जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ
२०८२-०१-२०
- A
- A-
- A+
भक्तपुर, भक्तपुर नगरपालिका-९ च्यामासिंह डेरा गरी बस्ने चाँगुनारायण नगरपालिका-५ छालिङ घर भएका ४८ वर्षीय भरत गिरीको कोठामा जुवातास खेलिरहेको अवस्थामा भरत समेत १० जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ५३ हजार ८ सय ५० रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।