हत्या गरेको अभियोगमा पक्राउ
२०८३-०४-१४
- A
- A-
- A+
रूकुम पश्चिम, आफ्नै बुबा ७४ वर्षीय ठगेन्द्र घर्तीको हत्या गरेको अभियोगमा सानिभेरी गाउँपालिका-८ हुसीखोला बस्ने ३२ वर्षीय पारस घर्तीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पारसले धारिलो हतियार हँसिया प्रहार गर्दा ठगेन्द्रको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमबाट खटिएको प्रहरीले पारसलाई पक्राउ गरेको हो ।
डोटी, आफ्नै श्रीमती ४७ वर्षीया अमृता ओलीको हत्या गरेको अभियोगमा जोरायल गाउँपालिका-४ देउथली बस्ने ५१ वर्षीय चन्द्र बहादुर ओलीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । चन्द्र बहादुरले मादक पदार्थ सेवन गरी कुटपिट गर्दा अमृता गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय जोरायलबाट खटिएको प्रहरीले चन्द्र बहादुरलाई पक्राउ गरेको हो । गम्भीर घाइते भएकी अमृताको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।