हत्या गरेको अभियोगमा पक्राउ
२०८२-१२-११
- A
- A-
- A+
महोत्तरी, आफ्नो श्रीमती ३७ वर्षीया अनिता देवी सदाको हत्या गरेको अभियोगमा भंगाहा नगरपालिका-९ हरिहरपुर बस्ने औराही नगरपालिका-२ चेपकट घर भएका ४२ वर्षीय बिरेन्द्र सदालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
बिरेन्द्रले अनिताको हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट कञ्चनबनबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।