कोशी प्रदेश प्रहरी तालिम केन्द्र, बिराटनगर - E-Bulletin
E-Bulletin
Magh, 2082
Magh, 2082
- बाह्य प्रशिक्षक प्रविणता परीक्षा सम्पन्न(२०८२ माघ ०७ गते):मिति २०८२ माघ ०६ र ०७ गते यस कोशी प्रदेश प्रहरी तालिम केन्द्रमा संचालन भएको "बाह्य प्रशिक्षक प्रविणता परीक्षा" को दिक्षान्त आज मिति २०८२ माघ ०७ गते यस केन्द्रका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक गोविन्द अधिकारीज्यूको प्रमुख आतिथ्यमा सु-सम्पन्न भयो ।कार्यक्रममा प्रमुख अतिथिज्यूले बाह्य प्रशिक्षक प्रविणता परीक्षामा सहभागी प्रहरी कर्मचारीहरुलाई प्रमाण पत्र वितरण एवं Instructor Batch लगाईदिनुका साथै शुभ-कामना एवं बधाई दिंदै प्रशिक्षण कार्यमा अनुशासित, इमान्दार, कर्तव्यनिष्ठ र व्यवसायीक हुँदै कार्यसम्पादन गर्नु हुन समेत निर्देशन दिनु भयो ।उक्त कार्यक्रममा यस केन्द्रका सह-समादेशक प्रहरी नायव उपरीक्षक गुरु प्रसाद तिम्सिनाज्यू,प्रहरी निरीक्षकज्यूहरु,जुनियर प्रहरी अधिकृतहरु साथै उक्त परीक्षामा सहभागी प्रशिक्षार्थीहरु समेतको उपस्थिति रहेको थियो ।
- सरस्वती पुजा सम्पन्न:(२०८२ माघ ०९ गते):आज मिति २०८२ माघ ०९ गते कोशी प्रदेश प्रहरी तालिम केन्द्र विराटनगरको परिसर भित्र रहेको सरस्वती माताको मन्दिरमा वसन्तपञ्चमीको अवसरमा विद्याकी देवी सरस्वती माताको पुजा आराधना गरी सरस्वती पुजा सम्पन्न गरियो ।उक्त कार्यक्रममा कोशी प्रदेश प्रहरी तालिम केन्द्रका समादेशक प्र.व.उ.गोविन्द अधिकारीज्यू, सह-समादेशक प्रहरी नायव उपरीक्षक गुरु प्रसाद तिम्सिनाज्यू, प्रशिक्षक वर्ग एवं यस केन्द्रमा सञ्चालनरत आधारभूत तथा सेवाकालिन तालिमका प्रशिक्षार्थीहरुको उपस्थिति रहेको थियो।
- सरस्वती माता मन्दिर प्राणप्रतिष्ठा कार्यक्रम सम्पन्न:(२०८२ माघ ०९ गते):मोरङको सुन्दरहरैचा नगरपालिका – ०९, गोठगाउँस्थित निर्माणाधीन कोशी प्रदेश प्रहरी तालिम केन्द्रको परिसरमा नवनिर्मित सरस्वती मन्दिरको आज विधिवत रूपमा प्राणप्रतिष्ठा गरी सुभारम्भ गरिएको छ। नेपाल प्रहरी प्रधान कार्यालय, मानवश्रोत विकास विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक राजन अधिकारीज्यूको प्रमुख आतिथ्यतामा आयोजित एक विशेष समारोहका बीच मन्दिरको प्राणप्रतिष्ठा गरी शुभारम्भ गरिएको हो। आध्यात्मिक अनुष्ठानका साथ सम्पन्न उक्त कार्यक्रमले निर्माणाधीन तालिम केन्द्रको वातावरणमा थप सकारात्मक ऊर्जा प्रदान गर्ने विश्वास लिइएको छ।उक्त समारोहमा कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक विनोद घिमिरेज्यू, सुन्दरहरैचाका नि-वर्तमान नगर प्रमुख शिव प्रसाद ढकालज्यू, यस केन्द्रका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक गोविन्द अधिकारीज्यू, प्रहरी उपरीक्षकज्यूहरु, प्रहरी नायब उपरीक्षकज्यूहरु, प्रहरी निरीक्षकज्यूहरु लगायतका प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो। त्यस्तै गरी कार्यक्रममा संयुक्त राष्ट्रसंघीय परियोजना (UNOPS) का प्रतिनिधि, स्थानीय जनप्रतिनिधि, उद्योगी, व्यवसायी, सञ्चारकर्मी, समाजसेवी तथा स्थानीय विद्यालयका शिक्षक र विद्यार्थीहरूको समेत उत्साहजनक सहभागिता रहेको थियो ।
- कोशी प्रदेश प्रहरी तालिम केन्द्रद्वारा सम्पादित विभिन्न कार्यक्रमहरु:
- मुलुकका फरक फरक समुदाय, धर्म र भूगोलबाट प्रहरी सेवामा छनौट भई यस तालिम केन्द्रमा प्रशिक्षणरत प्रहरी जवान आधारभुत तालिम ४-१४० औं समूहका प्रशिक्षार्थीहरुमाझ यस केन्द्रका समादेशक श्रद्धेय श्रीमान प्र.व.उ. राजन अधिकारीज्यूको प्रमुख आतिथ्यतापा अतिरिक्त क्रियाकलाप अन्तर्गत एक कर्यक्रम बिच मितेरी कार्यक्रम सु-सम्पन्न भएको थियो। (२०८० जेठ २४ गते)
-
कोशी प्रदेश प्रहरी निमित्त प्रमुख तथा केन्द्रका समादेशक प्र.व.उ. श्रद्धेय श्रीमान राजेशनाथ बास्तोलाज्यूको प्रमुख आतिथ्यतामा प्रशिक्षणरत प्र.ज. आ.ता. ४-१४० औं समूहद्वारा आयोजित "फुड फेस्टिवल समारोह-२०७९" सु-सम्पन्न भएको थियो । (२०७९ चैत ३० गते)
प्रशिक्षार्थी प्रहरी जवान ४-१४० औं समूहका प्रशिक्षार्थी प्रहरी जवानहरुले रचना गरेका साहित्य लेख रचनाहरु
![]() |
![]() | ![]() |
![]() |
![]() |
![]() |








