अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २७ जना पक्राउ
२०८२-०१-२०
- A
- A-
- A+
काठमाडौं महानगरपालिका-११ सुन्धारास्थित न्यू पोखरा प्यालेस होटलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ५० ट्याब्लेट, नोर्फिन ४ एम्पुल, डाइजेपाम २ एम्पुल, प्रोमेथाजाइन हाइड्रोक्लोराइड ३ एम्पुल, नगद २९ हजार ३ सय ३० रूपैयाँ र मोबाइल ३ थान सहित २ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-२७ असन घर भई काठमाडौं डल्लु बस्ने ३२ वर्षीय रोहन शाही र सोही महानगरपालिका-१३ कालिमाटी बस्ने २८ वर्षीय मनिष श्रेष्ठ रहेका छन् । प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले होटलको ११२ नम्बरको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी दुबै जनालाई पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको बा.७२ प ९६१२ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।
बारा, आदर्श कोतवाल गाउँपालिका-३ वाताराबाट अवैध लागूऔषध गाँजा करिब २ सय २५ किलोग्राम सहित सोही ठाउँ बस्ने ३० वर्षीय नन्दकिशोर मुखिया बिनलाई गए राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बारागढीबाट खटिएको प्रहरीले सोही ठाउँस्थित खेतमा पार्किङ गरी राखेको प्र.२-०३-००१ त ४८७६ नम्बरको ट्याक्टरलाई जाँच गर्ने क्रममा ट्याक्टरको ढाला मुनि फल्स बटन बनाई लुकाई छिपाई राखिएको १५ वटा कार्टुनमा रहेको उक्त परिमाणको गाँजा फेला पारी चालक नन्दकिशोरलाई पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा उक्त कार्यमा संलग्न मकवानपुर हेटौंडा नगरपालिका-४ बस्ने २१ वर्षीय कमाण प्रजा, मकवानपुर कैलास गाउँपालिका-४ देवतिस बस्ने २४ वर्षीय सिताराम प्रजा र मकवानपुर बकैया गाउँपालिका-५ छतिवन बस्ने २२ वर्षीय नवराज मगरलाई समेत बारा कोल्हवी नगरपालिकास्थित रोज उड होटलको कोठा नम्बर ३०३ बाट प्रहरीले पक्राउ गरेको छ ।
सुनसरी, धरान उपमहानगरपालिका-२ भानुचोकबाट नियन्त्रित लागूऔषध फेनारगन ९ एम्पुल, एभिल ९ एम्पुल, डाइजेपाम ९ एम्पुल र लुपिजेसिक ९ एम्पुल सहित सोही उपमहानगरपालिका-१५ निराजन बस्ती बस्ने ३० वर्षीय भरत रसाइलीलाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
यसैगरी सुनसरी, धरान उपमहानगरपालिका-१५ शितल मार्गबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ४ हजार ९ सय ३५ ट्याब्लेट, कोलिवन ५ हजार ६० ट्याब्लेट, स्पास्पेन ९४ ट्याब्लेट, डिकोलिक २० ट्याब्लेट, नाइट्राजेपाम १ सय ९० ट्याब्लेट, एरोमिन्क १६ ट्याब्लेट, अवैध लागूऔषध ब्राउनसुगर करिब २ ग्राम, नगद २ लाख ५३ हजार ७ सय ९६ रूपैयाँ र मोबाइल २ थान सहित ३ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ डेरा गरी बस्ने भोजपुर घर भएका ३० वर्षीय सुजन श्रेष्ठ, ३१ वर्षीय सागर राई र १७ वर्षीय किशोर रहेका छन् । वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले सुजनको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी तीनै जनालाई पक्राउ गरेको हो ।
झापा, बिर्तामोड नगरपालिका-४ पुरानो भद्रपुर लाईनबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ सय ५० मिलिग्राम सहित सोही नगरपालिका-५ बस्ने २० वर्षीय सुमित मगरलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी झापा, बिर्तामोड नगरपालिका-५ स्थित देउराली होटल एण्ड लजबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ सय मिलिग्राम सहित इलाम सूर्योदय नगरपालिका-२ बस्ने २१ वर्षीया सन्ध्या विश्वकर्मालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी झापा, मेचीनगर नगरपालिका-६ काँकरभिट्टास्थित साठ्ठी बिगाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम १ सय ९० मिलिग्राम, नगद ५ हजार रूपैयाँ, ल्याप्टप १ थान र मोबाइल ४ थान सहित ४ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-६ शान्तिगाउँ बस्ने २९ वर्षीय दिपक मल्लिक, सोही नगरपालिका-६ मेचीडाँडा बस्ने २५ वर्षीय सरोज दाहाल, २६ वर्षीय शौगात पोखरेल र सोही नगरपालिका-७ सत्तिघट्टा बस्ने २१ वर्षीय गुडु भन्ने बिजय भुजेल रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१३ बाट नियन्त्रित लागूऔषध ट्रामाडोल ४७ ट्याब्लेट र नगद १७ हजार ५ सय ४० रूपैयाँ सहित सोही उपमहानगरपालिका-१३ मजुवा बस्ने २४ वर्षीय अजय थिङलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी पदमपोखरीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
बर्दिया, बढैयाताल गाउँपालिका-२ फुटाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ सय ८० मिलिग्राम सहित २ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बाँके खजुरा गाउँपालिका-२ ए गाउँ बस्ने २६ वर्षीय गौरव विक र २३ वर्षीय सन्देश खत्री रहेका छन् । प्रहरी चौकी जमुनीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी बर्दिया, बढैयाताल गाउँपालिका-८ सागुनघारीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम २ सय मिलिग्राम सहित गुलरिया नगरपालिका-१ खैरापुर बस्ने २६ वर्षीय बिष्णु चौधरीलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कालिकाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको भे.३ प ९७१० नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी बर्दिया, बढैयाताल गाउँपालिका-३ पुष्पनगरस्थित मान झुण्डी सामुदायिक वनको प्रतिक्षालयबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय ४० मिलिग्राम सहित बाँके खजुरा गाउँपालिका-६ सिमलघारी बस्ने २३ वर्षीय प्रकाश धामीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी बर्दिया, राजापुर नगरपालिका-४ सरस्वती सामुदायिक वनबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय ३० मिलिग्राम सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-४ राजापुर बजार बस्ने २० वर्षीय बिकल्प थारू र सोही नगरपालिका-९ दक्षिण चैनपुर बस्ने २५ वर्षीय आशिष थारू रहेका छन् । इलाका प्रहरी कार्यालय राजापुरबाट खटिएको प्रहरीले कैलाली सत्तिघाटबाट राजापुरतर्फ आउँदै गरेको प्रदेश ३-०२-०१२ प ८५११ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
मोरङ, विराटनगर महानगरपालिका-१६ दरैया चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ३ ग्राम २० मिलिग्राम सहित बेलबारी नगरपालिका-३ बस्ने २४ वर्षीय प्रवेश राईलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको को.३९ प ९०७५ नम्बरको स्कुटरमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-१२ डेरा गरी बस्ने सोही नगरपालिका-११ घर भएका २७ वर्षीय नविन बुढा समेत २ जनालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ५ सय ४० मिलिग्राम सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेत र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
उदयपुर, त्रियुगा नगरपालिका-१० हात्तिमारा टोलबाट अवैध लागूऔषध गाँजा करिब २ सय ५९ ग्राम, नियन्त्रित लागूऔषध ट्रामाडोल ३ सय ६२ ट्याब्लेट र कोलिवन ३ सय ७४ ट्याब्लेट सहित सोही ठाउँ बस्ने २१ वर्षीय अनमोल राईलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।