प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN
कोशी प्रदेश प्रहरी तालिम केन्द्र, बिराटनगर - E-Bulletin

left Image right Image
E-Bulletin
Falgun, 2082

  • प्र.स.नि. आधारभूत (अल्पकालिन) तालिम ४-१९० औं समूहको अन्तरक्रिया तथा समापन कार्यक्रम सम्पन्न:
    (२०८२ फागुन ०१ गते): मिति २०८२ का पुस १६ गतेबाट यस तालिम केन्द्रमा संचालित ३५ कार्यदिन अवधिको प्र.स.नि. आधारभूत (अल्पकालिन) तालिम ४-१९० औं समूहको आज मिति २०८२ फागुन ०१ गते यस केन्द्रका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक गोविन्द अधिकारीज्यूको प्रमुख आतिथ्यमा अन्तरक्रिया तथा समापन कार्यक्रम सु-सम्पन्न भयो । साथै दीक्षित भई जाने प्रहरी जवानहरुलाई प्रमुख अतिथिज्यूले शुभ-कामना एवं बधाई दिंदै प्रशिक्षणका दौरानमा सिकेका सैद्धान्तिक तथा व्यवहारीक कुराहरु समाज र संगठनले अपेक्षा गरे अनुरुप अनुशासित, इमान्दारी पूर्वक कर्तव्यनिष्ठ भई कार्यक्षेत्रमा कार्यन्वयन गर्नुहुन समेत निर्देशन दिनु भयो । उक्त कार्यक्रममा यस केन्द्रका सह-समादेशक तथा तालिम संयोजक गुरू प्रसाद तिम्सिनाज्यू, प्रहरी निरीक्षकज्यूहरु, जुनियर प्रहरी अधिकृतहरु, प्रशिक्षक वर्गहरु, लगायत प्रशिक्षार्थीहरु समेतको उपस्थिति रहेको थियो ।

  • निरीक्षण तथा निर्देशन सम्बोधन कार्यक्रम सम्पन्न:
    (२०८२ फागुन ०८ गते):
    कोशी प्रदेश प्रहरी प्रमुख श्रद्धेय श्रीमान् प्रहरी नायव महानिरीक्षक विनोद घिमिरेज्यूले आज मिति २०८२ फागुन ०८ गते यस कोशी प्रदेश प्रहरी तालिम केन्द्र विराटनगरको एरिया/इलाका, भौतिक एवं प्रशिक्षण पूर्वाधारहरू, प्रशिक्षण गतिविधि, विभिन्न शाखाहरू र शाखाका अभिलेखहरूको चेकजाँच तथा अवलोकन गर्नु भयो । निरीक्षण पश्चात यस तालिम केन्द्रका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक गोविन्द अधिकारीज्यूले कोशी प्रदेश प्रहरी प्रमुखज्यू समक्ष तालिम केन्द्रका गतिविधि सम्बन्धी संक्षिप्त प्रस्तुतिकरण प्रस्तुत गर्नु भएको थियो । निरीक्षण कार्यक्रम पश्चात यस केन्द्रका सम्पूर्ण प्रहरी कर्मचारीहरु लगायत प्रशिक्षणरत प्रहरी जवान आधारभूत तालिम ४-१४२ औं समूहका प्रशिक्षार्थीहरुलाई योजनाबद्द शिक्षण प्रकिया अनुसार वैज्ञानिक तरिका अवलम्बन गरी अभ्यासमा आधारित दिगो एंव व्यवहारीक सिप सिकाउन र प्रशिक्षार्थीहरुलाई उक्त सिकाएका सिपहरु अनुशासित ढंगबाट सिक्न साथै कार्य क्षेत्रमा अक्षरस पालन गर्न निर्देशन दिनु भएको थियो । साथै यही फागुन २१ गते हुन गईरहेको प्रतिनिधी सभा निर्वाचनलाई निष्पक्ष, मर्यादित र शान्तिपुर्ण वातावरणमा सम्पन्न गराउन प्रभावकारी रुपमा परिचालित हुन निर्देशन समेत दिनुभयो । धन्यवाद ज्ञापनका क्रममा यस तालिम केन्द्रका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक गोविन्द अधिकारीज्यूले श्रद्धेय श्रीमान् प्रहरी नायव महानिरीक्षक विनोद घिमिरेज्यूप्रति कृतज्ञता व्यक्त गर्दै प्राप्त निर्देशनको अक्षरस: कार्यन्वयन गर्ने गराउने प्रतिवद्धता समेत जाहेर गर्नु भएको थियो ।

  • समादेशकज्यूबाट निर्देशन सम्बोधन कार्यक्रम सम्पन्न:
    (२०८२ फागुन ११ गते):
    मिति २०८२ फागुन ११ गते यस कोशी प्रदेश प्रहरी तालिम केन्द्र विराटनगरका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक गोविन्द अधिकारीज्यूले यहि फागुन २१ गते हुन गईरहेको प्रतिनिधी सभा सदस्य निर्वाचनको लागि कोशी प्रदेश अन्तर्गतका विभिन्न जिल्लाहरुमा थप मद्दत खटि जान लागेका यस केन्द्रमा कार्यरत प्रहरी कर्मचारी एंव प्रशिक्षणरत प्रहरी जवान आधारभूत तालिम ४-१४२ औं समूहका प्रशिक्षार्थी प्रहरी जवानहरुलाई आवश्यक निर्देशन सम्बोधन गर्नुभयो ।
    निर्देशन सम्बोधनका क्रममा समादेशकज्यूले फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ लाई स्वच्छ, निष्पक्ष, भयरहित तथा पारदर्शी तवरले सम्पन्न गराउन नेपाल प्रहरीको भूमिका अत्यन्त महत्वपूर्ण रहेको हुँदा सम्पूर्ण प्रहरी कर्मचारी तथा प्रशिक्षार्थीहरुले निर्वाचन कार्यमा खटिँदा उच्च सतर्कता, अनुशासन र व्यावसायिक आचरण कायम राख्ने, निर्वाचन आचारसंहिता पूर्ण पालना गर्दै कुनै पनि राजनीतिक दल, उम्मेदवार एंव निर्वाचन प्रहरीप्रति पक्षपातपूर्ण व्यवहार नगरी कुनै किसिमको अवाञ्छित गतिविधि, भीडभाड, झडप वा कानून विपरीतका क्रियाकलाप हुने देखिएमा तुरुन्त नियन्त्रणमा लिई माथिल्लो निकायबाट भएको निर्देशनहरूको पूर्ण पालना गरी राष्ट्र र नागरिकप्रति उत्तरदायी, इमान्दारी, निष्ठा र कर्तव्यपरायणताका साथ निर्वाचनलाई सम्पन्न गराउन सम्पूर्णलाई निर्देशन दिनुभयो । गराउने प्रतिवद्धता समेत जाहेर गर्नु भएको थियो ।

     २०८२ बैशाख महिना

     २०८२ जेठ महिना

     २०८२ असार महिना

     २०८२ साउन महिना

     २०८२ भदौ महिना

     २०८२ असोज महिना

     २०८२ कात्तिक महिना

     २०८२ मंसिर महिना

     २०८२ पुस महिना

     २०८२ माघ महिना

  • कोशी प्रदेश प्रहरी तालिम केन्द्रद्वारा सम्पादित विभिन्न कार्यक्रमहरु:
  • मुलुकका फरक फरक समुदाय, धर्म र भूगोलबाट प्रहरी सेवामा छनौट भई यस तालिम केन्द्रमा प्रशिक्षणरत प्रहरी जवान आधारभुत तालिम ४-१४० औं समूहका प्रशिक्षार्थीहरुमाझ यस केन्द्रका समादेशक श्रद्धेय श्रीमान  प्र.व.उ. राजन अधिकारीज्यूको प्रमुख आतिथ्यतापा अतिरिक्त क्रियाकलाप अन्तर्गत एक कर्यक्रम बिच मितेरी कार्यक्रम सु-सम्पन्न भएको थियो। (२०८० जेठ २४ गते)

  • कोशी प्रदेश प्रहरी निमित्त प्रमुख तथा केन्द्रका समादेशक प्र.व.उ. श्रद्धेय श्रीमान राजेशनाथ बास्तोलाज्यूको प्रमुख आतिथ्यतामा प्रशिक्षणरत प्र.ज. आ.ता. ४-१४० औं समूहद्वारा आयोजित "फुड फेस्टिवल समारोह-२०७९" सु-सम्पन्न भएको थियो । (२०७९ चैत ३० गते)

  • प्रशिक्षार्थी प्रहरी जवान ४-१४० औं समूहका प्रशिक्षार्थी प्रहरी जवानहरुले रचना गरेका साहित्य लेख रचनाहरु







Card image cap
Govinda Adhikari

SSP