अवैध लागूऔषध सहित चार जना पक्राउ
२०८३-०४-०६
- A
- A-
- A+
काठमाडौं, लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वर काठमाडौंबाट खटिएको प्रहरीले अवैध लागूऔषध सहित २ जनालाई काठमाडौंको विभिन्न स्थानबाट पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गोकर्णेश्वर नगरपालिका-४ बस्ने ४५ वर्षीय दिपक श्रेष्ठ र बझाङ खप्तडछान्ना गाउँपालिका-१ घर भएका ३५ वर्षीय सागर जेठारा रहेका छन् । पक्राउ मध्ये दिपकलाई अवैध लागूऔषध खैरो हेरोइन १ सय ३६ ग्राम र नगद १ लाख रूपैयाँ तथा सागरलाई नियन्त्रित लागूऔषध ट्रामाडोल २ हजार ४ सय ९० ट्याब्लेट, टापेन्टाडोल ७ हजार ६२ ट्याब्लेट, नाइट्राजेपाम १ हजार ८८ ट्याब्लेट र प्रिग्याबालिन ९० हजार ट्याब्लेट सहित पक्राउ गरेको हो ।
मोरङ, रंगेली नगरपालिका-७ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय १ ग्राम सहित २ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत अररिया बौकाहा मझरा घर भएका २८ वर्षीय मोहम्मद मुन्ना र २५ वर्षीय मोहम्मद मुकुल रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको बिआर ३८ एएच ७१९३ नम्बर र बिआर ३८ ए क्यू ८२४३ नम्बरको मोटरसाइकलहरू बरामद गरेको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।