प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

भरूवा बन्दुक सहित एक जना पक्राउ

२०८२-०५-०४

  • A
  • A-
  • A+
Share

डडेल्धुरा, आलिताल गाउँपालिका-४ रज्यौडा बस्ने दिपक सिजालीलाई भरूवा बन्दुक १ थान सहित मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । 

जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त बन्दुक फेला पारी पक्राउ गरेको   हो । साथै प्रहरीले सोही ठाउँ बस्ने गगन बोहराको घर तलासी गर्दा भरुवा बन्दुक १ थान फेला पारी बरामद गरेको छ । 

प्रहरीले हाल फरार गगनको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार