अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २० जना पक्राउ
२०८३-०५-२१
- A
- A-
- A+
झापा, झापा गाउँपालिका-५ सिमलडागीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम ३० मिलिग्राम सहित बिर्तामोड नगरपालिका-२ सोमबारे बस्ने २५ वर्षीय सनम शेर्मा लिम्बुलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी शरणामती समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
बाँके, कोहलपुर नगरपालिका-९ भवानीपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ सय ७० मिलिग्राम सहित सोही ठाउँ बस्ने प्रेम बहादुर गुरूङ समेत ३ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंज समेतबाट खटिएको प्रहरीले प्रेम बहादुरको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
यसैगरी बाँके, कोहलपुर नगरपालिका-१४ पार्बतीपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ७० मिलिग्राम सहित २ जनालाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कोहलपुर नगरपालिका-१४ बस्ने २७ वर्षीय दयाराम हरिजन र ३० वर्षीय भरत दरै रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंज समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
पर्सा, पर्सागढी नगरपालिका-३ बस्ने ६० वर्षीय गोरे लामालाई अवैध लागूऔषध गाँजा करिब ४० किलोग्राम सहित शनिबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले गोरेको घर तलासी गर्दा उक्त गाँजा फेला पारी उनलाई पक्राउ गरेको हो ।
यसैगरी पर्सा, वीरगंज महानगरपालिका-१६ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ सय ४० मिलिग्राम सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बारा करैयामाई गाउँपालिका-३ बजनी टोल बस्ने २२ वर्षीय सरोज कुमार यादव र २१ वर्षीय बिशाल गुप्ता रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय वीरगंज समेतबाट खटिएको प्रहरीले मधेश प्रदेश ०३-०३७ प ६०३९ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५ नयाँ बस्तीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३८ ग्राम सहित ३ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-१२ बस्ने २४ वर्षीय अभिषेक भुलोन, मनहरी गाउँपालिका-३ डोढे बस्ने २४ वर्षीय आशिष घलान र २७ वर्षीय बिमल सुनार रहेका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुर समेतबाट खटिएको प्रहरीले बा.प्र.०३-००३ प ७८१२ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
तनहुँ, आँबुखैरेनी गाउँपालिका-४ बेनीटारबाट नियन्त्रित लागूऔषध डाईजेपाम २२ एम्पुल, फेनारगन २२ एम्पुल र बुप्रेनोर्फिन २२ एम्पुल सहित पर्वत कुश्मा नगरपालिका-२ बस्ने २५ वर्षीय राजकुमार विकलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट मुग्लिङ पुलजिपबाट खटिएको प्रहरीले नारायणढबाट पोखरातर्फ आउँदै गरेको ग.प्र.०१-००१ ख ००८४ नम्बरको ईभी माइक्रोमा सवार उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
कास्की, पोखरा महानगरपालिका-५ डेरा गरी बस्ने धादिङ त्रिपुरासुन्दरी गाउँपालिका-२ घर भएका ३२ वर्षीय सन्दिप उपाध्यायलाई नियन्त्रित लागूऔषध डाईजेपाम ११ एम्पुल, बुप्रेनोर्फिन ११ एम्पुल र फेनारगन ११ एम्पुल सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले सन्दिपको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।
रूपन्देही, बुटवल उपमहानगरपालिका-६ बाट नियन्त्रित लागूऔषध फेनारगन ८ एम्पुल र डाइजेपाम ८ एम्पुल सहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-६ सुन्दर नगर बस्ने २९ वर्षीय कृष्ण थापा र २३ वर्षीय केशव उपाध्याय रहेका छन् । प्रहरी बिट अमरथबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
दाङ, घोराही उपमहानगरपालिका-१५ जानकी टोलस्थित खाजा चौतारी रेष्टुरेन्ट एण्ड क्याफेबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम २ सय ६० मिलिग्राम सहित सोही रेष्टुरेन्टमा काम गर्ने रूकुम पश्चिम त्रिवेणी गाउँपालिका-८ घर भएका २३ वर्षीय वीर बहादुर खड्कालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय घोराहीबाट खटिएको प्रहरीले उक्त रेष्टुरेन्ट तलासी गर्दा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो ।
मोरङ, उर्लाबारी नगरपालिका-२ बल्लु चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ८० मिलिग्राम सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३१ वर्षीय सुक राज दर्जी र २२ वर्षीय सुदिप धिमाल रहेका छन् । इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरीले सुक राजको घर तलासी गर्दा ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ८० मिलिग्राम र सुदिपको घर तलासी गर्दा ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
कञ्चनपुर, कृष्णपुर नगरपालिका-५ प्रगती टोल बस्ने ३७ वर्षीय हिक्मत खड्काको नास्ता पसलबाट अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ ५१ ग्राम सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढी समेतबाट खटिएको प्रहरीले हिक्मतको पसल तलासी गर्दा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।