रसुवा बाढी : हालसम्म ४ सय ६९ जनाको मृत्यु
२०८३-०५-१२
- A
- A-
- A+
काठमाडौं, रसुवामा आएको विनाशकारी बाढीका कारण शुक्रबार बिहान ०७: ०० बजे सम्म ४ सय ६९ जनाको मृत्यु भएको छ ।
जसमध्ये रसुवामा १२ जना, नुवाकोटमा ३७ जना, धादिङमा ३३ जना, चितवनमा १ सय ७८ जना, गोरखामा ४४ जना, तनहुँमा २८ जना, नवलपरासी पूर्वमा १ सय १० र नवलपरासी पश्चिम २७ जना गरी ४ सय ६९ जनाको शव फेला परेको छ ।
प्रहरीले बाढीको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, विभिन्न निकाय र स्थानीयवासीको समन्वय र सहयोगमा आवश्यक उद्दार एवम् खोजी गर्नुका साथै विभिन्न स्थानमा भएको बाटो अवरोध हटाउने कार्य समेत गरिरहेको छ ।