भरूवा बन्दुक र अवैध लागूऔषध गाँजा सहित पक्राउ
२०८३-०४-१४
- A
- A-
- A+
मोरङ, सुन्दरहरैंचा नगरपालिका-१० मुनालझोडा बस्ने ५६ वर्षीय बल बहादुर राईलाई भरूवा बन्दुक १ थान र अवैध लागूऔषध गाँजा करिब १ किलो ५ सय ग्राम सहित बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त बन्दुक र गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।