्त्रित लागूऔषध एभिल १० एम्पुल, डाईजेपाम १० एम्पुल, लुपिजेसिक १० एम्पुल र फेनारगन १० एम्पुल सहित सुनसरी धरान उपमहानगरपालिका-१३ बस्ने ३६ वर्षीय तीर्थ राईलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१ चौकीटोलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७ सय मिलिग्राम सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा हेटौंडा उपमहानगरपालिका-११ बस्ने २७ वर्षीय समुन गुरूङ र सोही उपमहानगरपालिका-१ चौकीटोल बस्ने २० वर्षीय बुद्ध थिङ रहेका छन् । प्रहरी चौकी चौकीटोलबाट खटिएको प्रहरीले चौकीटोलबाट हेटौंडा बजारतर्फ आउँदै गरेको ना.१ ह १५२८ नम्बरको अटोलाई जाँच गर्ने क्रममा अटोमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । सुनसरी, भोक्राहा नरसिंह गाउँपालिका-६ साहाटोलबाट अवैध लागूऔषध गाँजा करिब ३१ किलोग्राम सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बराहक्षेत्र नगरपालिका-१ बस्ने २८ वर्षीय समिर राई र २८ वर्षीय संजिव राई रहेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरी र प्रहरी चौकी चिरौलीचोकबाट खटिएको प्रहरीले को.१६ प ६४७४ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो । यसैगरी सुनसरी, धरान उपमहानगरपालिकाका विभिन्न स्थानबाट अवैध लागूऔषध सहित ७ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले धरान उपमहानगरपालिका-१५ गोबिन्द मार्ग बस्ने ३४ वर्षीय सुरेश गुरूङलाई ट्रामाडोल ३७ ट्याब्लेट र स्पासपेन ८२ ट्याब्लेट, सोही उपमहानगरपालिका-१५ सुनगाभा मार्ग बस्ने २२ वर्षीय नरेश राईको कोठाबाट नरेश सहित २३ वर्षीय अनिकेत राई र १६ वर्षीय कीशोरलाई ट्रामाडोल २ सय १८ ट्याब्लेट, सोही उपमहानगरपालिका-८ सहिद रतन मार्ग बस्ने २५ वर्षीय सनम परियारलाई ट्रामाडोल २० ट्याब्लेट र स्पास्पेन २० ट्याब्लेट, सोही उपमहानगरपालिका- १५ सडन रोड डेरा गरी बस्ने धनकुटा डाँडा बजार घर भएका ४५ वर्षीय चन्द्र लिम्बुलाई ट्रामाडोल २ सय ६६ ट्याब्लेट र स्पास्पेन १० ट्याब्लेट तथा धनकुटा साँगुरीगढी गाउँपालिका-८ बस्ने ३७ वर्षीय कुल बहादुर बान्ताबालाई गाँजा ५ सय ग्राम सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट आठ जना पक्राउ
२०८२-०१-१२

इलाम, इलाम नगरपालिका-६ पिपलबोटेबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ सय ६० मिलिग्राम सहित सोही ठाउँ बस्ने २२ वर्षीय सन्तविर तामाङलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय इलामबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  मोरङ, विराटनगर महानगरपालिका-१५ एक नम्बर ढाँटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम ९ सय ५० मिलिग्राम सहित केराबारी गाउँपालिका-१० बस्ने २२ वर्षीय बिर बहादुर तामाङलाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।सुनसरी, भोक्राहा नरसिंह गाउँपालिका-७ थानगाछीस्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब १ सय किलोग्राम सहित धनकुटा साँगुरगढी गाउँपालिका-९ बस्ने २२ वर्षीय सलिन राईलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको  छ । जिल्ला प्रहरी कार्यालय सुनसरी र प्रहरी चौकी चिरौलीचोकबाट खटिएको प्रहरीलाई देख्नासाथ को.३७ प ८६३१ नम्बरको मोटरसाइकल छाडी चालक फरार भएको र को.प्र.१-०२-०४३ प ३०६३ नम्बरको मोटरसाइकल चालक सलिनलाई नियन्त्रणमा लिई दुबै मोटरसाइकललाई तलासी गर्दा दुबै मोटरसाइकलमा रहेको २ वटा बोरा र २ वटा झोलाबाट उक्त परिमाणको गाँजा फेला परेको   हो । हाल फरार को.३७ प ८६३१ नम्बरको मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ । बर्दिया, बारबर्दिया नगरपालिका-४ पदनाहाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १ ग्राम सहित ३ जनालाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-४ पदनाहा बस्ने २२ वर्षीय मनोज थारु, १९ वर्षीय विशाल परियार र २८ वर्षीय अन्तराम थारू रहेका छन् । इलाका प्रहरी कार्यालय बानियाभारबाट खटिएको प्रहरीले भे.८ प ७७८ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । झापा, मेचीनगर नगरपालिका-६ पुरानो मेचीपुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम सहित दमक नगरपालिका-८ डेरा गरी बस्ने मोरङ मिक्लाजुङ गाउँपालिका-६ घर भएकी २८ वर्षीया मिना लिम्बु राईलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित  पक्राउ गरेको हो ।  कैलाली, धनगढी उपमहानगरपालिका-१८ एफ गाउँबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ३ सय ७० मिलिग्राम सहित सोही ठाउँ बस्ने २८ वर्षीय केदार बोहरालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बहुलियाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २० जना पक्राउ
२०८२-०१-११

काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १३ ग्राम सहित मोरङ पथरी शनिश्चरे नगरपालिका-९ बस्ने ३१ वर्षीय कोपिल भट्टराईलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग नागढुङ्गा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गाबाट खटिएको प्रहरीले बा.प्र.०१-०१-००६ ख ४७९७ नम्बरको बसमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा उक्त लागूऔषधको कारोबारमा संलग्न मोरङ पथरी शनिश्चरे नगरपालिका-९ घर भएका २९ वर्षीय सुरज राईलाई काठमाडौं बालाजु बसपार्कबाट प्रहरीले पक्राउ गरेको छ । नवलपरासी पश्‍चिम, पाल्हीनन्दन गाउँपालिका-१ छोड्की सुनरीबाट नियन्त्रित लागूऔषध डाइजेपाम ४ एम्पुल, बुप्रेनोर्फिन ५ एम्पुल र इन्जेक्सन १ थान सहित ३ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा प्रतापपुर गाउँपालिका-२ गोपिगंज डेरा गरी बस्ने ३६ वर्षीय साजन सिंह ठकुरी, वर्दघाट नगरपालिका-७ ज्यामिरेभार बस्ने २६ वर्षीय कपिल गैरे र भारत महाराजगंज अदैना निचलौल थाना बस्ने १८ वर्षीय किशोर रहेका छन् । जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्‍चिम र इलाका प्रहरी कार्यालय महेशपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । साथै उनीहरूले प्रयोग गरेको युपि ५३ बिवाई ०११५ नम्बरको मोटरसाइकल र बा.६३ प ४३७९ नम्बरको स्कुटर समेत प्रहरीले बरामद गरेको छ ।ललितपुर, गोदावरी नगरपालिका-५ लेले बसपार्कबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ५५ ट्याब्लेट, स्पास्पेन ५५ ट्याब्लेट र स्टागन ३० ट्याब्लेट सहित बागमती गाउँपालिका-१ मानिखेल घर भई ललितपुर महानगरपालिका-१४ थसिखेल बस्ने २४ वर्षीय उमेश संजेललाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी लेलेबाट खटिएको प्रहरीले प्रदेश ०३-०२-००४ प ७३५६ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  कैलाली, धनगढी उपमहानगरपालिका-१५ कनरीगाउँबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६० मिलिग्राम सहित सोही उपमहानगरपालिका-७ बेली बस्ने २६ वर्षीय तिर्थराज रानालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कनरीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  मोरङ, विराटनगर महानगरपालिका-१३ मलाया रोडबाट अवैध लागूऔषध गाँजा ६ किलोग्राम सहित २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धनकुटा शहिदभूमी गाउँपालिका-७ बस्ने ३५ वर्षीय बालकृष्ण राई र  सुनसरी धरान उपमहानगपालिका-१० बस्ने ३२ वर्षीय मनोज गुरूङ रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।सुनसरी, देवानगंज गाउँपालिका-२ यादव टोलबाट अवैध लागूऔषध गाँजा करिब ५ सय ग्राम सहित ३ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत अररिया पत्राहा-१५ घुर्ना बजार बस्ने २६ वर्षीय मोहम्मद जावेद, ३० वर्षीय मोहम्मद जमशेर र २५ वर्षीय मोहम्मद आलविन रहेका छन् । इलाका प्रहरी कार्यालय देवानगंजबाट खटिएको प्रहरीले बिआर ३८ एडि ४१३३ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।  कञ्चनपुर, कृष्णपुर नगरपालिका-२ बस्ने ५० वर्षीय पदम बहादुर कार्कीलाई अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ करिब २ किलो ३ सय १५ ग्राम सहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय झलारी कञ्चनपुरबाट खटिएको प्रहरीले पदम बहादुरको सोही ठाउँस्थित होटल तलासी गर्दा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो ।उदयपुर, बेलका नगरपालिका-९ रामपुरस्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब २ सय मिलिग्राम सहित सोही नगरपालिका-९ रामपुरबजार बस्ने २४ वर्षीय जनम गहतराजलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरीले को.२४ प ३९८३ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । कैलाली, टिकापुर नगरपालिका-१ ब्लक नम्बर ९ स्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ  ३ सय २० मिलिग्राम सहित २ जनालाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-१ ब्लक नम्बर १२ बस्ने २८ वर्षीय शाहिल शाह र ब्लक नम्बर ९ बस्ने ३२ वर्षीय सुमित साउद रहेका छन् । इलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।कास्की, पोखरा महानगरपालिका-१७ शिसुनिकेतन मार्गबाट  नियन्त्रित लागूऔषध टापेन्टाडोल ३१ ट्याब्लेट सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही महानगरपालिका-१७ बस्ने २१ वर्षीय सबिन बिक र २२  वर्षीय समिर राना रहेका छन् । वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । चितवन, राप्ती नगरपालिका-१ लोथरबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १  हजार ४ सय ५० ट्याब्लेट र नगद ९ हजार १ सय ४९ रूपैयाँ सहित २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रत्ननगर नगरपालिका-१२ जयमंगला बस्ने २२ वर्षीय कबि श्रेष्ठ र २५ वर्षीय सुरज घलान रहेका छन् । अस्थायी प्रहरी पोष्ट लोथरबाट खटिएको प्रहरीले वीरगंजदेखि नारायणगढतर्फ आउँदै गरेको बा.प्र.०६-००१ ज ०५०३ नम्बरको ईभी माईक्रोलाई जाँच गर्दा माईक्रोमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित आठ जना पक्राउ
२०८२-०१-११

कञ्चनपुर, भीमदत्त नगरपालिका-११ गड्डाचौकीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम २ सय ५० मिलिग्राम सहित बेदकोट नगरपालिका-६ लालपुर बस्ने २६ वर्षीय अबिशेक धामीलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।  जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालयबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-११ सल्लेघारीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ८ सय मिलिग्राम सहित ३ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २१ वर्षीय बादल बादी, २५ वर्षीय मदन बादी र २७ वर्षीय यन बहादुर बादी रहेका छन् । प्रहरी चौकी सुब्बाकुना र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय सुर्खेतबाट खटिएका प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ५७ हजार ५ सय ट्याब्लेट सहित २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बारा पचरौता नगरपालिका-७ बेनौली बस्ने २४ वर्षीय जयनाथ पासवान र २३ वर्षीय सुनिल पटेल रहेका छन् । प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले बारा सिम्रौनगढबाट हेटौंडातर्फ आउँदै गरेको मधेश प्रदेश ०२-००१ च १४३८ नम्बरको योद्धा पिकअप गाडीलाई जाँच गर्ने क्रममा गाडीको बर्नटमा लुकाई छिपाई ल्याएको उक्त लागूऔषध फेला पारी गाडीका चालक पासवान र सहचालक पटेललाई पक्राउ गरेको हो । रूकुम पश्चिम, सानीभेरी गाउँपालिका-३ भलाचौरस्थित सडकबाट अवैध लागूऔषध अफिम जस्तो देखिने पदार्थ करिब २ किलोग्राम र नगद ७८ हजार ३ सय ५ रूपैयाँ सहित २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ७२ वर्षीय अनन्ते पुन र कैलाली घर भएका ३६ वर्षीय कमल थापा रहेका छन् । प्रहरी चौकी सिम्लिबाट खटिएको प्रहरीले रा.४ प १११० नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।