अवैध लागूऔषध सहित चार जना पक्राउ
२०८२-१२-२३
- A
- A-
- A+
भक्तपुर, मध्यपुर थिमी नगरपालिका-७ नगदेशबाट अवैध लागूऔषध पोलेन २ किलो ६ सय ७५ ग्राम र गाँजा १३ किलो ६ सय ८० ग्राम सहित सोही ठाउँ बस्ने काभ्रे घर भएका ७५ वर्षीय हर्ष बहादुर तामाङलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
कैलाली, धनगढी उपमहानगरपालिका-४ स्थित पाहुना घर होटेलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम १ सय ६० मिलिग्राम सहित सोही उपमहानगरपालिका-४ बस्ने २५ वर्षीय नरेन्द्र सिंह ठगुन्ना समेत ३ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय धनगढी र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।