प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

कटुवा पेस्तोल सहित पक्राउ

२०८२-०५-२९

  • A
  • A-
  • A+
Share

काभ्रे, बनेपा नगरपालिका-९ लाईकु डेरा गरी बस्ने मण्डनदेउपुर नगरपालिका-७ घर भएका ३४ वर्षीय सन्तोष श्रेष्ठलाई कटुवा पेस्तोल १ थान र गोली ३६ राउण्ड सहित शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । 

जिल्ला प्रहरी कार्यालय काभ्रेबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त पेस्तोल फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार