कुकुरद्वारा मानव खोजी तथा उद्दार तालिम समापन
२०७८-११-०८
- A
- A-
- A+
काठमाडौं, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग केनाइन महाशाखा महाराजगंजमा संचालित पहिलो समूहको कुकुरद्वारा मानव खोजी तथा उद्दार तालिम शुक्रबार सम्पन्न भएको छ ।
गत पुस ३० गतेदेखि संचालित उक्त तालिममा प्रहरी नायव निरीक्षक १ जना, प्रही सहायक निरीक्षक १ जना, प्रहरी हवल्दार ५ जना र प्रहरी जवान ११ जना गरी जम्मा १८ जना प्रहरी कर्मचारीहरुको सहभागिता रहेको थियो ।