ठगी सम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८२-१२-२४
- A
- A-
- A+
काठमाडौं, ठगी सम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका-१२ टेकु बस्ने धनुषा घर भएका ५१ वर्षीय जिवन कुमार ठाकुर र २७ वर्षीय निहाल ठाकुरलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।
ठगी सम्बन्धी मुद्दामा फरार रहेका उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं महानरपालिका-३ बसुन्धाराबाट पक्राउ गरेको हो ।
उनीहरूमध्ये जिवन कुमारलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर जावलाखेल पठाइएको छ भने निहाललाई प्रहरी वृत्त जनसेवा पठाइएको छ ।