जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०८२-१२-२५
- A
- A-
- A+
उदयपुर, १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा रौतामाई गाउँपालिका-७ धाङ्गले बस्ने २४ वर्षीय बले भन्ने बल बहादुर श्रेष्ठलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
बल बहादुरले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।