प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

बैंकिङ कसुर मुद्दामा संलग्न रहेका चार जना पक्राउ

२०८३-०४-१४

  • A
  • A-
  • A+
Share

काठमाडौं, बैंकिङ कसुरमा मुद्दामा संलग्न रहेको अभियोगमा ४ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं तिनकुने बस्ने बैतडी घर भएकी ४० वर्षीया रश्मी पन्त, रूपन्देही सिद्धार्थनगर नगरपालिका-८ बस्ने गुल्मी घर भएका ४४ वर्षीय सन्तोष ज्ञवाली, रूपन्देही सिद्धार्थनगर नगरपालिका-७ बस्ने गुल्मी घर भएका ४१ वर्षीय राजेन्द्र श्रेष्ठ र रूपन्देही तिलोत्तमा नगरपालिका-४ बस्ने ४८ वर्षीय शिशिर पौडेल रहेका छन् ।

उच्च अदालत पाटनबाट पक्राउ अनुमति लिई केन्द्रीय अनुसन्धान ब्यूरो काठमाडौंबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित समाचार
ठगी, आपराधिक विश्वासघात तथा संगठित अपराध सम्बन्धी कसुरमा संलग्न व्यक्ति पक्राउ
२०८३-०४-१५

काठमाडौं, ठगी, आपराधिक विश्वासघात तथा संगठित अपराध सम्बन्धी कसुरमा संलग्न रहेको अभियोगमा तत्कालीन नेपाल दूरसञ्चार प्राधिकरणका कार्यकारी अध्यक्ष ललितपुर, ललितपुर महानगरपालिका-२३  बस्ने दाङ घर भएका ५२ वर्षीय भुपेन्द्र भण्डारीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत काठमाडौंबाट उक्त मुद्दामा पक्राउ पुर्जी अनुमति प्राप्त भएपश्चात  केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  नेपाल दूरसञ्चार प्राधिकरण काठमाडौंबाट २०७० वैशाख ०२ गते स्मार्ट टेलिकम प्रालिको नाममा प्रदान गरिएको आधारभूत टेलिफोन सेवाको अनुमतिपत्र नियमानुसार नवीकरण नगरेको कारणबाट २०८० वैशाख २ गते देखि स्वतः रद्द भएको थियो । अनुमतिपत्र बहाल नरहेका दूरसञ्चार सेवा प्रदायकको सम्पत्ति व्यवस्थापन नियमावली, २०७९ को नियम १८ वमोजिम सम्पूर्ण सम्पत्ति र दूरसञ्चार पूर्वाधार, संरचना, दूरसञ्चार प्रणाली र दूरसञ्चार सञ्जाल समेतको सम्पत्ति नेपाल दूरसञ्चार प्राधिकरणको नाममा आएकोमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र एनसेल आजीयाटा लिमिटेडको मिलेमतोमा गैर कानुनी रूपमा लिलाम गरी/गराई नेपाल सरकार/दूरसञ्चार प्राधिकरणको हक हनन गरी गैर कानुनी रूपमा लिलामी गरेको ठगी, आपराधिक विश्वासधात तथा संगठित अपराध मुद्दामा उनको संलग्नता रहेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ
२०८३-०४-१५

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा काठमाडौं टोखा नगरपालिका-१० बस्ने दाङ घर भएका ३२ वर्षीय पवन कुमार केसी (बिक्रम), काठमाडौं महानगरपालिका-३ बस्ने रौतहट घर भएका २१ वर्षीय सुधिर प्रसाद जयसवाल र काठमाडौं महानगरपालिका-२५ बस्ने काभ्रे घर भएकी ३८ वर्षीया लक्ष्मी खड्का रहेका छन् ।  पक्राउ मध्ये पवनले सिंगापुर पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ७ लाख रूपैयाँ, सुधिरले साईप्रस पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख रूपैयाँ र लक्ष्मीले रोमानिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले पवनलाई काठमाडौं महानगरपालिका-१० बाट, सुधिरलाई काठमाडौं टोखा नगरपालिका-९ बाट र लक्ष्मीलाई काठमाडौं महानगरपालिका-१२ बाट पक्राउ गरेको हो ।  उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको    छ । 

अवैध रूपमा भिओआइपी संचालन गर्ने व्यक्ति पक्राउ
२०८३-०४-१५

रूपन्देही, अवैध रूपमा भिओआइपी संचालन गरेको अभियोगमा गोरखा चुमनुव्री गाउँपालिका-४ बस्ने ६२ वर्षीय छिरिङ गुरूङलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रूपन्देही र इलाका प्रहरी कार्यालय बेलहियाबाट खटिएको प्रहरीले उनलाई सिद्धार्थनगर नगरपालिका-१ स्थित न्यू मुक्ति होटल एण्ड रेष्टुरेन्टबाट भिओआइपी संचालन गर्न प्रयोग गरिएको विभिन्न सरसामान सहित पक्राउ गरेको हो ।उनी उपर दुरसंचार ऐन, २०५३ अन्तर्गतको कसुरमा जिल्ला अदालत रूपन्देहीबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

हत्या गरेको अभियोगमा पक्राउ
२०८३-०४-१४

रूकुम पश्‍चिम, आफ्नै बुबा ७४ वर्षीय ठगेन्द्र घर्तीको हत्या गरेको अभियोगमा सानिभेरी गाउँपालिका-८ हुसीखोला बस्ने ३२ वर्षीय पारस घर्तीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पारसले धारिलो हतियार हँसिया प्रहार गर्दा ठगेन्द्रको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय रूकुम पश्‍चिमबाट खटिएको प्रहरीले पारसलाई पक्राउ गरेको हो । डोटी, आफ्नै श्रीमती ४७ वर्षीया अमृता ओलीको हत्या गरेको अभियोगमा जोरायल गाउँपालिका-४ देउथली बस्ने ५१ वर्षीय चन्द्र बहादुर ओलीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । चन्द्र बहादुरले मादक पदार्थ सेवन गरी कुटपिट गर्दा अमृता गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय जोरायलबाट खटिएको प्रहरीले चन्द्र बहादुरलाई पक्राउ गरेको हो । गम्भीर घाइते भएकी अमृताको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
२०८३-०४-१४

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-३२ बस्ने तेह्रथुम घर भएका ४३ वर्षीय लाक्पा शेर्पा र काठमाडौं महानगरपालिका-२६ बस्ने नवलपरासी पूर्व घर भएकी ३९ वर्षीया कालिका रोक्का रहेका छन् । पक्राउ मध्ये लाक्पाले जर्जिया पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ५ लाख ५० हजार रूपैयाँ र कालिकाले युके पठाइदिन्छु भन्दै १ जना पीडितबाट ५ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनीहरूलाई काठमाडौं महानगरपालिका-२६ बाट पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।