डिसहोमको कर्मचारी भन्दै ठगी गर्ने तीन जना व्यक्ति पक्राउ
२०८२-१२-२४
- A
- A-
- A+
काठमाडौं, डिसहोमको कर्मचारी भन्दै ठगी गरेको अभियोगमा तीन जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं टोखा नगरपालिका-३ बस्ने धादिङ घर भएका २२ वर्षीया आरती सिंखडा, काठमाडौं टोखा नगरपालिका-३ बस्ने दोलखा घर भएका २२ वर्षीय विष्णु कार्की र काठमाडौं टोखा नगरपालिका-९ बस्ने रामेछाप घर भएका ४७ वर्षीय असल सिंह तामाङ रहेका छन् ।
काठमाडौंस्थित डिसहोमको कर्मचारी हुँ भनि डिसहोममा आबद्ध नियमित ग्राहकहरूलाई फोन सम्पर्क गरी केहि समयको लागि डिसहोमका ग्राहकहरूको लागि १ वर्षको रिचार्ज गर्दा ४ महिनाको निशुल्क रिचार्ज अफर आएको छ भनि ग्राहकहरूलाई झुक्यानमा पारी रकम लिई ठगी गरेको भन्ने उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो ।
उनीहरूलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।