जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८३-०३-३०
- A
- A-
- A+
रौतहट, जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी राजपुर नगरपालिका-८ अकोलुवा बस्ने २२ वर्षीय ड्राईभर भन्ने आफान आलमलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।
उक्त मुद्दामा संलग्न रही २०८२ जेठ १५ गतेदेखि फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरीले राजपुर नगरपालिका-४ बाट पक्राउ गरेको हो ।
उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि प्रहरी वृत्त कालिमाटी काठमाडौं पठाइएको छ ।