प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN
कोशी प्रदेश प्रहरी तालिम केन्द्र, बिराटनगर - E-Bulletin

left Image right Image
E-Bulletin
Baishak, 2083

  • नेपाल प्रहरी संगठन प्रहरी प्रमुख श्रद्धेय श्रीमान प्रहरी महानिरीक्षक दान बहादुर कार्कीज्यूबाट निर्देशन सम्बोधन कार्यक्रम सम्पन्न
    (२०८३ जेठ १९ गते):
    नेपाल प्रहरी संगठन प्रहरी प्रमुख श्रद्धेय श्रीमान प्रहरी महानिरीक्षक दान बहादुर कार्कीज्यूबाट आज मिति २०८३ जेठ १९ गते यस कोशी प्रदेश प्रहरी तालिम केन्द्र विराटनगरमा निर्देशन सम्बोधनको क्रममा कानून कार्यन्वयन गराउने पहिलो निकाय एवं सरकारको साक्षात प्रतिनिधि प्रहरी भएको हुनाले नागरिकका समस्याहरुमा प्रतिवद्ध भएर लाग्न,नागरिक सेवा निष्पक्ष रुपमा गर्न, सामाजिक संजाल वरदान मात्र नभएर अभिसाप पनि हुन सक्ने भएकाले सामाजिक संजाल प्रयोगमा प्रहरी कर्मचारीहरुले आचारसंहिता लाई विशेष ध्यान दिनुपर्ने कुरामा उदाहरण सहित स्पष्ट पार्नु भएको थियो । प्रहरी कर्मचारीहरुको निश्वार्थ भावले नागरिकको सेवा गर्नुपर्ने कुरालाई औल्याउँदै सेवाग्राहीहरुसँग केही अपेक्षा नगरिकन प्रहरी गरिब, दुखी, पीडित, असहाय वर्गको साथी हुनुपर्ने, सेवाग्राहीहरुको पिर मार्काहरुको प्रत्यक्ष रुपमा सम्बोधन गर्नु पर्ने, chain of command लाई ख्याल गर्दै दैनिक सम्पादित कार्यहरुको समयमा रिपोर्टिङ गर्ने, प्रहरीको बोलीचाली एंव भाषा सम्प्रेषणमा भाषिक शुद्धतालाई विशेष रुपमा ख्याल गर्नुपर्ने साथै प्रविधि मैत्री प्रहरीले मात्रै आजको समाजमा समायोजन भएर प्रहरी कार्य गर्न सक्ने भएको हुदाँ समय सापेक्ष प्रहरी कर्मचारीहरुलाई प्रदान गरीने तालिममा समेत परिष्कृत गरी सोही बमोजिम प्रशिक्षण गराई आजको युग सुहाउँदो दक्ष प्रहरी जनशक्ती उत्पादन गर्नुपर्ने कुरामा समेत प्रष्ट पार्नु भएको थियो । उक्त कार्याक्रममा नेपाल प्रहरी प्रधान कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक मुकुन्द मरासिनीज्यू,कोशी प्रदेश प्रहरी तालिम केन्द्रका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक गोविन्द अधिकारीज्यू,नेपाल प्रहरी प्रदेश कार्यालय धरानका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक ज्ञानेन्द्र प्रसाद फुयालज्यू, कोशी प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक योगेन्द्र सिंह थापाज्यू, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय ईटहरी,कोशी प्रदेश प्रहरी गण विराटनगर,नेपाल प्रहरी विशेष सुरक्षा गण दुहवी सुनसरी, जिप्रका झापा,मोरङ, सुनसरी,उदयपुर,धनकुटाका प्रहरी उपरीक्षकज्यूहरु, इलाका प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षकज्यूहरु तथा प्रहरी निरीक्षकज्यूहरु, एंव चौकी प्रमुखहरु, प्रशिक्षक वर्ग र उन्नत तालिम तथा आधारभूत तालिमका प्रशिक्षार्थीहरु समेत गरी ५६३ जनाको उपस्थिति रहेको थियो ।

  • राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगञ्जका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक श्रद्धेय श्रीमान शिद्धी बिक्रम शाहज्यूबाट निरीक्षण तथा निर्देशन सम्बोधन कार्यक्रम सम्पन्न
    (२०८३ जेठ २० गते):
    नेपाल प्रहरी तालिम सञ्चालन कार्यादेश २०७९ बमोजिम हाल सञ्चालन भईरहेका तालिम अन्तर्गत प्रशिक्षणको स्तर तथा गुणस्तरीयता लगायतका गतिविधिहरुको अनुगमन तथा निरीक्षण कार्यक्रमको लागि राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगञ्जका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक श्रद्धेय श्रीमान शिद्धी बिक्रम शाहज्यू बाट आज मिति २०८३ जेठ २० गते यस कोशी प्रदेश प्रहरी तालिम केन्द्रको भौतिक तथा प्रशिक्षण पूर्वाधारहरु र कार्यालयका विभिन्न शाखाहरुको स्थलगत अनुगमन तथा निरीक्षण गर्नुका साथै वाह्य तथा आन्तरिक प्रशिक्षकहरु संग अन्तरक्रिया कार्यक्रम समेत गर्नु भएको र तत: पश्चात राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगञ्जका कार्यकारी निर्देशकज्यूले यस तालिम केन्द्रमा कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरु लगायत प्रशिक्षणरत सेवाकालिन तथा आधारभूत तालिमका प्रशिक्षार्थीहरुलाई निर्देशन सम्बोधन गर्नु भएको थियो । उक्त कार्यक्रममा तालुक कोशी प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक योगेन्द्र सिंह थापाज्यू समेतको उपस्थित रहेको थियो । कार्यक्रमको अन्तमा यस तालिम केन्द्रका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक गोविन्द अधिकारीज्यूले श्रद्धेय श्रीमान् प्रहरी अतिरिक्त महानिरीक्षक शिद्धी बिक्रम शाहज्यूप्रति धन्यवाद ज्ञापन गर्दै प्राप्त निर्देशनको अक्षरस: कार्यन्वयन गर्ने प्रतिबद्धता समेत जाहेर गर्नु भएको थियो ।

  • १ दिने योग शिविर तथा Stress management कार्यक्रम सम्पन्न
    (२०८३ जेठ २१ गते):
    कोशी प्रदेश प्रहरी तालिम केन्द्र विराटनगर र ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय, कोशी प्रदेशको संयुक्त आयोजनामा आज मिति २०८३ जेठ २१ गते यस केन्द्रमा १ दिने नि:शुल्क योग विज्ञान तथा Stress management शिविर प्रारम्भ गरियो ।
    उक्त शिविरमा यस केन्द्रका समादेशक प्र.व.उ. गोविन्द अधिकारीज्यू, वरिष्ठ राजयोग ध्यान प्रशिक्षक विजय राज शर्मा सिग्देलज्यू,ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालयका प्रशिक्षकज्यूहरु,ब्रह्माकुमारी राज योग केन्द्र विराटनगरका प्रशिक्षकज्यूहरु लगायत यस केन्द्रका सह-समादेशक प्र.ना.उ. विनोद कुमार सुनुवारज्यू, प्रहरी निरीक्षकज्यूहरु, जुनियर प्रहरी अधिकृतज्यूहरु, प्रशिक्षक वर्ग एवं यस केन्द्रमा प्रशिक्षणरत उन्नत तथा आधारभुत तालिमका प्रशिक्षार्थीहरु समेत गरी जम्मा ४०० जनाको सहभागिता रहेको थियो ।

  • धन्यवाद तथा शुभकामना ज्ञापन कार्यक्रम सम्पन्न
    (२०८३ जेठ २४ गते):
    तालुक नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभागको मिति २०८३/०२/१८ गतेको पत्रादेशानुसार कोशी प्रदेश प्रहरी तालिम केन्द्र विराटनगरबाट तालुक नेपाल प्रहरी प्रधान कार्यालय, प्रदेश समन्वय विभाग, नक्साल काठमाण्डौ दरबन्दीमा सरुवा भई जान लाग्नु भएका प्रहरी वरिष्ठ उपरीक्षक गोविन्द अधिकारीज्यूलाई आज मिति २०८३ जेठ २४ गते यस केन्द्रका सह-समादेशक प्रहरी नायव उपरीक्षक विनोद कुमार सुनुवारज्यूले एक कार्यक्रमका बिच व्यक्तिगत, पारिवारिक तथा व्यवसायिक जीवनको सफलताको शुभकामना सहित धन्यवाद तथा शुभकामना ज्ञापन गर्नु भयो ।
    उक्त कार्यक्रममा बिदाई भई जान लाग्नु भएका प्रहरी वरिष्ठ उपरीक्षक गोविन्द अधिकारीज्यूले आफ्नो मन्तव्यका क्रममा कार्यकाल सफलतापूर्वक सम्पन्न गर्न प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग पुर्याउनु हुने सिनियर प्रहरी अधिकृत, जुनियर प्रहरी अधिकृत लगायत सम्पूर्ण प्रहरी कर्मचारीहरुलाई हार्दिक धन्यवाद तथा कृतज्ञता व्यक्त गर्नुभयो। उहाँले पूर्व समादेशकज्यूहरूबाट प्रारम्भ गरिएका असल अभ्यास तथा संस्थागत सुधारका प्रयासहरूलाई निरन्तरता प्रदान गर्दै आफ्नो कार्यकालमा कर्मचारीहरूको मनोबल, उत्प्रेरणा तथा कार्यसम्पादन क्षमता अभिवृद्धि गर्ने उद्देश्यले बिदा क्यालेन्डर निर्माण तथा कार्यान्वयन लगायतका रचनात्मक तथा कर्मचारीमैत्री अभ्यासहरूको सुरुवात गरिएको उल्लेख गर्नुभयो। यस्ता सकारात्मक पहलहरूले प्रहरी कर्मचारीहरूमा उत्साह, जिम्मेवारीबोध र व्यावसायिक प्रतिबद्धता अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास समेत व्यक्त गर्नुभयो।
    साथै, जनशक्ति उत्पादनको महत्वपूर्ण जिम्मेवारी वहन गर्दै अहोरात्र खटिनुहुने प्रशिक्षकहरूलाई समयसापेक्ष ज्ञान, शिप र क्षमताले सम्पन्न, अनुशासित, नैतिकवान तथा उच्च व्यवसायिक एवं दक्ष प्रहरी जनशक्ति उत्पादनमा थप समर्पित भई कार्य गर्न निर्देशन दिनुभयो। उहाँले विगतका कार्यसम्पादन, अभ्यास तथा अनुभवहरूको निरन्तर मूल्याङ्कन र विश्लेषण गरी विद्यमान कमी/ कमजोरीहरूलाई सुधार गर्दै भविष्यमा अझ उत्कृष्ट, प्रभावकारी र नतिजामुखी कार्यसम्पादनतर्फ अग्रसर हुनुपर्नेमा जोड दिनुभयो। आपसी सद्भाव, विश्वास, सहकार्य, भाइचारा तथा सहयोगको भावनालाई थप सुदृढ बनाउँदै समाज र राष्ट्रप्रति समर्पित, जिम्मेवार तथा कर्तव्यनिष्ठ जनशक्ति उत्पादन गर्न प्रशिक्षक वर्ग अझ सक्रिय, सिर्जनशील र उत्तरदायी बन्नुपर्ने आवश्यकता औंल्याउँदै आफ्नो जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्न निर्देशन समेत दिनुभयो।
    उक्त कार्यक्रममा यस केन्द्रका प्रहरी निरीक्षकज्यूहरु, जुनियर प्रहरी अधिकृतहरु, प्र.ह./प्र.ज., प्र.का.स. लगायत यस केन्द्रमा प्रशिक्षणरत प्रहरी जवान आधारभूत तालिमका प्रशिक्षार्थीहरु समेतको उपस्थिती रहेको थियो ।

  • स्वागत तथा निर्देशन सम्बोधन कार्यक्रम सम्पन्न
    (२०८३ जेठ २५ गते):
    पदबहाली पश्चात् कोशी प्रदेश प्रहरी तालिम केन्द्रमा कार्यरत प्रहरी कर्मचारीहरूलाई निर्देशनात्मक सम्बोधन गर्नुहुँदै समादेशक प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठज्यू।

     २०८३ बैशाख महिना

  • कोशी प्रदेश प्रहरी तालिम केन्द्रद्वारा सम्पादित विभिन्न कार्यक्रमहरु:
  • मुलुकका फरक फरक समुदाय, धर्म र भूगोलबाट प्रहरी सेवामा छनौट भई यस तालिम केन्द्रमा प्रशिक्षणरत प्रहरी जवान आधारभुत तालिम ४-१४० औं समूहका प्रशिक्षार्थीहरुमाझ यस केन्द्रका समादेशक श्रद्धेय श्रीमान  प्र.व.उ. राजन अधिकारीज्यूको प्रमुख आतिथ्यतापा अतिरिक्त क्रियाकलाप अन्तर्गत एक कर्यक्रम बिच मितेरी कार्यक्रम सु-सम्पन्न भएको थियो। (२०८० जेठ २४ गते)

  • कोशी प्रदेश प्रहरी निमित्त प्रमुख तथा केन्द्रका समादेशक प्र.व.उ. श्रद्धेय श्रीमान राजेशनाथ बास्तोलाज्यूको प्रमुख आतिथ्यतामा प्रशिक्षणरत प्र.ज. आ.ता. ४-१४० औं समूहद्वारा आयोजित "फुड फेस्टिवल समारोह-२०७९" सु-सम्पन्न भएको थियो । (२०७९ चैत ३० गते)

  • प्रशिक्षार्थी प्रहरी जवान ४-१४० औं समूहका प्रशिक्षार्थी प्रहरी जवानहरुले रचना गरेका साहित्य लेख रचनाहरु







Card image cap
Shiva Kumar Shrestha

SSP