वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ
२०८३-०४-१५
- A
- A-
- A+
काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा काठमाडौं टोखा नगरपालिका-१० बस्ने दाङ घर भएका ३२ वर्षीय पवन कुमार केसी (बिक्रम), काठमाडौं महानगरपालिका-३ बस्ने रौतहट घर भएका २१ वर्षीय सुधिर प्रसाद जयसवाल र काठमाडौं महानगरपालिका-२५ बस्ने काभ्रे घर भएकी ३८ वर्षीया लक्ष्मी खड्का रहेका छन् ।
पक्राउ मध्ये पवनले सिंगापुर पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ७ लाख रूपैयाँ, सुधिरले साईप्रस पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख रूपैयाँ र लक्ष्मीले रोमानिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले पवनलाई काठमाडौं महानगरपालिका-१० बाट, सुधिरलाई काठमाडौं टोखा नगरपालिका-९ बाट र लक्ष्मीलाई काठमाडौं महानगरपालिका-१२ बाट पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।