प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २० जना पक्राउ

२०८३-०४-०३

  • A
  • A-
  • A+
Share

काठमाडौं महानगरपालिका-३२ नरेफाँटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १० ग्राम २९ मिलीग्राम सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं नरेफाँट बस्ने महोत्तरी घर भएका २० वर्षीय सचिन मण्डल र १९ वर्षीय रोहित महतो रहेका छन् । प्रहरी प्रभाग कोटेश्‍वरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

कैलाली, लम्कीचुहा नगरपालिका-३ चिसापानीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय मिलिग्राम सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-१ बसपार्क बस्ने २९ वर्षीय राजेश खत्री र २७ वर्षीय ललित बिष्ट रहेका छन् । इलाका प्रहरी कार्यालय चिसापानीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

यसैगरी कैलाली, लम्कीचुहा नगरपालिका-४ बलिया बस्ने २२ वर्षीय धिरज चौधरीलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय मिलिग्राम सहित शनिबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

यसैगरी कैलाली, भजनी नगरपालिका-३ पडेरियाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ सय मिलिग्राम सहित जोशीपुर गाउँपालिका-१ बस्ने २८ वर्षीय निरज कुस्मी समेत ३ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरीले बा.९४ प ३२६३ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । थप अनुसन्धानको क्रममा उक्त लागूऔषध भजनी नगरपालिका-१ बस्ने २२ वर्षीय सुरेश रेग्मी समेत २ जनाले बिक्री गरेको भन्ने खुल्न आएपश्चात प्रहरीले उनीहरूलाई समेत पक्राउ गरेको छ । 

यसैगरी कैलाली, जोशीपुर गाउँपालिका-१ लकडमन्डीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ८ सय ८० मिलिग्राम सहित सोही गाउँपालिका-२ बस्ने २८ वर्षीय अम्मरदिप डगौरा समेत २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यलाय जोशीपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

यसैगरी कैलाली, भजनी नगरपालिका-८ कृष्णनगरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब २ ग्राम ७ सय २० मिलिग्राम सहित जानकी गाउँपालिका-९ बस्ने २६ वर्षीय शंकर देवकोटालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी जनकपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

सुनसरी, धरान उपमहानगरपालिका-७ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ५ सय ५० मिलिग्राम सहित सोही उपमहानगरपालिका-५ खैरेनी बस्ने २२ वर्षीय रोहन शाक्यलाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१० बसपार्कबाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम २ सय ३० ट्याब्लेट सहित नवलपरासी पूर्व गैंडाकोट नगरपालिका-२ कालीगण्डकी चोक बस्ने २० वर्षीय रेगन हमाल समेत २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी बसपार्कबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । 

सिराहा, गोलबजार नगरपालिका-६ गोलबजार टोलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम २ सय ८० मिलिग्राम सहित सोही ठाउँ बस्ने २७ वर्षीय सुजन थापा मगरलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गोलबजार समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

तनहुँ, आँबुखैरेनी गाउँपालिका-४ बेनीटारबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ८८ ट्याब्लेट सहित लमजुङ सुन्दरबजार नगरपालिका-९ बस्ने २४ वर्षीय सुजन तामाङलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट मुग्लिङ पुलजिपबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । 

मोरङ, रंगेली नगरपालिका-६ बाट अवैध लागूऔषध खैरो हरोइन जस्तो देखिने पदार्थ ३ ग्राम सहित कानेपोखरी गाउँपालिका-७ रमाइलो बस्ने २२ वर्षीया सुष्मिता लिम्बुलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले थप अनुसन्धानको लागि २ जनालाई नियन्त्रणमा लिएको छ । 

जाजरकोट, बारेकोट गाउँपालिका-३ बाट अवैध लागूऔषध अफिम जस्तो देखिने वस्तु करिब ४ किलोग्राम सहित दाङ घोराही उपमहानगरपालिका-१३ बस्ने रोल्पा माडी गाँउपालिका-१ घर भएकी ४० वर्षीया गौरी भन्ने मन कुमारी घर्तीलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय जाजरकोट समेतबाट खटिएको प्रहरीले उनलाई उक्त वस्तु सहित पक्राउ गरेको हो । साथै प्रहरीले थप अनुसन्धानको लागि १ जनालाई नियन्त्रणमा लिएको छ । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 


सम्बन्धित समाचार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २५ जना पक्राउ
२०८३-०४-०९

बाँके, नेपालगंज उपमहानगरपालिका-१६ जयसपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ५० मिलिग्राम सहित अछाम घर भएका २३ वर्षीय प्रेम बहादुर बुढालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय जयसपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । धनकुटा, साँगुरीगढी गाउँपालिका-२ मान्दवा टोलबाट अवैध लागूऔषध गाँजा करिब ७१ किलो ३५ ग्राम सहित सोही गाउँपालिका-२ गैरीगाउँ बस्ने ३१ वर्षीय शिखर लिम्बु समेत २ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरीले को.२ ह १२५ नम्बरको अटो तलासी गर्दा उक्त गाँजा फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।कैलाली, धनगढी उपमहानगरपालिका-७ जिपी चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय ३८ मिलिग्राम सहित सोही ठाउँ बस्ने २५ वर्षीय बिकास जेठारा र २८ वर्षीय बिबेक राज उपाध्यायलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-१७ पथरी पुलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय ३५ मिलिग्राम सहित सोही ठाउँ बस्ने २६ वर्षीय राजेश राना समेत २ जनालाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलाली समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-८ क्याम्पस चोक डेरा गरी  बस्ने कैलारी गाउँपालिका-२ घर भएका २५ वर्षीय श्रीमल चौधरी समेत ४ जनालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम ३ सय २३ मिलिग्राम सहित शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलाली समेतबाट खटिएको प्रहरीले श्रीमलको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । यसैगरी कैलाली, टीकापुर नगरपालिका-१ समितीपुरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ सय मिलिग्राम सहित सोही ठाउँ बस्ने २८ वर्षीय सागर खत्री समेत २ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  मोरङ, कानेपोखरी गाउँपालिका-५ माने चोक बस्ने २५ वर्षीय अमित धिमाल समेत २ जनालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ३ सय ७० मिलिग्राम सहित गए राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी रमाइलोबाट खटिएको प्रहरीले अमितको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । तनहुँ, आँबुखैरेनी गाउँपालिका-४ बेनीटारबाट नियन्त्रित लागूऔषध डाइजेपाम १८ एम्पुल बुप्रेनोर्फिन १८ एम्पुल र फेनारगन १८ एम्पुल सहित लमजुङ सुन्दरबजार नगरपालिका-९ बस्ने ३९ वर्षीय मिन बहादुर बानिया समेत २ जनालाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट मुग्लिङपुल जिपबाट खटिएको प्रहरीले मुग्लिङबाट डुम्रेतर्फ जाँदै गरेको ग. १७ प १२६३ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । झापा, बिर्तामोड नगरपालिका-२ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने  पदार्थ २ ग्राम ८ सय ४० मिलिग्राम सहित सोही ठाउँ बस्ने २४ वर्षीय प्रवेश सहनी समेत २ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । सप्तरी, सुरूङगा नगरपालिका-२ बाट नियन्त्रित लागूऔषध ओपिडोल ८५ ट्याब्लेट, स्पास्मो ७५ ट्याब्लेट र डिकोलिक १० ट्याब्लेट सहित उदयपुर त्रियुगा नगरपालिका-९ रातमाटे बस्ने १९ वर्षीय अशोक भन्ने ताराचन्द्र भुजेललाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय भेडेटारबाट उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।सुनसरी, ईनरूवा नगरपालिका-४ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ४ ग्राम ३ सय ६० मिलिग्राम सहित मोरङ उर्लाबारी नगरपालिका-४ बस्ने २४ वर्षीय बुद्दिमान साह समेत २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्याल सुनसरी समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । धनकुटा, धनकुटा नगरपालिका-१ हिले तुम्बाचोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २ सय ३ ट्याब्लेट र स्पास्पेन १ सय ३० ट्याब्लेट सहित पाख्रिबास नगरपालिका-९ बस्ने ३० वर्षीय रियल मगर समेत २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ‍। प्रहरी चौकी हिलेबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।   नवलपरासी पश्चिम, रामग्राम नगरपालिका-१ खानेपानी टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब २ ग्राम ८ सय ४० मिलिग्राम सहित सोही नगरपालिका-१० नदवा बस्ने ३० वर्षीय सुरज मल्ललाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित चार जना पक्राउ
२०८३-०४-०९

काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १७ ग्राम सहित खोटाङ रावा बेशी गाउँपालिका-४ बस्ने ३६ वर्षीय डिल्ली निरौलालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गाबाट खटिएको प्रहरीले काँकरभिट्टाबाट काठमाडौंतर्फ आउँदै गरेको बा.प्र.०१-००६ ख ९८५५ नम्बरको बसमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  मकवानपुर, भीमफेदी गाउँपालिका-२ बाट नियन्त्रित लागूऔषध ट्रामाडोल ५ सय ५३ ट्याब्लेट सहित काठमाडौं कीर्तिपुर नगरपालिका-९ बस्ने २६ वर्षीय प्रिन्स सिंह समेत २ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी भैंसेबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।   सुनसरी, भोक्राहा नरसिंह गाउँपालिका-६ ईश्रायल कामतबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ सय ८ ग्राम १० मिलिग्राम सहित इटहरी उपमहानगरपालिका-४ डेरा गरी बस्ने धनकुटा, धनकुटा नगरपालिका-१ हिले घर भएका ३५ वर्षीय मन बहादुर थापालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी नरसिंहटप्पुबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित सात जना पक्राउ
२०८३-०४-०८

मोरङ, विराटनगर महानगरपालिका-४ लालीगुराँस टोलबाट अवैध लागूऔषध खैरो हेरोइन १ सय ४ ग्राम सहित दुवही नगरपालिका-१२ बस्ने २१ वर्षीय धन कुमार यादवलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।   धनुषा, मिथिला नगरपालिका-६ बाट अवैध लागूऔषध खैरो हेरोइन ९५ ग्राम ५ सय ९० मिलिग्राम सहित २ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत मधुवनी घर भएका २८ वर्षीय सन्तोष कुमार महत्तो र ४५ वर्षीय मिथिलेश साहु रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दिबासबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।   कैलाली, कैलारी गाउँपालिका-५ गोबरैला घाटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ सय ४७ मिलिग्राम र नगद ११ हजार ५ सय रूपैयाँ सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही गाउँपालिका-७ भुईयाफाँटा बस्ने २३ वर्षीय अमन चौधरी र भजनी नगरपालिका-९ पचमुडिया बस्ने २७ वर्षीय निराजन चौधरी रहेका छन् । इलाका प्रहरी कार्यालय हसुलिया समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   यसैगरी कैलाली, मोहन्याल गाउँपालिका-७ पितमारीस्थित कर्णाली एडभेन्चर रिसोर्टबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय २० मिलिग्राम सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २३ वर्षीय विनोद बिष्ट र लम्कीचुहा नगरपालिका-३ चिसापानी टुक्कीबजार बस्ने कालिकोट रास्कोट नगरपालिका-४ घर भएका २५ वर्षीय गोविन्द्र शाही रहेका छन् । इलाका प्रहरी कार्यालय चिसापानीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २४ जना पक्राउ
२०८३-०४-०८

सिराहा, लहान नगरपालिका-३ हस्पिटल चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय ४३ ग्राम सहित ६ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत बिहार घर भएका २२ वर्षीय बिद्यानन्द यादव, सप्तरी रूपनी गाउँपालिका-१ घर भएका ४० वर्षीय मो. नसिर, बोदेबसाईन गाउँपालिका-२ घर भएका २८ वर्षीय शम्भु प्रसाद यादव, २४ वर्षीय बैधनाथ प्रसाद यादव, डाक्नेश्‍वरी गाउँपालिका-२ घर भएका २८ वर्षीय मो. जमाहिर आलम र ३२ वर्षीय मो. ईमामुदिन रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वर काठमाडौं समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । प्रहरीले उनीहरूलाई नियन्त्रण लिने क्रममा प्रहरी माथी आक्रमण गरेपश्‍चात प्रहरीले आत्मरक्षाको लागि गोली प्रहार गर्दा  घाइते भएका मो. नसिर र विद्यानन्दको प्रादेशिक अस्पताल लहानमा उपचार भइरहेको छ । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको स.३ प ९१८५ नम्बर र स.११ प ८०५ नम्बरको मोटरसाइकलहरू समेत बरामद गरेको छ । दार्चुला, मालिकार्जुन गाउँपालिका-८ धामिगडा बस्ने ६० वर्षीय गगन सिंह बोहरालाई अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ १ सय ३० ग्राम र गाँजा करिब १ सय ५१ ग्राम सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरीले उनले संचालन गरेको पसल तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।   कैलाली, धनगढी उपमहानगरपालिका-८ कान्तिपुर टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ६ सय १४ मिलिग्राम सहित सोही ठाउँ डेरा गरी बस्ने कैलारी गाउँपालिका-७ घर भएकी १७ वर्षीया किशोरी समेत २ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ फेला सहित पक्राउ गरेको हो ।   यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-४ बोराडाडीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ६५ मिलिग्राम सहित ३ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-४ डेरा गरी बस्ने बैतडी सुर्नया गाउँपालिका-३ घर भएका २८ वर्षीय दिपक ऐरी, बैतडी दोगडाकेदार गाउँपालिका-६ घर भएका ३१ वर्षीय हेमन्त कार्की र कैलाली गोदावरी नगरपालिका-१ बस्ने ३२ वर्षीय शम्भू भट्ट रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढी समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   झापा, भद्रपुर नगरपालिका-५ बसपार्कबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ ग्राम ९४ मिलिग्राम सहित ३ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बिर्तामोड नगरपालिका-५ बस्ने भारत किसनगंज-१२ घर भएका ३० वर्षीय मोहित आलम, उनकै श्रीमती ३२ वर्षीया जेनेतुन खातुन र ३८ वर्षीय मोहमद तजरूल रहेका छन् । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको मे.१ ह ५०११ नम्बरको अटो जाँच गर्ने क्रममा उक्त पदार्थ फेला पारी अटो चालक मोहित, अटोमा सवार उनकै श्रीमती जेनेतुन र मोहमदलाई पक्राउ गरेको हो । सुनसरी, इनरूवा नगरपालिका-४ बसपार्कबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २२ ग्राम ४ सय ५० मिलिग्राम सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मोरङ सुन्दरहरैंचा नगरपालिका-१० बस्ने २७ वर्षीय राजन उराव र उर्लाबारी नगरपालिका-४ बस्ने ३४ वर्षीय प्रकाश उराव रहेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरी समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । मोरङ, विराटनगर महानगरपालिका-१३ बाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम ३२ ट्याब्लेट सहित सुनसरी घर भएका २५ वर्षीय रोहित उराउलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । सिआरभि पोष्ट जतुवाबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  यसैगरी मोरङ, विराटनगर महानगरपालिका-१६ दरैयाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ९१ मिलिग्राम सहित उर्लाबारी नगरपालिका-२ बस्ने २२ वर्षीय जंगे लिम्बुलाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी मोरङ, बेलबारी नगरपालिका-५ सोमबारे चोकबाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम १० ट्याब्लेट, ट्रामाडोल १ सय ८५ ट्याब्लेट, स्पास्मो १ सय ७५ ट्याब्लेट र नगद २६ हजार ३ सय ९० रूपैयाँ सहित सोही नगरपालिका-६ बस्ने १९ वर्षीय उमेश मगर समेत ३ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट सोमबारेबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   नवलपरासी पूर्व, देवचुली नगरपालिका-१७ कुलेनीबाट अवैध लागूऔषध गाँजा करिब २५ ग्राम, नियन्त्रित लागूऔषध ट्रामाडोल २० ट्याब्लेट र ऐनारगन १० ट्याब्लेट सहित सोही नगरपालिका-१७ बटटाँडी बस्ने २७ वर्षीय एलिया वाग्ले क्षेत्रीलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रजहरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  रूपन्देही, तिलोत्तमा नगरपालिका-९ मंगलापुर चोकबाट  अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब २६ ग्राम ३ सय ५० मिलिग्राम सहित रोहिणी गाउँपालिका-७ पर्सा बस्ने ४६ वर्षीय अकवाल देवानलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ‍लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवा समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ३४ जना पक्राउ
२०८३-०४-०७

काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध लागूऔषध गाँजा ८ किलोग्राम सहित २ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत मणिपुर घर भएका २० वर्षीया MONA DEVI LONGJAM र २३ वर्षीया OINAM ALLY रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय गौचरबाट खटिएको प्रहरीले थाई एयरवेजको उडानद्वारा बैंककबाट काठमाडौं आएका उनीहरूको सुटकेश तलासी गर्दा उक्त गाँजा फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।  यसैगरी काठमाडौं, टोखा नगरपालिका-९ शान्ति टोलस्थित गेष्ट हाउसबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ ग्राम ३ सय २० मिलिग्राम सहित सोलुखुम्बु माप्य दुधकोशी गाउँपालिका-६ घर भएका ३४ वर्षीय छिरिङ शेर्पा समेत २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग गोँगबुबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।  बाँके, नेपालगंज उपमहानगरपालिका-१८ बाट अवैध लागूऔषध खैरो हेरोइन ४ सय ग्राम सहित २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-१८ बस्ने २४ वर्षीया निशा मगर र रूकुम पश्चिम मुसीकोट नगरपालिका-१ घर भएकी ३३ वर्षीया ललिता बुढाथोकी रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंजबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  यसैगरी बाँके, नेपालगंज उपमहानगरपालिका-१५ जमुनाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ सय ८० मिलिग्राम सहित २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कोहलपुर नगरपालिका-१४ बस्ने २३ वर्षीय लाल बहादर परियार र २२ वर्षीय सुरज सुनार रहेका छन् । इलाका प्रहरी कार्यालय जमुनाह र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंजबाट खटिएको प्रहरीले भारतको रूपैडिया बजारबाट नेपालगंजतर्फ आउँदै गरेको भे.११ प ३४३४ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी बाँके, नेपालगंज उपमहानगरपालिका-१६ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय १० मिलिग्राम सहित सोही उपमहानगरपालिका-१४ चौलिका चोक बस्ने सोही उपमहानगरपालिका-१६ घर भएका ३२ वर्षीय रज्जन सैयादलाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय जयसपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ  सहित पक्राउ गरेको हो ।  दाङ, घोराही उपमहानगरपालिका-१४ श्रीगणेश टोल डेरा गरी बस्ने कादिर खानलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ६० मिलिग्राम र नियन्त्रित लागूऔषध ट्रामाडोल ५० ट्याब्लेट सहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।  यसैगरी दाङ, घोराही उपमहानगरपालिका-१७ पनौरा बस्ने योगेश पाण्डे समेत २ जनालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ३ सय मिलिग्राम सहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट बसपार्क घोराहीबाट खटिएको प्रहरीले योगेशको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।  सुनसरी, इटहरी उपमहानगरपालिका-२० होम्सबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ४४ ट्याब्लेट सहित सोही उपमहानगरपालिका-३ बस्ने २५ वर्षीय सरोज आचार्यलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी तरहराबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  सल्यान, शारदा नगरपालिका-१ श्रीनगरस्थित भगवती खोला बस्ने २३ वर्षीय सन्तोष बस्नेतलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय ३० मिलिग्राम सहित बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सल्यानबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।  बारा, जीतपुरसिमरा उपमहानगरपालिका-७ बकुलिया चउरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय मिलिग्राम सहित सोही उपमहानगरपालिका-८ महम्मदपुर बस्ने २८ वर्षीय सादिर हुसैन अंसारीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  चितवन, भरतपुर महानगरपालिका-४ छहारी बसपार्क बस्ने ४२ वर्षीय इन्द्र बहादुर श्रेष्ठ समेत ३ जनालाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ सय ७० मिलिग्राम, नियन्त्रित लागूऔषध ट्रामाडोल ६४ ट्याब्लेट, भोमिन ४१ ट्याब्लेट र एनारगन १३ एम्पुल सहित बुधबार राति प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय नारायणगढबाट खटिएको प्रहरीले इन्द्र बहादुरको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।  भक्तपुर, भक्तपुर नगरपालिका-१ सल्लाघारीबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ७ ट्याब्लेट सहित सोही ठाउँ बस्ने दोलखा घर भएका १९ वर्षीय पवन खड्कालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग व्यासीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  मोरङ, रंगेली नगरपालिका-६ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १३ ग्राम १ सय ४० मिलिग्राम र नियन्त्रित लागूऔषध नाइट्राजेपाम २० ट्याब्लेट सहित ताप्लेजुङ फुङलिङ नगरपालिका-२ भेटनरी चोक बस्ने २१ वर्षीय संदिप हाङगाम समेत ३ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रंगेली समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको को.२ ह ४११३ नम्बरको अटोमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  सर्लाही, हरिवन नगरपालिका-९ नयाँ रोडबाट नियन्त्रित लागूऔषध डाइक्लोमाइन १ सय १ ट्याब्लेट र टापेन्टाडोल १ सय ११ ट्याब्लेट सहित सोही नगरपालिका-९ बस्ने २४ वर्षीय रूपेश कुमार उप्रेतीलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।  इलाका प्रहरी कार्यालय हरिवन समेतबाट खटिएको प्रहरीले प्र.२-०३-०१७ प ६८७४ नम्बरको स्कुटरमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । प्रहरीले हाल फरार स्कुटर चालकको खोजी गरिरहेको छ ।  कञ्चनपुर, कृष्णपुर नगरपालिका-६ गजरौला बजारबाट अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ ५१ ग्राम ७ सय ४० मिलिग्राम सहित सोही नगरपालिका-६ बस्ने २७ वर्षीय यज्ञ राज भट्टलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गुलरियाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी कञ्चनपुर, बेलौरी नगरपालिका-१० सडकघाटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ५ सय ९० मिलिग्राम सहित बेलडाँडी गाउँपालिका-१ बस्ने २४ वर्षीय राकेश राना समेत २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलडाँडी समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-४ रातोपुलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय ९० मिलिग्राम सहित सोही ठाउँ बस्ने ३६ वर्षीय कृष्ण सेन्चुरीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेत समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  बर्दिया, बढैयाताल गाउँपालिका-२ फुटाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ सय ६० मिलिग्राम सहित झापा, झापा गाउँपालिका-६ बस्ने ३३ वर्षीय अभिषेक केसीलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  कैलाली, धनगढी उपमहानगरपालिका-४ भगवती टोलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६ सय ४१ मिलिग्राम सहित सोही ठाउँ बस्ने २८ वर्षीय पुष्कर मल्ललाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलाली समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  जुम्ला, चन्दननाथ नगरपालिका-६ छिना बस्ने २३ वर्षीय रबिन्द्र रोकाया समेत ३ जनालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय ३० मिलिग्राम सहित बुधबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरीले रबिन्द्रको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।  रूपन्देही, सिद्धार्थनगर नगरपालिका-८ अंचलपुरबाट नियन्त्रित लागूऔषध डाईजेपाम १ सय ४५ एम्पुल, प्रोमेथाजाइन  १ सय ४५ एम्पुल, बुप्रेनोर्फिन १ सय ४५ एम्पुल र सिरिन्ज ३ थान सहित दाङ घोराही उपमहानगरपालिका-१३ बस्ने २२ वर्षीय प्रवेश घर्ती मगर समेत २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा खटिएको प्रहरीले रा.७ प ७००७ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  

करिब ६ सय ५२ किलो गाँजा सहित तीन जना पक्राउ
२०८३-०४-०७

सिराहा, लहान नगरपालिका-३ बाट अवैध लागूऔषध गाँजा करिब ६ सय ५२ किलोग्राम गाँजा सहित ३ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३८ वर्षीया श्याम कुमारी साह, १९ वर्षीय शिवम साह र भारत घर भएका ३८ वर्षीय गौरव महतो रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय सिराहाबाट खटिएको प्रहरीले श्याम कुमारीको घरको कम्पाउण्डमा पार्किङ गरी राखेको बा.२१ च ५८६६ नम्बरको पिकअप गाडी तलासी गर्दा गाडीको पछाडीको भागमा फलफूलले छोपेर राखेको उक्त परिमाणको गाँजा फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।   यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।