प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

२०८३-०४-२९

  • A
  • A-
  • A+
Share

सिराहा, कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी लक्ष्मीपुर पतारी गाउँपालिका-५ खरूक्याही बस्ने ८० वर्षीय ठकाई यादवलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । 

उच्च अदालतको २०४६ पुस २५ गतेको फैसलाले उक्त मुद्दामा १ वर्ष कैद सजाय ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय सिराहाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । 

उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत सिराहामा पेश गरिएको छ । 


सम्बन्धित समाचार
वैदेशिक रोजगार सम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८३-०४-२९

काठमाडौं, वैदेशिक रोजगार सम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी ललितपुर, ललितपुर महानगरपालिका-५ टिकाथली बस्ने सिराहा, सिरहा नगरपालिका-७ घर भएका ३२ वर्षीय सुशान्त सिंहलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । वैदेशिक रोजगार न्यायाधिकरण काठमाडौंबाट उक्त मुद्दामा पक्राउ अनुमति प्राप्त भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-३० शंखमुलबाट पक्राउ गरेको    हो । उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

बैंकिङ कसुर तथा चेक अनदार मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८३-०४-२९

काठमाडौं, १० वटा बैंकिङ कसुर मुद्दा तथा २ वटा चेक अनादर मुद्दाका फरार प्रतिवादी ललितपुर, ललितपुर महानगरपालिका-१० बालकुमारी बस्ने सिन्धुपाल्चोक लिसंखु पाखर गाउँपालिका-६ घर भएका ३३ वर्षीय गणेश भण्डारीलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।  उच्च अदालत पाटन र जिल्ला अदालत काठमाडौंको फैसलाले उक्त मुद्दाहरूमा १ करोड ५८ लाख ५४ हजार ६ सय ३० रूपैयाँ जरिवाना र १६ दिन कैद सजाय ठहर भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले ललितपुर महानगरपालिका-१० बालकुमारीबाट पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत भक्तपुरमा पेश गरिएको छ । 

मौरिसस पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
२०८३-०४-२९

काठमाडौं,  वैदेशिक रोजगारीमा आकरत्षक तलबको प्रलोभनमा पारी मौरिसस पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका-३ बस्ने ताल्लेजुङ सिरीजंघा गाउँपालिका-७ घर भएका ३० वर्षीय सुमन भट्टराईलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।  सुमनले मौरिसस पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट १ लाख ९० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-२६ बाट पक्राउ गरेको हो ।    उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

क्यानडा पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
२०८३-०४-२८

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा भक्तपुर सूर्यविनायक नगरपालिका-८ बस्ने पर्वत मोदी गाउँपालिका-५ घर भएका ३३ वर्षीय चुडामणी रखाललाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।  चुडामणीले क्यानडा पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख ८५ हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई भक्तपुर सूर्यविनायक नगरपालिका-२ बाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।