अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १६ जना पक्राउ
२०८३-०४-०६
- A
- A-
- A+
काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिका-८ बालुवाखानी एरीयाबाट अवैध लागूऔषध गाँजा करिब ९ सय ग्राम सहित सोही ठाउँ बस्ने दोलखा घर भएकी १९ वर्षीया एन्जिला तामाङलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग काँडाघारीबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।
कपिलवस्तु, कृष्णनगर नगरपालिका-२ पिपलबोटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ६ सय ३० मिलिग्राम सहित विजयनगर गाउँपालिका-६ खजहनी बस्ने २६ वर्षीय रन्जित प्रसाद मौर्यालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कृष्णनगरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-१० खजुराबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम ४ सय ४० मिलिग्राम सहित सोही नगरपालिका-१० बसपार्क डेरा गरी बस्ने जुम्ला चन्दननाथ नगरपालिका-९ घर भएका १९ वर्षीय तपेन्द्र हमाल समेत २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेत समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
कैलाली, धनगढी उपमहानगरपालिका-६ के आई सिंह चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ८ मिलिग्राम सहित भारत लखिमपुर खिरी बस्ने २४ वर्षीय सलमान खान समेत ३ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगर समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
भक्तपुर, चाँगुनारायण नगरपालिका-९ ताथलीबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ४६ ट्याब्लेट सहित सोही ठाउँ डेरा गरी बस्ने धादिङ थाक्रे गाउँपालिका-३ मलढुङ घर भएका २० वर्षीय सरोज महरालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
झापा, कन्काई नगरपालिका-५ तारघेरा टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय १० मिलिग्राम सहित सोही ठाउँ बस्ने २४ वर्षीय पजन मण्डललाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सुरूङगाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
दाङ, तुलसीपुर उपमहानगरपालिका-६ मदननगरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय ९० मिलिग्राम सहित सोही उपमहानगरपालिका-६ बस्ने २८ वर्षीय प्रविण शाहीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
तनहुँ, व्यास नगरपालिका-४ कालिका टोलबाट नियन्त्रित लागूऔषध नोर्फिन २ एम्पुल, डाइजेपाम २ एम्पुल र फेनारगन २ एम्पुल सहित सोही ठाउँ बस्ने २४ वर्षीय सागर गिरीलाई गए राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । थप अनुसन्धानको क्रममा उक्त लागूऔषध व्यास नगरपालिका-४ मस्जिद टोल बस्ने २५ वर्षीय अनिष क्षेत्रीको घरबाट लिएको भन्ने खुल्नासाथ अनिषको घर तलासी गर्दा नोर्फिन ४ एम्पुल, डाइजेपाम १ एम्पुल र नाइट्राजेपाम ६३ ट्याब्लेट फेला पारी उनलाई समेत प्रहरीले पक्राउ गरेको छ ।
सप्तरी, सुरूङगा नगरपालिका-२ भेडियाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम ७ सय ७० मिलिग्राम सहित सोही नगरपालिका-२ रक्सा बस्ने सुनसरी रामधुनी नगरपालिका-५ घर भएका ३७ वर्षीय अस्मिन कार्कीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
कञ्चनपुर, शुक्लाफाँटा नगरपालिका-१२ स्यालिनदीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ९ सय ६० मिलिग्राम सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-७ बस्ने ३० वर्षीय हेम राज जोशी र २८ वर्षीय रविन्द्र नेगी रहेका छन् । अस्थायी प्रहरी पोष्ट बन्साह समेतबाट खटिएको प्रहरीले बेलौरीबाट कलुवापुरतर्फ आउँदै गरेको सु.प.प्र.०१-०१३ प ०७७९ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
बारा, जीतपुर सिमरा उपमहानगरपालिका-७ सिधरी टोलबाट अवैध लागूऔषध गाँजा करिब २ किलो ७ सय ५४ ग्राम सहित सोही उपमहानगरपालिका-७ बस्ने ३७ वर्षीय दिवेन्द्र बैठालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय जीतपुरबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।