अवैध लागूऔषध सहित सात जना पक्राउ
२०८३-०३-२९
- A
- A-
- A+
भक्तपुर, मध्यपुर थिमी नगरपालिका-१ लोकन्थलीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ३ सय ग्राम सहित ३ जनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा नागार्जुन नगरपालिका-३ घर भएका २७ वर्षीय मनिष श्रेष्ठ, २९ वर्षीय रोहित महर्जन र काठमाडौं महानगरपालिका-१६ बस्ने २० वर्षीय सम्भव बस्नेत रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको प्रदेश ३-०२-००८ प ५३७८ नम्बरको स्कुटर बरामद गरेको छ ।
बाँके, कोहलपुर नगरपालिका-११ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय मिलिग्राम र नगद १९ हजार ४ सय १० रूपैयाँ सहित सोही ठाउँ बस्ने २१ वर्षीय दिपेश शाही समेत ३ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
सुनसरी, इटहरी उपमहानगरपालिका-५ आईतबारेबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ७० ट्याब्लेट र डाइक्लोमाइन १ सय २९ ट्याब्लेट सहित सोही उपमहानगरपालिका-५ बस्ने २३ वर्षीय रोहन भन्ने भवानी गुरूङलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी चौकी जनताबस्ती समेतबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।