प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जुवातास खेलिरहेको अवस्थामा १६ जना पक्राउ

२०७८-११-०७

  • A
  • A-
  • A+
Share

काठमाडौं, तारकेश्वर नगरपालिका-४ पुरानो गुहेश्वरीस्थित मिडप्वाईन्ट रेष्टुरेण्ट एण्ड क्याफेमा तास खेलिरहेको अवस्थामा नुवाकोट लिखु गाउँपालिका-४ घर भई पुरानो गुहेश्वरी बस्ने २८ वर्षीय रोशन गिरी लगायत ११ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उक्त क्याफेमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ३३ हजार २ सय ६० रुपैयाँ र ९ बुक तास सहित पक्राउ गरेको हो ।

चितवन, भरतपुर महानगरपालिका-१० रिजाल चोकस्थित साकुरा रेष्टुरेण्टमा तास खेलिरहेको अवस्थामा सोही नगरपालिका-४  बस्ने ५६ बर्षीय टुमराज लामिछाने लगायत ५ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उक्त रेष्टुरेण्टमा तास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख २ हजार ३ सय ७० रुपैयाँ  र १ बुक तास सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार
जुवातास खेलिरहेको अवस्थामा आठ जना पक्राउ
२०८२-०६-२०

कास्की, पोखरा महानगरपालिका-६ लेकसाइडस्थित पोखरा वुटिक होटलमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४६ वर्षीय देव श्रेष्ठ समेत ४ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४ लाख ३९ हजार ७५ रूपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो ।कैलाली, धनगढी उपमहानगरपालिका-३ बोराडाँडी एकताटोल बस्ने ४६ वर्षीय भोजराज भट्टको पसलमा जुवातास खेलिरहेको अवस्थामा भोजराज समेत ४ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४२ हजार ६ सय ७० रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।   यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।