प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २७ जना पक्राउ

२०८३-०४-२१

  • A
  • A-
  • A+
Share

काठमाडौं महानगरपालिका-१६ वाईपास बस्ने ५३ वर्षीया शान्ती नगरकोटीलाई नियन्त्रित लागूऔषध डाईजेपाम १७ एम्पुल, बुप्रेनोर्फिन १७ एम्पुल, प्रमोथाजाइन १७ एम्पुल र नगद २ लाख २६ हजार ८ सय ५० रूपैयाँ सहित बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो । 

नवलपरासी पूर्व, देवचुली नगरपालिका-२ सिजि अगाडि अंकित रेष्टुरेन्ट एण्ड लजबाट नियन्त्रित लागूऔषध डाईजेपाम ४१ एम्पुल, बुप्रेनोर्फिन ४० एम्पुल र फेनारगन ३९ एम्पुल सहित २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-१४ बस्ने ३५ वर्षीय मन्जिल श्रेष्ठ र सोही नगरपालिका-१३ बस्ने ४० वर्षीय राम प्रसाद अर्याल रहेका छन् । इलाका प्रहरी कार्यालय रजहरबाट खटिएको प्रहरीले लजको १०९ नम्बरको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । 

सिन्धुली, दुधौली नगरपालिका-९ श्रीमन पेट्रोपम्प नजिकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ४४ ग्राम ३ सय ४० मिलिग्राम सहित ३ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा  सिराहा लक्ष्मीपुर पतारी गाउँपालिका-२ बस्ने २९ वर्षीय उमेश कुमार यादव, २५ वर्षीय गुल्सन प्रसाद साह र लहान नगरपालिका-१० बस्ने ३० वर्षीय रमेश कुमार राम रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दिबास समेतबाट खटिएको प्रहरीले मिर्चयाबाट काठमाडौंतर्फ जाँदै गरेको बा.१६ च ७८४६ नम्बरको कारमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

सुनसरी, धरान उपमहानगरपालिका-१६ बाट नियन्त्रित लागूऔषध ट्रामाडोल ३ सय १३ ट्याब्लेट र स्पास्पेन २ सय ९५ ट्याब्लेट र स्पारेष्ट १० ट्याब्लेट सहित सोही उपमहानगरपालिका-१३ बस्ने २२ वर्षीय अनिष तामाङ समेत ५ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । 

यसैगरी सुनसरी, दुहबी नगरपालिका-५ फुटबल चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्रम सहित इटहरी उपमहानगरपालिका-९ बस्ने २२ वर्षीय निमा शेर्पालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय दुहबीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

यसैगरी सुनसरी, इटहरी उपमहानगरपालिका-५ जन्ताबस्ती बस्ने २३ वर्षीय बादल चौधरीलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६ सय २० मिलिग्राम सहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

झापा, मेचीनगर नगरपालिका-६ पुरानो मेचीपुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ४ सय ९० मिलिग्राम सहित इलाम सुर्योदय नगरपालिका-४ बस्ने २६ वर्षीय सलमान थापालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । 

कास्की, पोखरा महानगरपालिका-८ सृजनाचोकस्थित मण्डल खाजा घरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १ सय ४५ ग्राम २ सय ७० मिलिग्राम र डिजिटल तराजु १ थान सहित खाजा घर संचालक सोही ठाउँ डेरा गरी बस्ने भारत मोतिहारी पूर्वी चम्पदा झाचार घर भएका ४० वर्षीय चंदेश्वर महतोलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्की र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखराबाट खटिएको प्रहरीले खाजा घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । 

भक्तपुर, सूर्यबिनायक नगरपालिका-५ सल्लाघारीबाट नियन्त्रित लागूऔषध डाईजेपाम ४२ एम्पुल, बुप्रेनोर्फिन ४२ एम्पुल र फेनारगन ४३ एम्पुल सहित भक्तपुर नगरपालिका-९ च्यामासिंह बस्ने २२ वर्षीय रितिक प्रजापतीलाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । 

मोरङ, विराटनगर महानगरपालिका-१६ दरैयाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम ८ सय ४० मिलिग्राम सहित बेलबारी नगरपालिका-१ बस्ने ३१ वर्षीय अजय साहीलाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रानी समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको को.२७ प ७०७१ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

यसैगरी मोरङ, धनपालथान गाउँपालिका-२ भवानीपुरस्थित बारीबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ  करिब ९६ किलो १ सय ९८ ग्राम बुधबार साँझ प्रहरीले बरामद गरेको छ । धनपालथान गाउँपालिका-२ स्थित नेपालबाट भारततर्फ लागूऔषध ओसारपसार गरिरहेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय रंगेली समेतबाट खटिएको प्रहरीले सोही नगरपालिका-१ नोचा बस्ने २७ वर्षीय सुमन कुमार साह र २७ वर्षीय अमर साहलाई नियन्त्रणमा लिई सोधपुछ गर्दा उक्त स्थानमा लागूऔषध रहेको खुल्न आएपश्चात ३ वटा पोकामा रहेको उक्त पदार्थ फेला पारी प्रहरीले बरामद गरेको हो । 

यसैगरी मोरङ, विराटनगर महानगरपालिका-१५ स्थित एक नम्बर ढाँटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १० ग्राम ९ सय ४० मिलिग्राम सहित लेटाङ नगरपालिका-२ बस्ने २५ वर्षीय बिकाश भुजेल समेत २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रानी समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

तनहुँ, म्याग्दे गाउँपालिका-२ जामुनेबाट नियन्त्रित लागूऔषध फेनारगन ११ एम्पुल, डाईजेपाम ११ एम्पुल र बुप्रेनोर्फिन ११ एम्पुल सहित शुक्लागण्डकी नगरपालिका-४ दुलेगौंडा बस्ने ३० वर्षीय अमन पौडेल समेत २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी थर्पुबाट खटिएको प्रहरीले दमौलीबाट थर्पुतर्फ आउँदै गरेको ग.१६ प ४५९६ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त लगूऔषध सहित पक्राउ गरेको हो । 

बझाङ, जयपृथ्वी नगरपालिका-११ धामीलेखस्थित जोशी किराना एण्ड वाइन कर्नरबाट अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ ५० ग्राम ५१ मिलिग्राम सहित उक्त पसलका संचालक सोही ठाउँ बस्ने ४८ वर्षीय जयराज जोशीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

बाँके, नेपालगंज उपमहानगरपालिका-१० ट्राफिक चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ३० मिलिग्राम सहित सोही उपमहानगरपालिका-४ बस्ने ३१ वर्षीय सेराज बेहेनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँके र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंजबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

चितवन, इच्छाकामना गाउँपालिका-५ मुग्लिङ बजारबाट अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ करिब २० किलोग्राम सहित २ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मकवानपुर थाहा नगरपालिका-११ बस्ने ४१ वर्षीय मोहन गोले र ३९ वर्षीय भिम बहादुर स्याङ्ताङ रहेका छन् । इलाका प्रहरी कार्यालय मुग्लिङबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  


सम्बन्धित समाचार
अवैध लागूऔषध सहित पाँच जना पक्राउ
२०८३-०६-०६

काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम सहित सिराहा, सिरहा नगरपालिका-१८ बस्ने २४ वर्षीय अशोक कुमार मण्डललाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग नागढुङ्गा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गाबाट खटिएको प्रहरीले सिराहाबाट काठमाडौंतर्फ आउँदै गरेको बा.प्र. ०३-००१ ख ५१४१ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।  मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१० बसपार्क पिप्लबोटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५० मिलिग्राम सहित सोही उपमहानगरपालिका-८ कमाने बस्ने १८ वर्षीय किशोर समेत २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी बसपार्कबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  चितवन, भरतपुर महानगरपालिका-११ घोल बजार बस्ने २९ वर्षीय सन्दिप श्रेष्ठलाई अवैध लागूऔषध गाँजा ३ किलो ७ सय ग्राम,नियन्त्रित लागूऔषध ट्रामाडोल १२ ट्याब्लेट, भोमिन १२ ट्याब्लेट र नगद २८ हजार ९ सय ४० रूपैयाँ सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी बिट भोजाडबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।  सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-११ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ५० मिलिग्राम सहित सोही नगरपालिका-११ रानीबेल टोल बस्ने ३३ वर्षीय नविन तिवारीलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १७ जना पक्राउ
२०८३-०६-०६

कञ्चनपुर, लालझाडी गाउँपालिका-१ डाँडाबिच्छुवाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ८ ग्राम ९ सय २३ मिलिग्राम सहित कैलाली धनगढी उपमहानगरपालिका-१० घुईयाघाट बस्ने २४ वर्षीय सागर चौधरी समेत २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यायल त्रिभुवनबस्ती समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको से.७ प १४१६ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।  यसैगरी कञ्चनपुर, भीमदत्त नगरपालिका-१० गज्जरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १५ ग्राम ६ सय ७० मिलिग्राम सहित २ जनालाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कृष्णपुर नगरपालिका-२ बाणी बस्ने ३१ वर्षीय हेमराज जोशी र भीमदत्त नगरपालिका-६ ऐठपुर बस्ने ४३ वर्षीय महेश प्रसाद भट्ट रहेका छन् । इलाका प्रहरी कार्यालय गड्डाचौकी र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  धनकुटा, धनकुटा नगरपालिका-९ मुलघाटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम २ सय ३० मिलिग्राम सहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भोजपुर टेम्केमैयुङ गाँउपालिका-१ बस्ने २२ वर्षीय भोला राई र भोजपुर नगरपालिका-६ देउराली बस्ने २४ वर्षीय प्रविन राई रहेका छन् । प्रहरी चौकी मुलघाटबाट खटिएको प्रहरीले इटहरीबाट तेह्रथुमतर्फ जाँदै गरेको प्रदेश १-०२-००१ ज ४५१९ नम्बरको इभी गाडीलाई जाँच गर्ने क्रममा गाडी सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पक्राउ गरेको हो ।  यसैगरी धनकुटा, सहिदभूमि गाउँपालिका-७ चाम्चा बस्ने २१ वर्षीय प्रगत राईलाई नियन्त्रित लागूऔषध ट्रामाडोल २ सय ९० ट्याब्लेट र स्पास्पेन २ सय ९० ट्याब्लेट सहित सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी आखिसल्लाबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।  मकवानपुर, मनहरी गाउँपालिका-७ चैनपुर रोडबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब २ ग्राम सहित राक्सिराङ गाउँपालिका-८ बस्ने २३ वर्षीय अन्जन कुमार थिङलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले मनहरीबाट चैनपुरतर्फ जाँदै गरेको बा.प्र. ०३-००६ प २२६५ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  सुनसरी, धरान उपमहानगरपालिका-१४ बाट अवैध लागूऔषध गाँजा ६ सय ग्राम, डिजिटल तराजु १ थान र नगद ८ लाख ८७ हजार ७ सय रूपैयाँ सहित सोही उपमहानगरपालिका-१४ बिजयपुर डेरा गरी बस्ने भोजपुर घर भएका २३ वर्षीय रितेश राईलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर समेतबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।  यसैगरी सुनसरी, धरान उपमहानगरपालिका-१६ लेखनाथ चोक डेरा गरी बस्ने सोही उपमहानगरपालिका-१ घर भएका २४ वर्षीय कबिर सहनी समेत ३ जनालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ९ सय १० मिलिग्राम, ट्रामाडोल ६ सय ६० ट्याब्लेट, डिकोलिक ६० ट्याब्लेट र स्पास्पेन १ सय २४ ट्याब्लेट सहित सोमबार राति प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले कबिरको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।  बर्दिया, बढैयाताल गाउँपालिका-२ फुटाहा भन्सार चोक नजिकैबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय ३० मिलिग्राम सहित बाँसगढी नगरपालिका-८ ककौरा बस्ने २१ वर्षीय प्रबिन थारूलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी जमुनी समेतबाट खटिएको प्रहरीले भारतको बलईगाउँबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । कास्की, पोखरा महानगरपालिका-१७ छोरेपाटनबाट नियन्त्रित लागूऔषध नोर्फिन ४४ एम्पुल, फेनारगन ४३ एम्पुल र डाइजेपाम ४३ एम्पुल सहित सोही महानगरपालिका-१२ माटेपानी बस्ने ३० वर्षीय शिब गुरूङलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखरा समेतबाट खटिएको प्रहरीले बेलहियाबाट पोखरातर्फ आउँदै गरेको ग.२ ख २१४४ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त लागूऔषध सहित फेला पक्राउ गरेको हो । यसैगरी कास्की, पोखरा महानगरपालिका-६ लेकसाईडबाट नियन्त्रित लागूऔषध डाइजेपाम ५ एम्पुल, फेनारगन ४ एम्पुल र नोर्फिन ४ एम्पुल सहित सोही महानगरपालिका-६ ठाडोपसल बस्ने ३२ वर्षीय सबिन चौधरीलाई गए राति प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखराबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो बाँके, कोहलपुर नगरपालिका-१३ सिम्रीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय ३० मिलिग्राम सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २२ वर्षीय सम बहादुर नेपाली र २४ वर्षीय नबिन दमाई रहेका छन् । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ
२०८३-०६-०५

भक्तपुर, मध्यपुर थिमि नगरपालिका-१ लोकन्थली आँखा अस्पताल नजिकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब २ ग्राम सहित काठमाडौं कोटेश्वर बस्ने बर्दिया राजापुर नगरपालिका-८ घर भएका २९ वर्षीय राजु थारूलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  बाँके, नेपालगंज उपमहानगरपालिका-२ बागेश्वरी मन्दिर अगाडिबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ७ ग्राम ५ सय ५० मिलिग्राम सहित २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३० वर्षीय देशराज चौहान र २५ वर्षीया पुजा चौहान रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंजबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  सुनसरी, इटहरी उपमहानगरपालिका-५ तुलसाटोलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ सय ६० मिलिग्राम सहित सोही ठाउँ बस्ने २३ वर्षीय बसन्त खत्रीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-५ चिसापानी बस्ने ३४ वर्षीय बिनोद थापालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ३ सय ८० मिलिग्राम सहित आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेत समेतबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।  कैलाली, धनगढी उपमहानगरपालिका-७ भानुचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय ६० मिलिग्राम सहित सोही उपमहानगरपालिका-१ बसन्त टोल बस्ने २१ वर्षीय असिम चौधरी समेत ४ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको    छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी कैलाली, जानकी गाउँपालिका-८ भोक्सीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ८ सय ८० मिलिग्राम सहित जोशीपुर गाउँपालिका-३ बस्ने ४८ वर्षीय प्रमेश्वर डगौरा थारूलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  सुनसरी, इनरूवा नगरपालिका-४ महेन्द्र राजमार्गबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ८० मिलिग्राम, नियन्त्रित लागूऔषध ट्रामाडोल ५ सय ३० ट्याब्लेट र नाइट्राजेपाम १० ट्याब्लेट सहित २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मोरङ मिक्लाजुङ गाउँपालिका-५ बस्ने ३१ वर्षीय निरोज माली र ३० वर्षीय दिपेश नेपाली रहेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरी समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  तनहुँ, आबुखैरेनी गाउँपालिका-४ बेनीटारबाट नियन्त्रित लागूऔषध डाईजेपाम २३ एम्पुल, फेनारगन २३ एम्पुल र बुप्रेनोर्फिन २३ एम्पुल सहित २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा शुक्लागण्डकी नगरपालिका-२ बस्ने ३८ वर्षीय नवराज परियार र कास्की पोखरा महानगरपालिका-३२ बस्ने ३३ वर्षीय सन्तोष गुरूङ रहेका छन् । अस्थायी प्रहरी पोष्ट मुग्लिङ पुलजिपबाट खटिएको प्रहरीले मुग्लिनबाट आँबुखैरेनीतर्फ आउँदै गरेको लु.२ ख ४४६६ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।  सर्लाही, हरिवन नगरपालिका-९ बाट नियन्त्रित लागूऔषध टापेन्टाडोल ३ हजार ५ सय १४ ट्याब्लेट सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बागमती नगरपालिका- १० सोल्टी बजार बस्ने ४४ वर्षीय प्रदिप महतो र रौतहट घर भएका २८ वर्षीय सुरज थापा रहेका छन् । इलाका प्रहरी कार्यालय हरिवन समेतबाट खटिएको प्रहरीले बरथहवाबाट नयाँ रोडतर्फ आउँदै गरेको अन टेष्ट लेखिएको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  पर्सा, पटेर्वा सुगौली गाउँपालिका-१ मलाही टोलबाट अवैध लागूऔषध गाँजा ३० किलोग्राम सहित २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३४ वर्षीय नन्दलाल सहनी र ५० वर्षीय महेश सहनी रहेका छन् । इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । थप अनुसन्धानको क्रममा उक्त गाँजा ओसार पसारमा सोही ठाउँ बस्ने ७५ वर्षीय भुटी भन्ने भुरी चौधरीको समेत संलग्नता रहेको खुल्न आएपश्चात प्रहरीले उनलाई समेत पक्राउ गरेको छ ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित तीन जना पक्राउ
२०८३-०६-०५

नवलपरासी पश्चिम, बर्दघाट नगरपालिका-४ बसपार्कबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ३५ ट्याब्लेट, एनारगन ३५ ट्याब्लेट र नाइट्राजेपाम १६ ट्याब्लेट सहित नवलपरासी पूर्व गैंडाकोट नगरपालिका-५ ओमशान्तिटोल बस्ने ३५ वर्षीय ओमकार चालिसेलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । सुर्खेत, सिम्ता गाउँपालिका-६ स्थित जामुने बजारबाट अवैध लागूऔषध गाँजा १ सय २० ग्राम सहित सल्यान बनगाड कुपिण्डे नगरपालिका-७ मैदुपोखरा बस्ने १८ वर्षीय किशोर समेत २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बादेपिपलबाट खटिएको प्रहरीले कर्णाली प्रदेश ०२-००१ प १५२० नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

करिब २ हजार १ सय किलोग्राम गाँजा सहित दुई जना पक्राउ
२०८३-०६-०४

सप्तरी, डाक्नेश्वरी नगरपालिका-६ फतेपुर टोलबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ करिब २ हजार १ सय किलो ३ सय ७० ग्राम सहित २ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ७४ वर्षीय भोला सदा र ५६ वर्षीय मंगल मुखिया रहेका छन् । जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरीले भोलाको घर तलासी गर्दा ५६ वटा पोकामा रहेको १ हजार ८ सय ३८ किलो ८ सय ७० ग्राम र मंगलको घर तलासी गर्दा ८ वटा पोकामा रहेको २ सय ६१ किलो ५ सय ग्राम गाँजा जस्तो देखिने पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २६ जना पक्राउ
२०८३-०६-०४

काठमाडौं, काठमाडौं महानगरपालिका-३१ प्रयोगमार्गबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय १० मिलिग्राम र नगद ५ हजार रूपैयाँ सहित ललितपुर लुभु बस्ने भोजपुर भोजपुर नगरपालिका-८ घर भएका ३८ वर्षीय विनोद कुमार विकलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त नयाँ बानेश्वरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनले प्रयोग गरेको बा.६० प २५६ नम्बरको स्कुटर समेत बरामद गरेको छ । यसैगरी काठमाडौं, दक्षिणकाली नगरपालिका-५ फर्पिङ बसपार्कबाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम २ सय १० ट्याब्लेट र स्पास्मो १ सय ६८ ट्याब्लेट सहित सर्लाही कौडेना नगरपालिका-७ सक्राउन घर भएका १८ वर्षीय किशोर समेत २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय फर्पिङबाट खटिएको प्रहरीले सर्लाही मलंगवाबाट काठमाडौंतर्फ आउँदै गरेको बा.प्र.०१-००७ ख १५९० नम्बरको ईभी गाडीमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।    कञ्चनपुर, पुनर्वास नगरपालिका-९ बाट नियन्त्रित लागूऔषध स्पास्मो प्रोक्सिभन ४ सय ८ ट्याब्लेट सहित भारत उत्तर प्रदेश संत लाल आजादनगर धोला बिर्सेनपुरी खिरी बस्ने ५५ वर्षीय दीप चन्दलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।   यसैगरी कञ्चनपुर, कृष्णपुर नगरपालिका-९ पिपरिया बस्ने ३४ वर्षीय रामनरेस रानालाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ४ सय ६० मिलिग्राम र नगद १० हजार रूपैयाँ सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढी समेतबाट खटिएको प्रहरीले रामनरेसको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो । चितवन, राप्ती नगरपालिका-१ परेवाकोट डाँडास्थित जङ्गलबाट अवैध लागूऔषध गाँजा करिब ९२ किलोग्राम सहित ३ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-१२ बस्ने ५५ वर्षीय चन्द्र बहादुर चेपाङ, २९ वर्षीय हरिलाल चेपाङ र सोही नगरपालिका-२ बस्ने ५२ वर्षीय वीर बहादुर ब्लोन रहेका छन् । इलाका प्रहरी कार्यालय भण्डाराबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।   रूपन्देही, सिद्धार्थनगर नगरपालिका-६ गल्लामण्डीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ७ सय २० मिलिग्राम र गाँजा ६ किलोग्राम सहित ३ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३३ वर्षीय मुन्ना भन्ने मनोज गुप्ता, २७ वर्षीय रजत बाँनिया र ओमसतिया गाउँपालिका-४ बालापुर बस्ने सिद्धार्थ नगरपालिका-४ घर २२ वर्षीय बिसु गुरूङ रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।   सुनसरी, बराहक्षेत्र नगरपालिका-९ बरपिपलचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ सय ३० मिलिग्राम सहित भारत बिहार अररिया बेलाहा बस्ने २० वर्षीय बिपिन कुमार यादवलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय महेन्द्रनगर समेतबाट खटिएको प्रहरीले लौकहीबाट प्रकाशपुरतर्फ आउँदै गरेको बिआर ३८ एपी ०२७७ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । बर्दिया, बाँसगढी नगरपालिका-५ ओम चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ सय ९० मिलिग्राम सहित सोही नगरपालिका-३ भाग्रा बस्ने १८ वर्षीय किशोरलाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मोतिपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।      यसैगरी बर्दिया, राजापुर नगरपालिका-४ भन्सार चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय ६५ मिलिग्राम सहित सोही नगरपालिका-८ भोगपुर बस्ने २४ वर्षीय सिमान्त चौधरीलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय राजापुरबाट खटिएको प्रहरीले उनलाई पदार्थ सहित पक्राउ गरेको हो ।   यसैगरी बर्दिया, गुलरिया नगरपालिका-७ बस्ने २४ वर्षीय राहुल थारू समेत २ जनालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ सय ७० मिलिग्राम सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले राहुलको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।   मोरङ, सुनवर्षी नगरपालिका-८ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ ग्राम ७० मिलिग्राम सहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कानेपोखरी गाउँपालिका-६ बस्ने २४ वर्षीय विक्रम गुरूङ र २१ वर्षीया केविना गुरूङ रहेका छन् । प्रहरी चौकी सिक्टिबाट खटिएको प्रहरीले को.२५ प ८८७९ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी मोरङ, पथरी शनिश्चरे नगरपालिका-१ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम १ सय १० मिलिग्राम सहित सोही नगरपालिका-३ श्री जंगाटोल बस्ने २३ वर्षीय करण राईलाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  झापा, दमक नगरपालिका-१ डेरा गरी बस्ने इलाम घर भएका २५ वर्षीय किरण साम्बा लिम्बुलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ७ सय ३० मिलिग्राम सहित शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले किरणको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा उक्त पदार्थ सोही नगरपालिका-१ डेरा गरी बस्ने पाँचथर मिक्लाजुङ गाउँपालिका-१ घर भएका २५ वर्षीय रोशन राईसँग खरिद गरेको भन्ने खुल्न आएपश्‍चात प्रहरीले रोशनलाई उनकै कोठाबाट पक्राउ गरेको हो ।   बाँके, नेपालगंज उपमहानगरपालिका-३ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३५ ग्राम ९ सय मिलिग्राम, नगद ७३ हजार ७ सय रूपैयाँ र डिजिटल तराजु १ थान सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा  सोही उपमहानगरपालिका-३ बस्ने ३२ वर्षीय मोहम्मद हसीन अन्सारी र २५ वर्षीय समीर अहमद अन्सारी रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंजबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  इलाम, इलाम नगरपालिका-९ गोलबस्ती डेरा गरी बस्ने पाँचथर फालेलुङ गाउँपालिका-५ घर भएका ३४ वर्षीय मौसम लिम्बु समेत २ जनालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय ४० मिलिग्राम सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय इलामबाट खटिएको प्रहरीले मौसमको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । बारा, विश्रामपुर गाउँपालिका-४ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ ग्राम ३ सय ५० मिलिग्राम सहित भारत मोतिहारी नकरदेही पंचायत-२ बिर्ता टोल घर भएका ४० वर्षीय दुखी साहलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको  छ । इलाका प्रहरी कार्यालय प्रसौनी समेतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।