जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०८३-०८-०६
- A
- A-
- A+
मोरङ, १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा लेटाङ नगरपालिका-६ कपासे टोल बस्ने २१ वर्षीय बिकास भन्ने भुवानी प्रसाद लम्साललाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
लम्सालले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय लेटाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।