प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २५ जना पक्राउ

२०८३-०५-०३

  • A
  • A-
  • A+
Share

काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध लागूऔषध गाँजा ३९ किलो २ सय ८८ ग्राम सहित ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा थाई एयरवेजको उडानद्वारा बैंककबाट काठमाडौं आएका म्यानमारका नागरिक २३ वर्षीय ZAR NI LIN, २३ वर्षीया EI EI THWE, ३९ वर्षीय AUNG BWAR, ३२ वर्षीया CHUE MYATTHWAL SHEIN, ३२ वर्षीय ZIN MYO AUNG एवम् बाटिक एयरको उडानद्वारा फुकेटबाट काठमाडौं आएका भारत पञ्चाव घर भएका २३ वर्षीय KHUSDEEP, ३२ वर्षीय GURDEEP SINGH र २६ वर्षीया KAMINI रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय गौचरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त परिमाणको गाँजा सहित पक्राउ गरेको हो ।  

यसैगरी काठमाडौं, टोखा नगरपालिका-९ शान्तिटोल बुद्धमार्गस्थित धौलागिरी पोखरा गेष्ट हाउसबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५९ ग्राम ६ सय ६० मिलिग्राम र नगद १५ हजार रूपैयाँ सहित मोरङ रतुवामाई नगरपालिका-८ घर भएका २४ वर्षीय विशाल तामाङ समेत ३ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग गोँगबुबाट खटिएको प्रहरीले उक्त होटलको २०४ नम्बरको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको   हो । 

झापा, मेचीनगर नगरपालिका-६ पुरानो मेचीपुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम १० मिलिग्राम सहित शिवसताक्षी नगरपालिका-७ बस्ने २३ वर्षीया शर्मिला सावालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टा समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

यसैगरी झापा, कमल गाउँपालिका-५ चोलुङ टोलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ११ ग्राम १ सय ५० मिलिग्राम र डिजिटल तराजु १ थान सहित चुलाचुली गाउँपालिका-३ पेल्टीमारी बस्ने २४ वर्षीय निराज तामाङ समेत ३ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले मे.११ प ८१७७ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

यसैगरी झापा, बिर्तामोड नगरपालिका-६ स्यालडाँगी बस्ने ३६ वर्षीया गिता महतोलाई अवैध लागूऔषध गाँजा ५ सय २८ ग्राम सहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय अनारमनी समेतबाट खटिएको प्रहरीले गिताको घर तलासी गर्दा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो । 

सिराहा, लहान नगरपालिका-१० लक्ष्मीनिया मोडबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम र डिजिटल तराजु १ थान सहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ डेरा गरी बस्ने मिर्चैया नगरपालिका-११ सोनी टोल घर भएका २४ वर्षीय प्रदिप चौधरी र सप्तरी बोदेबरसाईन नगरपालिका-५ भाती घर भएका २५ वर्षीय दिगम्बर पण्डित रहेका छन् । प्रहरी चौकी लहानबाट खटिएको प्रहरीले प्रदिपको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको प्र.०२-०१-००१ प ८११२ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।  

सुनसरी, इटहरी उपमहानगरपालिका-१ आँपगाछी चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ८ सय ६० मिलिग्राम र नगद ७ हजार ८ सय रूपैयाँ सहित ३ जनालाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-१ हर्रा टोल बस्ने १९ वर्षीय रोजेश श्रेष्ठ, ४६ वर्षीया ज्ञानी चौधरी र ३० वर्षीय मुकेश चौधरी रहेका छन् । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  

पर्सा, वीरगंज महानगरपालिका-१६ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ सय ६० मिलिग्राम सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही महानगरपालिका-१५ बस्ने १९ वर्षीय सन्नी सराफ र सोही महानगरपालिका-१२ बस्ने १९ वर्षीय साहिल सराफ रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय वीरगंज समेतबाट खटिएको प्रहरीले ना.६५ प २८६१ नम्बरको मोटरसाइकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।  

बर्दिया, बढैयाताल गाउँपालिका-२ फुटाहबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ सय ७० मिलिग्राम सहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बाँके खजुरा गाउँपालिका-५ बस्ने २८ वर्षीय जाफर अली नाउ र २९ वर्षीय अस्लाम नाउ रहेका छन् । जिल्ला प्रहरी कार्यालय बर्दिया समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 


सम्बन्धित समाचार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट पाँच जना पक्राउ
२०८३-०६-०७

सुनसरी, इनरूवा नगरपालिका-३ सहमती चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम १ सय १० मिलिग्राम सहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मोरङ सुन्दरहरैँचा नगरपालिका-५ बस्ने २१ वर्षीय युवराज खत्री र २१ वर्षीय अमृत साह रहेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी सुनसरी, भोक्राहा नरसिंह गाउँपालिका-३ शिवचोकबाट अवैध लागूऔषध गाँजा २४ ग्राम ६ सय २० मिलिग्राम, नियन्त्रित लागूऔषध स्पास्मो ४ ट्याब्लेट र नाइट्राजेपाम १२ ट्याब्लेट सहित सोही गाउँपालिका-२ अखाह बजार बस्ने २८ वर्षीय हजरत अलीलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  कपिलवस्तु, वाणगंगा नगरपालिका-११ वरूवाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम ४ सय ५० मिलिग्राम सहित रूपन्देही बुटवल उपमहानगरपालिका-१३ बस्ने ३१ वर्षीय जनक गुरूङलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको   छ । अस्थायी प्रहरी पोष्ट भड्डिहवाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  कैलाली, गोदावरी नगरपालिका-१ अत्तरीयाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ११ ग्राम २ सय ८० मिलिग्राम सहित धनगढी उपमहानगरपालिका-७ क्याम्पसरोड बस्ने ३१ वर्षीय हितेश साहुलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । सुदुर पश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २९ जना पक्राउ
२०८३-०६-०७

काठमाडौं, काठमाडौं उपत्यका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन १ सय ४८ ग्राम ७ सय ६० मिलिग्राम, नगद ३ लाख २० हजार रूपैयाँ र तराजु ५ थान सहित ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सप्तरी बलान बिहुल गाउँपालिका-१ घर भएका २० वर्षीय निकेश यादव, सुरूङ्गा गाउँपालिका-६ घर भएका २६ वर्षीय अन्जनी नन्दन चौधरी, राजविराज नगरपालिका-८ घर भएका २७ वर्षीय चन्दन यादव, छिन्नमस्ता गाउँपालिका-३ घर भएका २५ वर्षीय विक्रम कुमार शर्मा, सिराहा लहान नगरपालिका-१५ घर भएका २३ वर्षीय सुशान्त चौधरी, रसुवा कालिका गाउँपालिका-५ घर भएका ३३ वर्षीय सुवास बर्देवा, सुनसरी धरान उपमहानगरपालिका-८ घर भएका ४० वर्षीय कालु सिंह मगर र हरिनगर गाउँपालिका-१ घर भएका ३७ वर्षीय पवन दास रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  यसैगरी काठमाडौं महानगरपालिका-६ सरस्वतीनगरमा होटल संचालन गरी बस्ने सोलुखुम्बु महाकुलुङ गाउँपालिका-१ घर भएकी ५२ वर्षीया कुमारी राईलाई अवैध लागूऔषध गाँजा करिब १ किलो र नगद १९ हजार ९ सय रूपैयाँ सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले कुमारीको होटल तलासी गर्दा उक्त गाँजा फेला पारी उनलाई पक्राउ गरेको हो ।  सुनसरी, धरान उपमहानगरपालिका-८ बरगाछी चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम २ सय ८० मिलिग्राम सहित २ जनालाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-१२ चतरालाइन बस्ने २९ वर्षीय सुरेश क्षेत्री र सोही उपमहानगरपालिका-१९ वस्ने २९ वर्षीय रूदिन भुजेल रहेका छन् । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर समेतबाट खटिएको प्रहरीले इटहरीबाट धरानतर्फ आउँदै गरेको प्र.१-०२-०५५ प ४६६ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी सुनसरी, इटहरी उपमहानगरपालिका-२ राजदेबी टोल बस्ने ३७ वर्षीय सिद्दान्त श्रेष्ठ समेत ६ जनालाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ७ सय १० मिलिग्राम र नगद १६ हजार ४ सय ५५ रूपैयाँ सहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । सामुदायिक प्रहरी बिट हवाईचोकबाट खटिएको प्रहरीले सिद्दान्तको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । साथै उक्त स्थानबाट प्रहरीले को.३१ प १८५४ नम्बरको स्कुटर समेत बरामद गरेको छ । मोरङ, सुन्दरहरैँचा नगरपालिका-९ बस्ने ७१ वर्षीय गोपाल मण्डललाई अवैध लागूऔषध गाँजा १ किलो ५ सय ६४ ग्राम सहित मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय विराटचोकबाट खटिएको प्रहरीले गोपालको घर तलासी गर्दा उक्त गाँजा फेला पारी उनलाई पक्राउ गरेको हो । साथै प्रहरी उक्त गाँजा खरिद गर्न आएका बेलबारी नगरपालिका-२ बस्ने २६ वर्षीय रोजन पराजुली समेत ४ जनालाई पक्राउ गरेको छ ।  पर्सा, वीरगंज महानगरपालिका-१५ बाट अवैध लागूऔषध खैरो हेरोइन १ सय ५४ ग्राम सहित २ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा छिपहरमाई गाउँपालिका-२ बस्ने ४६ वर्षीय रेयाद आलम र जगरनाथपुर गाउँपालिका-६ बस्ने ३७ वर्षीय सन्तोष प्रसाद पटेल रहेका छन् । जिल्ला प्रहरी कार्यालय पर्सा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय वीरगंजबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको बिआर ०५ बिएल १६८० नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ । बाँके, नेपालगंज उपमहानगरपालिका-१४ बाट अवैध लागूऔषध खैरो हेरोइन १ सय ३ ग्राम ७ सय ९० मिलिग्राम सहित भारत उत्तर प्रदेश बहराईच रूपैडिया थाना चकिया रोड घर भएका २४ वर्षीय नदिम राईलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंजबाट खटिएको प्रहरीले युपि ४० जे ०६५७ नम्बरको मोटरसाइकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । झापा, बिर्तामोड नगरपालिका-४ मुनाल टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ सय १० मिलिग्राम सहित भद्रपुर नगरपालिका-४ बस्ने ३३ वर्षीय कान्छा लिम्बुलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   भोजपुर, पौवादुङमा गाउँपालिका-२ तिवारी भञ्ज्याङ चोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ट्याब्लेट र डाइक्लोमाइन १ सय ट्याब्लेट सहित सोही ठाउँ बस्ने २५ वर्षीय पुष्प राज आले मगरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय भोजपुर समेतबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा उक्त लागूऔषध सोही ठाउँ बस्ने ३८ वर्षीय रोशन श्रेष्ठले संचालन गरेको मेडिकलबाट खरिद गरेको भन्ने खुल्न आएपश्चात प्रहरीले रोशनको मेडिकल तलासी गर्दा नियन्त्रित लागूऔषध ट्रामाडोल थप २ सय ८० ट्याब्लेट फेला पारी रोशनलाई समेत पक्राउ गरेको छ ।    रूपन्देही, रोहिणी गाउँपालिका-६ पकडीहवाबाट नियन्त्रित लागूऔषध बुप्रेनोर्फिन ६१ एम्पुल, फेनारगन ५५ एम्पुल र डाइजेपाम ५९ एम्पुल सहित सोही ठाउँ बस्ने २६ वर्षीय निहाल अहमदलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवा समेतबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।   यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १७ जना पक्राउ
२०८३-०६-०६

कञ्चनपुर, लालझाडी गाउँपालिका-१ डाँडाबिच्छुवाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ८ ग्राम ९ सय २३ मिलिग्राम सहित कैलाली धनगढी उपमहानगरपालिका-१० घुईयाघाट बस्ने २४ वर्षीय सागर चौधरी समेत २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यायल त्रिभुवनबस्ती समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको से.७ प १४१६ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।  यसैगरी कञ्चनपुर, भीमदत्त नगरपालिका-१० गज्जरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १५ ग्राम ६ सय ७० मिलिग्राम सहित २ जनालाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कृष्णपुर नगरपालिका-२ बाणी बस्ने ३१ वर्षीय हेमराज जोशी र भीमदत्त नगरपालिका-६ ऐठपुर बस्ने ४३ वर्षीय महेश प्रसाद भट्ट रहेका छन् । इलाका प्रहरी कार्यालय गड्डाचौकी र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  धनकुटा, धनकुटा नगरपालिका-९ मुलघाटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम २ सय ३० मिलिग्राम सहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भोजपुर टेम्केमैयुङ गाँउपालिका-१ बस्ने २२ वर्षीय भोला राई र भोजपुर नगरपालिका-६ देउराली बस्ने २४ वर्षीय प्रविन राई रहेका छन् । प्रहरी चौकी मुलघाटबाट खटिएको प्रहरीले इटहरीबाट तेह्रथुमतर्फ जाँदै गरेको प्रदेश १-०२-००१ ज ४५१९ नम्बरको इभी गाडीलाई जाँच गर्ने क्रममा गाडी सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पक्राउ गरेको हो ।  यसैगरी धनकुटा, सहिदभूमि गाउँपालिका-७ चाम्चा बस्ने २१ वर्षीय प्रगत राईलाई नियन्त्रित लागूऔषध ट्रामाडोल २ सय ९० ट्याब्लेट र स्पास्पेन २ सय ९० ट्याब्लेट सहित सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी आखिसल्लाबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।  मकवानपुर, मनहरी गाउँपालिका-७ चैनपुर रोडबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब २ ग्राम सहित राक्सिराङ गाउँपालिका-८ बस्ने २३ वर्षीय अन्जन कुमार थिङलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले मनहरीबाट चैनपुरतर्फ जाँदै गरेको बा.प्र. ०३-००६ प २२६५ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  सुनसरी, धरान उपमहानगरपालिका-१४ बाट अवैध लागूऔषध गाँजा ६ सय ग्राम, डिजिटल तराजु १ थान र नगद ८ लाख ८७ हजार ७ सय रूपैयाँ सहित सोही उपमहानगरपालिका-१४ बिजयपुर डेरा गरी बस्ने भोजपुर घर भएका २३ वर्षीय रितेश राईलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर समेतबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।  यसैगरी सुनसरी, धरान उपमहानगरपालिका-१६ लेखनाथ चोक डेरा गरी बस्ने सोही उपमहानगरपालिका-१ घर भएका २४ वर्षीय कबिर सहनी समेत ३ जनालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ९ सय १० मिलिग्राम, ट्रामाडोल ६ सय ६० ट्याब्लेट, डिकोलिक ६० ट्याब्लेट र स्पास्पेन १ सय २४ ट्याब्लेट सहित सोमबार राति प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले कबिरको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।  बर्दिया, बढैयाताल गाउँपालिका-२ फुटाहा भन्सार चोक नजिकैबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय ३० मिलिग्राम सहित बाँसगढी नगरपालिका-८ ककौरा बस्ने २१ वर्षीय प्रबिन थारूलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी जमुनी समेतबाट खटिएको प्रहरीले भारतको बलईगाउँबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । कास्की, पोखरा महानगरपालिका-१७ छोरेपाटनबाट नियन्त्रित लागूऔषध नोर्फिन ४४ एम्पुल, फेनारगन ४३ एम्पुल र डाइजेपाम ४३ एम्पुल सहित सोही महानगरपालिका-१२ माटेपानी बस्ने ३० वर्षीय शिब गुरूङलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखरा समेतबाट खटिएको प्रहरीले बेलहियाबाट पोखरातर्फ आउँदै गरेको ग.२ ख २१४४ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त लागूऔषध सहित फेला पक्राउ गरेको हो । यसैगरी कास्की, पोखरा महानगरपालिका-६ लेकसाईडबाट नियन्त्रित लागूऔषध डाइजेपाम ५ एम्पुल, फेनारगन ४ एम्पुल र नोर्फिन ४ एम्पुल सहित सोही महानगरपालिका-६ ठाडोपसल बस्ने ३२ वर्षीय सबिन चौधरीलाई गए राति प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखराबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो बाँके, कोहलपुर नगरपालिका-१३ सिम्रीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय ३० मिलिग्राम सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २२ वर्षीय सम बहादुर नेपाली र २४ वर्षीय नबिन दमाई रहेका छन् । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित पाँच जना पक्राउ
२०८३-०६-०६

काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम सहित सिराहा, सिरहा नगरपालिका-१८ बस्ने २४ वर्षीय अशोक कुमार मण्डललाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग नागढुङ्गा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गाबाट खटिएको प्रहरीले सिराहाबाट काठमाडौंतर्फ आउँदै गरेको बा.प्र. ०३-००१ ख ५१४१ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।  मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१० बसपार्क पिप्लबोटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५० मिलिग्राम सहित सोही उपमहानगरपालिका-८ कमाने बस्ने १८ वर्षीय किशोर समेत २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी बसपार्कबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  चितवन, भरतपुर महानगरपालिका-११ घोल बजार बस्ने २९ वर्षीय सन्दिप श्रेष्ठलाई अवैध लागूऔषध गाँजा ३ किलो ७ सय ग्राम,नियन्त्रित लागूऔषध ट्रामाडोल १२ ट्याब्लेट, भोमिन १२ ट्याब्लेट र नगद २८ हजार ९ सय ४० रूपैयाँ सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी बिट भोजाडबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।  सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-११ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ५० मिलिग्राम सहित सोही नगरपालिका-११ रानीबेल टोल बस्ने ३३ वर्षीय नविन तिवारीलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित तीन जना पक्राउ
२०८३-०६-०५

नवलपरासी पश्चिम, बर्दघाट नगरपालिका-४ बसपार्कबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ३५ ट्याब्लेट, एनारगन ३५ ट्याब्लेट र नाइट्राजेपाम १६ ट्याब्लेट सहित नवलपरासी पूर्व गैंडाकोट नगरपालिका-५ ओमशान्तिटोल बस्ने ३५ वर्षीय ओमकार चालिसेलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । सुर्खेत, सिम्ता गाउँपालिका-६ स्थित जामुने बजारबाट अवैध लागूऔषध गाँजा १ सय २० ग्राम सहित सल्यान बनगाड कुपिण्डे नगरपालिका-७ मैदुपोखरा बस्ने १८ वर्षीय किशोर समेत २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बादेपिपलबाट खटिएको प्रहरीले कर्णाली प्रदेश ०२-००१ प १५२० नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ
२०८३-०६-०५

भक्तपुर, मध्यपुर थिमि नगरपालिका-१ लोकन्थली आँखा अस्पताल नजिकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब २ ग्राम सहित काठमाडौं कोटेश्वर बस्ने बर्दिया राजापुर नगरपालिका-८ घर भएका २९ वर्षीय राजु थारूलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  बाँके, नेपालगंज उपमहानगरपालिका-२ बागेश्वरी मन्दिर अगाडिबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ७ ग्राम ५ सय ५० मिलिग्राम सहित २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३० वर्षीय देशराज चौहान र २५ वर्षीया पुजा चौहान रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंजबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  सुनसरी, इटहरी उपमहानगरपालिका-५ तुलसाटोलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ सय ६० मिलिग्राम सहित सोही ठाउँ बस्ने २३ वर्षीय बसन्त खत्रीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-५ चिसापानी बस्ने ३४ वर्षीय बिनोद थापालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ३ सय ८० मिलिग्राम सहित आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेत समेतबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।  कैलाली, धनगढी उपमहानगरपालिका-७ भानुचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय ६० मिलिग्राम सहित सोही उपमहानगरपालिका-१ बसन्त टोल बस्ने २१ वर्षीय असिम चौधरी समेत ४ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको    छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी कैलाली, जानकी गाउँपालिका-८ भोक्सीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ८ सय ८० मिलिग्राम सहित जोशीपुर गाउँपालिका-३ बस्ने ४८ वर्षीय प्रमेश्वर डगौरा थारूलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  सुनसरी, इनरूवा नगरपालिका-४ महेन्द्र राजमार्गबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ८० मिलिग्राम, नियन्त्रित लागूऔषध ट्रामाडोल ५ सय ३० ट्याब्लेट र नाइट्राजेपाम १० ट्याब्लेट सहित २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मोरङ मिक्लाजुङ गाउँपालिका-५ बस्ने ३१ वर्षीय निरोज माली र ३० वर्षीय दिपेश नेपाली रहेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरी समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  तनहुँ, आबुखैरेनी गाउँपालिका-४ बेनीटारबाट नियन्त्रित लागूऔषध डाईजेपाम २३ एम्पुल, फेनारगन २३ एम्पुल र बुप्रेनोर्फिन २३ एम्पुल सहित २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा शुक्लागण्डकी नगरपालिका-२ बस्ने ३८ वर्षीय नवराज परियार र कास्की पोखरा महानगरपालिका-३२ बस्ने ३३ वर्षीय सन्तोष गुरूङ रहेका छन् । अस्थायी प्रहरी पोष्ट मुग्लिङ पुलजिपबाट खटिएको प्रहरीले मुग्लिनबाट आँबुखैरेनीतर्फ आउँदै गरेको लु.२ ख ४४६६ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।  सर्लाही, हरिवन नगरपालिका-९ बाट नियन्त्रित लागूऔषध टापेन्टाडोल ३ हजार ५ सय १४ ट्याब्लेट सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बागमती नगरपालिका- १० सोल्टी बजार बस्ने ४४ वर्षीय प्रदिप महतो र रौतहट घर भएका २८ वर्षीय सुरज थापा रहेका छन् । इलाका प्रहरी कार्यालय हरिवन समेतबाट खटिएको प्रहरीले बरथहवाबाट नयाँ रोडतर्फ आउँदै गरेको अन टेष्ट लेखिएको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  पर्सा, पटेर्वा सुगौली गाउँपालिका-१ मलाही टोलबाट अवैध लागूऔषध गाँजा ३० किलोग्राम सहित २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३४ वर्षीय नन्दलाल सहनी र ५० वर्षीय महेश सहनी रहेका छन् । इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । थप अनुसन्धानको क्रममा उक्त गाँजा ओसार पसारमा सोही ठाउँ बस्ने ७५ वर्षीय भुटी भन्ने भुरी चौधरीको समेत संलग्नता रहेको खुल्न आएपश्चात प्रहरीले उनलाई समेत पक्राउ गरेको छ ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।