अवैध लागूऔषध ब्राउनसुगर सहित एक जना पक्राउ
२०८३-०४-०६
- A
- A-
- A+
झापा, कन्काई नगरपालिका-४ कोटीहोमबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ सय ५० मिलिग्राम सहित शिवसताक्षी नगरपालिका-१० माईधार बस्ने २२ वर्षीय सन्तोष हस्तालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय सुरूङगाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।