प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

पेस्तोल सहित दुई जना पक्राउ

२०८२-०३-३१

  • A
  • A-
  • A+
Share

मोरङ, ३२ असार

जहदा गाउँपालिका-४ हटियाबाट मेड इन जापान लेखिएको पेस्तोल १ थान, खुकुरी १ थान र हातमा लगाउने नक १ थान  सहित २ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही गाउँपालिका-४ बस्ने १९ वर्षीय हरि कुमार महतो र १९ वर्षीय आषिश मण्डल रहेका छन् ।  

इलाका प्रहरी कार्यालय पोखरीयाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त हातहतियार सहित फेला पारी पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको १ थान मोटरसाइकल समेत बरामद गरेको छ । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार