प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अवैध रूपमा भिओआइपी संचालन गर्ने व्यक्ति पक्राउ

२०८३-०४-१५

  • A
  • A-
  • A+
Share

रूपन्देही, अवैध रूपमा भिओआइपी संचालन गरेको अभियोगमा गोरखा चुमनुव्री गाउँपालिका-४ बस्ने ६२ वर्षीय छिरिङ गुरूङलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । 

जिल्ला प्रहरी कार्यालय रूपन्देही र इलाका प्रहरी कार्यालय बेलहियाबाट खटिएको प्रहरीले उनलाई सिद्धार्थनगर नगरपालिका-१ स्थित न्यू मुक्ति होटल एण्ड रेष्टुरेन्टबाट भिओआइपी संचालन गर्न प्रयोग गरिएको विभिन्न सरसामान सहित पक्राउ गरेको हो ।

उनी उपर दुरसंचार ऐन, २०५३ अन्तर्गतको कसुरमा जिल्ला अदालत रूपन्देहीबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार
ठगी, आपराधिक विश्वासघात तथा संगठित अपराध सम्बन्धी कसुरमा संलग्न व्यक्ति पक्राउ
२०८३-०४-१५

काठमाडौं, ठगी, आपराधिक विश्वासघात तथा संगठित अपराध सम्बन्धी कसुरमा संलग्न रहेको अभियोगमा तत्कालीन नेपाल दूरसञ्चार प्राधिकरणका कार्यकारी अध्यक्ष ललितपुर, ललितपुर महानगरपालिका-२३  बस्ने दाङ घर भएका ५२ वर्षीय भुपेन्द्र भण्डारीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत काठमाडौंबाट उक्त मुद्दामा पक्राउ पुर्जी अनुमति प्राप्त भएपश्चात  केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  नेपाल दूरसञ्चार प्राधिकरण काठमाडौंबाट २०७० वैशाख ०२ गते स्मार्ट टेलिकम प्रालिको नाममा प्रदान गरिएको आधारभूत टेलिफोन सेवाको अनुमतिपत्र नियमानुसार नवीकरण नगरेको कारणबाट २०८० वैशाख २ गते देखि स्वतः रद्द भएको थियो । अनुमतिपत्र बहाल नरहेका दूरसञ्चार सेवा प्रदायकको सम्पत्ति व्यवस्थापन नियमावली, २०७९ को नियम १८ वमोजिम सम्पूर्ण सम्पत्ति र दूरसञ्चार पूर्वाधार, संरचना, दूरसञ्चार प्रणाली र दूरसञ्चार सञ्जाल समेतको सम्पत्ति नेपाल दूरसञ्चार प्राधिकरणको नाममा आएकोमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र एनसेल आजीयाटा लिमिटेडको मिलेमतोमा गैर कानुनी रूपमा लिलाम गरी/गराई नेपाल सरकार/दूरसञ्चार प्राधिकरणको हक हनन गरी गैर कानुनी रूपमा लिलामी गरेको ठगी, आपराधिक विश्वासधात तथा संगठित अपराध मुद्दामा उनको संलग्नता रहेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ
२०८३-०४-१५

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा काठमाडौं टोखा नगरपालिका-१० बस्ने दाङ घर भएका ३२ वर्षीय पवन कुमार केसी (बिक्रम), काठमाडौं महानगरपालिका-३ बस्ने रौतहट घर भएका २१ वर्षीय सुधिर प्रसाद जयसवाल र काठमाडौं महानगरपालिका-२५ बस्ने काभ्रे घर भएकी ३८ वर्षीया लक्ष्मी खड्का रहेका छन् ।  पक्राउ मध्ये पवनले सिंगापुर पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ७ लाख रूपैयाँ, सुधिरले साईप्रस पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख रूपैयाँ र लक्ष्मीले रोमानिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले पवनलाई काठमाडौं महानगरपालिका-१० बाट, सुधिरलाई काठमाडौं टोखा नगरपालिका-९ बाट र लक्ष्मीलाई काठमाडौं महानगरपालिका-१२ बाट पक्राउ गरेको हो ।  उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको    छ । 

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
२०८३-०४-१४

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-३२ बस्ने तेह्रथुम घर भएका ४३ वर्षीय लाक्पा शेर्पा र काठमाडौं महानगरपालिका-२६ बस्ने नवलपरासी पूर्व घर भएकी ३९ वर्षीया कालिका रोक्का रहेका छन् । पक्राउ मध्ये लाक्पाले जर्जिया पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ५ लाख ५० हजार रूपैयाँ र कालिकाले युके पठाइदिन्छु भन्दै १ जना पीडितबाट ५ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनीहरूलाई काठमाडौं महानगरपालिका-२६ बाट पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

अभद्र व्यवहार गर्ने व्यक्ति पक्राउ
२०८३-०४-१४

काठमाडौं, अभद्र व्यवहार गरेको कसुरमा संलग्न रहेको अभियोगमा २ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ललितपुर महानगरपालिका-२५ बस्ने मकवानपुर घर भएका ३४ वर्षीय राज घिसिङ र काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-७ बस्ने सिन्धुली घर भएका ४१ वर्षीय दिपक पहाडी रहेका छन् । काठमाडौं महानगरपालिका-१२ टेकुस्थित सार्वजनिक स्थानमा आवत जावत गर्ने सर्वसाधारण व्यक्तिहरूलाई गाली गलौज गर्ने, धाकधम्की तथा दु:ख हैरानी दिई अभद्र व्यवहार गर्ने तथा सवारी आवागमनमा समेत बाधा अवरोध पुर्‍याएको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु काठमाडौंबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि प्रहरी वृत्त कालिमाटी पठाइएको छ ।