अवैध लागूऔषध खैरो हेरोइन सहित दुई जना पक्राउ
२०८३-०५-१७
- A
- A-
- A+
बारा, कलैया उपमहानगरपालिका-६ माछा बजारस्थित गेट ग्रिल पसलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम १ सय ६० मिलिग्राम सहित सोही पसलमा काम गर्ने सोही उपमहानगरपालिका-५ बस्ने २२ वर्षीय राजन कुमार साह समेत २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरीले पसल तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।