प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

पेस्तोल सहित दुई जना पक्राउ

२०८२-०३-३१

  • A
  • A-
  • A+
Share

मोरङ, ३२ असार

जहदा गाउँपालिका-४ हटियाबाट मेड इन जापान लेखिएको पेस्तोल १ थान, खुकुरी १ थान र हातमा लगाउने नक १ थान  सहित २ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही गाउँपालिका-४ बस्ने १९ वर्षीय हरि कुमार महतो र १९ वर्षीय आषिश मण्डल रहेका छन् ।  

इलाका प्रहरी कार्यालय पोखरीयाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त हातहतियार सहित फेला पारी पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको १ थान मोटरसाइकल समेत बरामद गरेको छ । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार
हातहतियार सहित तीन जना पक्राउ
२०८२-०३-३१

कैलाली, भजनी नगरपालिका-९ आमबाडिबाट पेस्तोल २ थान, सोही पेस्तोलको गोली ११ राउण्ड, म्यागजिन १ थान, हर्नेट १ थान, गोली २४ राउण्ड, छर्रा १ डिब्बा, मयुरको प्वाख २ गुच्चा र जरायोको सिङ ३ थान सहित ३ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ५० वर्षीय दिलिप कार्की, उनकै छोरा २२ वर्षीय बिकास कार्की र सोही ठाउँ बस्ने ३० वर्षीय सुरेश विक रहेका छन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले दिलिपको घर तलासी गर्दा उक्त हातहतियार फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

विभिन्न हातहतियार सहित दुई जना पक्राउ
२०८२-०३-२८

अर्घाखाँची, शितगंगा नगरपालिका-१ नयाँगाउँ बस्ने ४६ वर्षीय हिम बहादुर सारूलाई एकनाले भरूवा बन्दुक १ थान, फलामको छर्रा १७ थान, केप १९ थान, सिसाको छर्रा २ थान र बारूद सहित शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय ठाडाबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त हातहतियार फेला पारी पक्राउ गरेको हो । सिराहा, भगवानपुर गाउँपालिका-४ ठाडी बजारबाट एकनाले कटुवा पेस्तोल २ थान र थ्रिनटथ्री राईफलको गोली २ राउण्ड सहित सप्तरी बलान बिहुल गाउँपालिका-२ डिगीया टोल बस्ने ४५ वर्षीय जगदिश यादवलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी ठाडीबाट खटिएको प्रहरीले उक्त स्थानमा रोकी राखेको बा.३० प ५३१९ नम्बरको मोटरसाइकल तलासी गर्दा उक्त हातहतियार फेला पारी चालक यादवलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।