भरूवा बन्दुक सहित एक जना पक्राउ
२०८३-०४-०५
- A
- A-
- A+
कैलाली, गौरीगंगा नगरपालिका-८ देउराली टोल बस्ने २९ वर्षीय पदम दर्लामीलाई एकनाले भरूवा बन्दुक १ थान सहित सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।
पदमले सोही ठाउँस्थित शिवशक्ति सामुदायिक वनमा भरूवा बन्दुक लुकाई राखेको छ भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय मसुरियाबाट खटिएको प्रहरीले उनलाई उक्त बन्दुक सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।