रकम ठगी गरेको अभियोगमा १ जना पक्राउ
२०७८-११-०८
- A
- A-
- A+
सुनसरी, कारागारमा रहेका श्रीमान र देवरलाई कारागारबाट छुटाई दिन्छु भनी प्रलोभनमा पारी ३३ लाख रकम ठगी गरेको अभियोगमा ईटहरी उपमहानगरपालिका-१२ बस्ने मन्दु भनिने जस बहादुर लिम्बुलाई प्रहरीले पक्राउ गरेको छ ।
कर्तब्य ज्यान मुद्दामा जिल्ला कारागर तेह्रथुममा रहेका सुरेन्द्र पुरी र वालकृष्ण पुरीलाई थुनुवा मुक्त गराई दिन्छौं भनी थुनुवाका आफन्तसँग लिम्बु र ईटहरी उपमहानगरपालिका-१२ बस्ने भरत चौधरीले न्यायाधिस र प्रहरीसँग राम्रो सम्बन्ध रहेको भन्दै दुवै जनालाई छुटाईदिने प्रलोभनमा पारी उक्त रकम ठगी गरी फरार भएका थिए । घटनाको जानकारी पाए लगत्तै उनीहरुको खोजी गर्ने क्रममा ईलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरीले ठगी गर्नेमध्ये लिम्बुलाई पक्राउ गरेको हो ।
हाल फरार भरतको खोजी गर्नुका साथै यस सम्बन्धमा ईलाका प्रहरी कार्यालयले ईटहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।