भरूवा बन्दुक सहित एक जना पक्राउ
२०८२-०८-१४
- A
- A-
- A+
पाल्पा, तानसेन नगरपालिका-१३ केरवादी बस्ने ६४ वर्षीय शालिकराम रेश्मीलाई भरूवा बन्दुक १ थान सहित आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पाल्पाबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त बन्दुक फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।