प्रहरी महानिरीक्षक दान बहादुर कार्की संगठित अपराध सम्बन्धी क्षेत्रीय शिखर सम्मेलनमा सहभागी हुन थाइल्याण्ड प्रस्थान
२०८३-०४-०३
- A
- A-
- A+
काठमाडौं, प्रहरी महानिरीक्षक दान बहादुर कार्की Federal Bureau Of Investigation (FBI) र Royal Thai Police को आयोजनामा थाइल्याण्डको बैंककमा साउन ४ देखि ५ गतेसम्म संचालन हुने ‘The Regional Summit On Scam Center Compounds and Transnational Organized Crime’ सम्बन्धी क्षेत्रीय शिखर सम्मेलनमा सहभागी हुन आइतबार त्यसतर्फ प्रस्थान गर्नुभएको छ ।
प्रहरी महानिरीक्षक दान बहादुर कार्कीसँग उक्त सम्मेलनमा सहभागी हुन प्रहरी उपरीक्षक धर्मराज भण्डारी समेत त्यसतर्फ प्रस्थान गर्नुभएको छ ।
प्रहरी महानिरीक्षक दान बहादुर कार्कीलाई प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षक लगायत वरिष्ठ प्रहरी अधिकृतहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शुभकामना सहित बिदाइ गर्नुभयो ।
उक्त सम्मेलनमा संगठित अपराध सम्बन्धी चुनौतीहरूलाई सम्बोधन गर्न क्षेत्रीय रणनीति, संयुक्त कार्य एवम् समन्वय लगायतका एजेण्डामा वृहत्त छलफल हुने कार्यक्रम रहेको छ ।
प्रहरी महानिरीक्षक कार्कीको अनुपस्थितिमा प्रहरी अतिरिक्त महानिरीक्षक राजन अधिकारीले नेपाल प्रहरी प्रधान कार्यालयको दैनिक प्रशासनिक कामकाजको जिम्मेवारी सम्हाल्नु हुनेछ ।