जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०८२-१२-२६
- A
- A-
- A+
धादिङ, ५० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा गल्छी गाउँपालका-३ छतिनटार बस्ने २८ वर्षीय रवि पोखरेललाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
रविले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।