प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २३ जना पक्राउ

२०८३-०५-१८

  • A
  • A-
  • A+
Share

सुनसरी, इटहरी उपमहानगरपालिका-४ संगित चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १९ ग्राम ३ सय २० मिलिग्राम सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धादिङ ज्वालामुखी गाउँपालिका-३ बस्ने २७ वर्षीय सुवास अर्याल र सिन्धुपाल्चोक त्रिपरासुन्दरी गाउँपालिका-३ बस्ने ३७ वर्षीय बिक्रम कार्की रहेका छन् । इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

यसैगरी सुनसरी, इटहरी उपमहानगरपालिका-६ बिरेन्द्र चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम ६ सय ७० मिलिग्राम र नगद ४ हजार ९ सय रूपैयाँ सहित मोरङ सुन्दरहरैंचा नगरपालिका-७ बस्ने २८ वर्षीय अमिन चौधरी समेत २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  

  मोरङ, विराटनगर महानगरपालिका-१६  हुलास चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ३ सय ७० मिलिग्राम सहित केराबारी गाउँपालिका-७ बस्ने ३३ वर्षीय कमल राईलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

दाङ, घोराही उपमहानगरपालिका-१४ नवजलजला टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय ६० मिलिग्राम सहित सोही उपमहानगरपालिका-१४ सिद्धार्थ टोल बस्ने १९ वर्षीय सुसान्त दर्लामी मगर समेत २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले रा.६ प ४७४१ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । 

बर्दिया, बढैयाताल गाउँपालिका-६ रानीपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय ९० मिलिग्राम सहित २ जनालाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बाँके खजुरा गाउँपालिका-३ बि गाउँ बस्ने २७ वर्षीय मन बहादुर थापा मगर र २७ वर्षीय प्रविण गुरूङ रहेका छन् । जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यसैगरी बर्दिया, बढैयाताल गाउँपालिका-८ कण्ठपुर चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ सय ६० मिलिग्राम सहित २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बढैयाताल गाउँपालिका-५ जगतिया बस्ने २२ वर्षीय आशिष थारू र बाँसगढी नगरपालिका-५ हंसनापुर बस्ने २४ वर्षीय आकाश थारू रहेका छन् । प्रहरी चौकी कालिकाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

बाँके, डुडुवा गाउँपालिका-४ फुटाहाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ५ सय ५० मिलिग्राम सहित सोही गाउँपालिका-४ बस्ने ५८ वर्षीय जिलेदार खानलाई  बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंजबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा  उक्त पदार्थ सोही ठाउँ बस्ने ४५ वर्षीय सगिर खानबाट खरिद गरेको भन्ने खुल्नासाथ सगिरलाई समेत प्रहरीले पक्राउ गरेको छ । 

यसैगरी बाँके, कोहलपुर नगरपालिका-११ लोकनगर गन्धर्भ बस्तीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ सय ५० मिलिग्राम सहित सोही ठाउँ बस्ने २१ वर्षीय पवन गन्धर्ब समेत ६ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  

उदयपुर, चौदण्डीगढी नगरपालिका-३ आमसालबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ हजार ५ सय ५४ ट्याब्लेट र डाइक्लोमाइन १ हजार ५ सय ५४ ट्याब्लेट सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २६ वर्षीय सावन राई र सोही नगरपालिका-६ बस्ने २७ वर्षीय शुभ राई रहेका छन् । इलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरीले सावनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।  

सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-१२ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय २० मिलिग्राम सहित २ जनालाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा दैलेख भगवतीमाई गाउँपालिका-३ बस्ने २१ वर्षीय दिपक बोहरा  र २५ वर्षीय बिनोद बोहरा रहेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेत समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ
२०८३-०५-१८

धनकुटा, साँगुरीगढी गाँउपालिका-६ भेडेटार चोकबाट अवैध लागूऔषध गाँजा करिब १५ किलो ७३ ग्राम सहित ३ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही गाउँपालिका-४ ज्यामिरे बस्ने ४४ वर्षीय भिम बहादुर लिम्बु, २३ वर्षीय बीर बहादुर लिम्बु र सोही गाउँपालिका-४ फाक्सिब बस्ने २३ वर्षीय सागर लिम्बु रहेका छन् । इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरीले धनकुटाबाट धरानतर्फ जाँदै गरेको को.२८ प ७२७७ नम्बर र प्र.१-०२-५८ प ६०९९ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित  फेला पारी पक्राउ गरेको हो । सुनसरी, धरान उपमहानगरपालिका-५ देउराली फोकल्याण्ड टापु बस्ने ३१ वर्षीय मनिराज भुजेललाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम ९ सय १० मिलिग्राम सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर समेतबाट खटिएको प्रहरीले मनिराजको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो ।तनहुँ, बन्दीपुर गाउँपालिका-४ ठुलोढुङ्गाबाट अवैध लागूऔषध गाँजा करिब १७ किलो १ सय ५ ग्राम सहित ४ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा नवलपरासी पूर्व विनयी त्रिवेणी गाउँपालिका-१ बस्ने २७ वर्षीय आकाश तामाङ, काभ्रेपलान्चोक बनेपा नगरपालिका-१ बस्ने ३२ वर्षीय रुपेश पटुवा, कास्की पोखरा महानगरपालिका-२७ वागमारा बस्ने २३ वर्षीय सुशिल पोखरेल र ३२ वर्षीय कृष्ण भुसाल रहेका छन् । इलाका प्रहरी कार्यालय आबुँखैरेनीबाट खटिएको प्रहरीले ध.१ ज २८४ नम्बरको ट्याक्सीमा सवार उनीहरूलाई उक्त परिमाणको गाँजा सहित पक्राउ गरेको हो । बाँके, कोहलपुर नगरपालिका-११ पुरानो बसपार्कको उत्तर गेटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम २ सय ४० मिलिग्राम सहित बाँके बैजनाथ गाउँपालिका-८ बस्ने २७ वर्षीय अर्जुन थारू समेत २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको भे.२ प ४४८० नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १५ जना पक्राउ
२०८३-०५-१७

सिराहा, मिर्चैया नगरपालिका-६ कटारी चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८० मिलिग्राम सहित ३ जनालाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-५ बस्ने २० वर्षीय रमेश कुमार साह, सोही नगरपालिका-३ बस्ने २३ वर्षीय अजय ठाकुर र सर्लाही हरिपुर्वा नगरपालिका-६ हरिपुर्वा घर भएका २४ वर्षीय राज कुमार यादव रहेका छन् । इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले हाल फरार १ जनाको खोजी गरिरहेको छ ।  कास्की, पोखरा महानगरपालिका-१४ चाउथे बस्ने ४४ वर्षीय जयराज सुनारलाई नियन्त्रित लागूऔषध बुप्रेनोर्फिन ११ एम्पुल, फेनारगन १० एम्पुल र डाइजेपाम ९ एम्पुल सहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखरा समेतबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।   कञ्चनपुर, कृष्णपुर नगरपालिका-८ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७ सय ९० मिलिग्राम र नगद ८ हजार १ सय ९० रूपैयाँ सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २९ वर्षीय दिनेश चौधरी र कैलाली गोदावरी नगरपालिका-५ घर भएका २२ वर्षीय सुशिल चौधरी रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढी समेतबाट खटिएको प्रहरीले दिनेशको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।   बर्दिया, बढैयाताल गाउँपालिका-८ कण्ठपुर चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ४ सय ३० मिलिग्राम र नगद ५ हजार ६ सय ५० रूपैयाँ सहित सोही ठाउँ बस्ने २३ वर्षीय जस्टिम सिंहलाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कालिकाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  चितवन, भरतपुर महानगपालिका-२० चन्द्रनगर रानीपोखरी बस्ने ४१ वर्षीय अमिर गुरूङलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७ सय ९० मिलिग्राम सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय चनौली समेतबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।   तनहुँ, आँबुखैरेनी गाउँपालिका-४ बेनीटारबाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम ५ सय ट्याब्लेट सहित पर्सा बहुदरमाई नगरपालिका-६ बस्ने ३१ वर्षीय ललन महरालाई गए राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट पुलजिपबाट खटिएको प्रहरीले वीरगंजबाट पोखरातर्फ आउँदै गरेको बा.प्र ००७ ख ०५६३ नम्बरको बसमा सवार उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।   बाँके, नेपालगंज उपमहानगरपालिका-२० गायत्रीनगर टोलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ४ सय ७० मिलिग्राम सहित सोही उपमहानगरपालिका-२० मनिकापुर बस्ने ३० वर्षीय अकतर अली दर्जीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंज समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । थप अनुसन्धानको क्रममा उनको घर तलासी गर्दा २ लाख ५६ हजार ९ सय नेपाली रूपैयाँ र ५० हजार भारतीय रूपैयाँ फेला पारी प्रहरीले बरामद गरेको छ । साथै प्रहरीले सोही ठाउँबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४० मिलिग्राम सहित कोहलपुर नगरपालिका-१३ भरैया बस्ने २७ वर्षीय दिपक थारूलाई समेत पक्राउ गरेको छ ।   पर्सा, वीरगंज महानगरपालिका-१६ रजतजयन्ती चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय १० मिलिग्राम सहित २ जनालाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बारा कलैया उपमहानगरपालिका-२ बस्ने १९ वर्षीय दिपक यादव र सोही उपमहानगरपालिका-४ बस्ने १९ वर्षीय दिपक ठाकुर रहेका छन् । प्रहरी चौकी ईनर्वाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   सुनसरी, कोशी गाउँपालिका-१ लौकहीबाट अवैध लागूऔषध गाँजा १७ किलो १ सय ४० ग्राम सहित भारत सुपौल पञ्चायत फत्तेपुर-१ बस्ने २१ वर्षीय दिपक कुमार पोदारलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरी समेतबाट खटिएको प्रहरीले मधुवनबाट लौकहीतर्फ आउँदै गरेको ना.६० प ५३९१ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।   यसैगरी सुनसरी, दुहबी नगरपालिका-११ नहर चोकबाट अवैध लागूऔषध गाँजा २८ किलोग्राम सहित देवानगंज गाउँपालिका-३ बस्ने २३ वर्षीय एम.डी. जावेद मियालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय  दुहबी समेतबाट खटिएको प्रहरीले नहर चोकबाट शुक्रबारेतर्फ जाँदै गरेको को.२१ प ७९८० नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट पाँच जना पक्राउ
२०८३-०५-१६

रूकुम पूर्व, सिस्ने गाउँपालिका-६ खोपिचारबाट अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ १६ ग्राम ७ सय ८० मिलिग्राम सहित डोल्पा त्रिपुरासुन्दरी नगरपालिका-५ लाहा बस्ने ४१ वर्षीय मोति बहादुर रोकायलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट खोपिचारबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१६ पुर्बेली दमार बस्ने २१ वर्षीय रंजन भोम्जनलाई नियन्त्रित लागूऔषध ट्रामाडोल ४ हजार ८ सय ६० ट्याब्लेट र नाइट्राजेपाम ४५ ट्याब्लेट सहित मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुर समेतबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो । साथै उनले प्रयोग गर्ने बा.३१ प ७१९२ नम्बर र बा.८४ प ६०७० नम्बरको मोटरसाइकलहरू समेत प्रहरीले बरामद गरेको छ ।  कैलाली, धनगढी उपमहानगरपालिका-३ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ३ सय ८० मिलिग्राम सहित ३ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धनगढी उपमहानगरपालिका-३ बडारा बस्ने बर्दगोरिया गाउँपालिका-६ घर भएका २४ वर्षीय निराजन डगौरा, धनगढी उपमहानगरपालिका-३ मिलन चोक बस्ने डोटी जोरायल गाउँपालिका-५ घर भएका २३ वर्षीय सुरज नेपाली र धनगढी उपमहानगरपालिका-३ बस्ने भारत पलिया घर भएका १९ वर्षीय दिनेश गुप्ता रहेका छन् । प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १६ जना पक्राउ
२०८३-०५-१६

नवलपरासी पश्‍चिम, रामग्राम नगरपालिका-१ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ५८ ग्राम सहित २ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत उत्तर प्रदेश महाराजगंज सेखंली घर भएका ३३ वर्षीय गिरिजेस श्रीवास्तव र भारत निचलोन घर भएका २७ वर्षीय दिपक श्रीवास्तव रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवाबाट खटिएको प्रहरीले युपि ५६ एएच् ६१८९ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।कास्की, माछापुच्छ्रे गाउँपालिका-८ लुम्रेबाट अवैध लागूऔषध गाँजा करिब २ किलो ४ सय ३० ग्राम सहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही गाउँपालिका-९ लाहाचोक बस्ने २६ वर्षीय प्रमोद हमाल र २९ वर्षीय लक्ष्मण जिसी रहेका छन् । अस्थायी प्रहरी पोष्ट भेडाबारीबाट खटिएको प्रहरीले ग.१३ प ८३२९ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।  धनकुटा, धनकुटा नगरपालिका-२ गुराँसेबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ४ सय ८० ट्याब्लेट र डिकोलिक ४ सय ८० ट्याब्लेट सहित ३ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धरान उपमहानगरपालिका-१६ बस्ने २१ वर्षीय पृथक लिम्बु, सोही उपमहानगरपालिका-१५ बस्ने २४ वर्षीय सुयोग लिम्बु र छथरजोरपाटी गाउँपालिका-४ बस्ने २२ वर्षीय कबिन लिम्बु रहेका रहेका छन् । उक्त स्थानमा खटिएको प्रहरीले प्र.१-०२-०४० प २८१८ नम्बरको मोटरसाइकलको मोटरसाइकलमा सवार पृथक र सुयोगलाई ट्रामाडोल ३ सय ७० ट्याब्लेट र डिकोलिक ३ सय ७० ट्याब्लेट तथा पैदलयात्री कबिनलाई ट्रामाडोल १ सय १० ट्याब्लेट र डिकोलिक १ सय १० ट्याब्लेट  सहित पक्राउ गरेको हो । सुनसरी, इटहरी उपमहानगरपालिका-२ डम्फु चोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ६ सय १० ट्याब्लेट र डाइक्लोमाइन ६ सय १० ट्याब्लेट सहित २ जनालाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-४ बस्ने २१ वर्षीय सबिन मगर र सोही उपमहानगरपालिका-२ पशुपति चोक बस्ने धनकुटा सहिदभूमी गाउँपालिका-३ घर भएका २२ वर्षीय उज्वल राई रहेका छन् । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको प्रदेश ०१-०३-०४७ प ११०८ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ । कञ्चनपुर, कञ्चनपुरका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम ७० मिलिग्राम सहित ३ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पुनर्बास नगरपालिका-१० बिकाशबस्ती बस्ने ३२ वर्षीय होसियार राना, लालझाँडी गाउँपालिका-१ डाँडाबिछवा बस्ने ३० वर्षीय राजेश राना र सोही गाउँपालिका-१ बस्ने १८ वर्षीय किशोर रहेका छन् । प्रहरी चौकी परासनबाट खटिएको प्रहरीले उनीहरूको घर तलासी गर्दा होसियारलाई अवैध लागूऔषध ब्राउनसुगर ९ सय ५० मिलिग्राम, राजेशलाई २ सय ८० मिलिग्राम र योगेशलाई १ ग्राम ८ सय ४० मिलिग्राम सहित पक्राउ गरेको हो ।  कैलाली, धनगढी उपमहानगरपालिका-२ बस्ने ३० वर्षीय ललित साउदलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ९ सय १० मिलिग्राम सहित सोमबार राति प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।   झापा, मेचीनगर नगरपालिका-६ पुरानो मेचीपुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम ८ सय ३० मिलिग्राम सहित सुनसरी धरान उपमहानगरपालिका-१७ बस्ने २६ वर्षीया लक्ष्मी राईलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टा समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । चितवन, कालिका नगरपालिका-१ स्थित हरियाली टोलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ६ हजार ट्याब्लेट सहित सोही नगरपालिका-१ डाँडाटोल बस्ने २१ वर्षीय दिपसागर लोप्चनलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय  चितवन समेतबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।   बाँके, कोहलपुर नगरपालिका-४ गुवा गाउँबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय ८० मिलिग्राम सहित सोही ठाउँ बस्ने १९ वर्षीय राजीप थारूलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।   

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १६ जना पक्राउ
२०८३-०५-१५

काठमाडौं, काठमाडौं महानगरपालिका-७ चावहिलस्थित समाज गेष्ट हाउसबाट नियन्त्रित लागूऔषध डाइजेपाम १ सय १४ एम्पुल, फेनारगन १ सय १३ एम्पुल, नोर्फिन १ सय १३ एम्पुल र नगद २५ हजार रूपैयाँ सहित ३ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा चन्द्रागिरी नगरपालिका-१ घर भएका ३१ वर्षीय राजिव श्रेष्ठ, भक्तपुर सूर्यविनायक बस्ने काभ्रे धुलिखेल नगरपालिका-८ घर भएका २१ वर्षीया निरूता हुमागाई र काठमाडौं महानगरपालिका-७ कुमारीगाल बस्ने सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी गाउँपालिका-१० घर भएका २३ वर्षीय रूविन आचार्य रहेका छन् । प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीले गेष्ट हाउसको २०२ नम्बरको कोठा तलासी उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।   कञ्चनपुर, भीमदत्त नगरपालिका-११ बाट नियन्त्रित लागूऔषध स्पास्मो ४० ट्याब्लेट सहित घनगढी उपमहानगरपालिका-१२ बस्ने २२ वर्षीय दिपक बहादुर चन्दलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।   यसैगरी कञ्चनपुर, भीमदत्त नगरपालिका-११ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६ ग्राम ५ सय ७० मिलिग्राम सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कैलाली गोदावारी नगरपालिका-४ बस्ने २६ वर्षीय प्रभाष मल्ल र डोटी जोरायल गाउँपालिका-१ बस्ने २६ वर्षीय बिक्रम पातली रहेका छन् । इलाका प्रहरी कार्यालय गड्डाचौकी र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको से.६ प १५४९ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । बाँके, नेपालगंज उपमहानगरपालिका-१० ट्राफिक चोकबाट अवैध लागूऔषध ब्राउनसगुर जस्तो देखिने पदार्थ ३ ग्राम १७ मिलिग्राम सहित भारत उत्तर प्रदेश घर भएका २४ वर्षीय अकिल शाहलाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंजबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  पाल्पा, तिनाउ गाउँपालिका-३ पैठेडाडाबाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम ७५ ट्याब्लेट र स्पास्मो १७ ट्याब्लेट सहित ३ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गुल्मी रेसुङगा नगरपालिका-४ अर्खले बस्ने २५ वर्षीय अंकित खड्का, २५ वर्षीय मेहर सिंह राना र २६ वर्षीय एकराज पन्थी रहेका छन् । प्रहरी चौकी दोभानबाट खटिएको प्रहरीले बुटवलबाट गुल्मीतर्फ जाँदै गरेको लु.प्र.०१-००१ ज ०५७१ नम्बरको ईभी गाडीमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।  कैलाली, टीकापुर नगरपालिका-३ शकरपुरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ८ सय १० मिलिग्राम सहित सोही ठाउँ बस्ने १८ वर्षीय किशोर समेत २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएक प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी कैलाली, टीकापुर नगरपालिका-१ समितिपुरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ९ सय १० मिलिग्राम सहित सोही ठाउँ बस्ने १६ वर्षीय किशोरलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   मोरङ, पथरीशनिश्चरे नगरपालिका-१० शिबिरडाँडाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ सय मिलिग्राम सहित मिक्लाजुङ गाउँपालिका-७ मधुमल्ला बस्ने १८ वर्षीय किशोरलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  दाङ, लमही नगरपालिका-६ देउपुरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७ सय २० मिलिग्राम सहित सोही नगरपालिका-७ कमानपुर बस्ने २५ वर्षीय परीवर्तन बुढा मगरलाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय लमहीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । बर्दिया, गुलरिया नगरपालिका-११ गणेशपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ सय २० मिलिग्राम सहित गेरूवा गाउँपालिका-२ बस्ने २५ वर्षीय विनोद सुनारलाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी महम्मदपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।